राजनीति

    Showing 8,141-8,150 of 9,664 items.
  • कोइराला विरुद्ध मोर्चाबन्दी : देउवाका पक्षमा सभापतिका सबै उमेद्धार

    बिर्तामोड  / नेपाली कांग्रेसको काठमाण्डौमा जारी महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन सुरु हुने समयमा आईपुग्दा सभापति पदका उमेद्धार देउवा आफ्ना सबै विरोधीलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।देउवाको नेतृत्व असफल बनेको भन्दै उनको विकल्पका लागि चुनावी प्रतिष्पर्धामा होमिएका नेताहरू प्रकाशमान सिंह , विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई सहयोग गर्ने घोषणा गरेपछि सभापतिका दाबेदारका रुपमा हेरिएका डा. शेखर कोइराला एक्लिएका छन् ।दोस्रो चरणमा हुने मतदानमा सिंह र निधिको कोइरालालाई सहयोग हुने भनेर गरिएका सबै अनुमानलाई गलत साबित गर्दै देउवा आफ्ना विरोधी समुहलाई समेत आफ्नो पक्षमा पार्न

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 94 पटक पढिएको
  • अपडेट : निधिले पनि देउवालाई नै सहयोग गर्ने

    बिर्तामोड / कांग्रेसको महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन समय तोकिएपछि अप्रत्याशित राजनीतिक खेल हुन थालेका छन् ।पार्टी सभापतिमा शेरबहादुर दोहोरिन नदिने घोषणा गरेका सभापति पदमा नै देउवासँग प्रतिष्पर्धा गरेका नेता विमलेन्द्र निधिले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने भएका छन् ।पार्टीमा नेतृत्व हस्तान्तरणको पक्षमा रहेका निधीले पहिलो चरणको निर्वाचन अघि दोस्रो चरणमा देउवा विरुद्ध गठबन्धन बनाएर उनलाई पराजित गर्ने घोषणा गरेका थिए । पहिलो चरणबाट बाहिरिएका निधिले अप्रत्याशित रुपमा देउवालाई नै सहयोग गर्ने बचन दिएपछि निर्वाचन रोचक हुने भएको छ ।यसअघि सभापति पदमा उमेद्धार बनेका न

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 94 पटक पढिएको
  • अपडेट : युवा नेता शर्माद्वारा देउवालाई सहयोग गर्ने बचन

    बिर्तामोड / नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका उमेद्धार शेरबहादुर देउवाले आफ्नो समुहबाट नै बाहिरिन बाध्य पारेका महामन्त्रीका उमेद्धार विश्व प्रकाश शर्माले देउवालाई नै सहयोग गर्ने भएका छन् ।सभापतिको दौडबाट बाहिरिएका नेता प्रकाशमान सिंह पक्षबाट महामन्त्रीमा उमेद्धार बनेका नेता शर्माले सामाजिक सञ्जाल ट्विटर मार्फत देउवालाई सहयोग गर्ने जानकारी गराएका हुन् ।पार्टी नेतृत्वका लागि निर्वाचन हुने भएपछि नेता देउवाले सिटौला समूहसँग गठबन्धन गर्दा नेता शर्मा उनीसँग रुष्ट हुँदै सिंह समूहमा पुगेका थिए । सिटौला समूहका नेता प्रदिप पौडेललाई उमेद्धार बनाएर देउवाले शर्मालाई उ

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 130 पटक पढिएको
  • पौडेलको चियापानमा देउवा विरुद्ध नारावाजी

    काठमाण्डौ / नेपाली कांग्रेसको भावी नेतृत्वका लागि दोस्रो चरणमा हुने तय भएको निर्वाचनको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका उमेद्धार शेरबहादुर देउवा विरुद्ध नारावाजी भएको छ ।चियापानमा उपस्थित देउवा इतर पक्षका नेता तथा कार्यकर्ताले देउवालाई बोलाएको भन्दै नारावाजी गरेका हुन् । आफ्नो समूहका नेतालाई पौडेलले खुलेर सहयोग नगर्दा दोस्रो चरणमा निर्वाचन हुने भएको भन्दै उनीहरूले आक्रोश समेत पोखेका थिए ।चियापान आयोजना गरिएको ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै नेता पौडेललाई कोइरालालाई खुला रुपमा सहय

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 103 पटक पढिएको
  • कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने

    काठमाडौं / नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ ।पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक पचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ ।पहिलो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बहुमत पुर्‍याउन सकेनन् । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबी

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 98 पटक पढिएको
  • मधेस राजनीति : आयो अर्को नयाँ दल

    बिर्तामोड / मधेशको राजनीतिमा स्थापित नेता एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज नयाँ दलको घोषणा गर्ने भएका छन् । त्रिपाठीले छुट्टै दल बनाउने भएपछि मधेशको राजनीतिमा अर्को प्रतिस्पर्धी दल समेत थपिने भएको छ ।उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । आज काठमाडौंमा एउटा कार्यक्रम गरेर उनले नयाँ पार्टीको घोषणा गर्ने कार्यक्रम रहेको छ । त्रिपाठीको पार्टीमा अर्का सांसद बृजेशकुमार गुप्ता पनि रहेको भनिएपनि अन्य नेताको विवरण भने सार्वजनिक भएको छैन ।२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गुप्ताले पनि एमालेकै सूर्य चि

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 128 पटक पढिएको
  • आज संसद बैठक बस्दै : ६ अध्यादेश पेश हुने

    काठमाण्डौ / प्रतिनिधि सभाको बैठक आज (मंगलबार) २ बजेका लागि तय भएको छ । बैठकमा सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।आजदेखि हुने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता भने कार्यसूचीमा परेको छैन ।आज सुरु हुने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय’ (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नेछन् ।त्यसैगरी भौतिक पूर्व

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 112 पटक पढिएको
  • दोस्रो चरणको निर्वाचन : देउवालाई सिंहको सहयोग

    काठमाण्डौ / सभापतिको दौडबाट बाहिरिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।देउवाले प्रकाशमानलाई भावी प्रधानमन्त्री बनाउने बचन दिएकाले देउवालाई सघाउने निर्णयमा उनी पुगेको बताईएको छ । भेटपछि नेता सिंहले भने ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमीकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।’

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 117 पटक पढिएको
  • आजै दोस्रो चरणको निर्वाचन : सलबलाए अन्तराष्ट्रिय शक्ति केन्द्र

    बिर्तामोड / नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचनमा सभापति पदमा जितका लागि आवश्यक मत कसैले प्राप्त नगरेपछि पुन निर्वाचन हुने भएको छ ।कांग्रेसको विधान अनुसार जितका लागि आवश्यक ५० प्रतिशत भन्दा वढी मत कुनै पनि उमेद्धारले ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणको मतदान आजै हुने भएको हो । सभापति पदमा उमेद्धार बनेका पाँच जना मध्ये सबैभन्दा वढी मत ल्याउने दुई जनाबीच चुनावी प्रतिष्पर्धा हुने भएको हो ।सभापतिका उमेद्धार शेरबहादुर देउवाले जितका लागि आवश्यक थप ८३ मत प्राप्त नगर्दा पुन निर्वाचन हुने भएको छ । सभापतिमा जितका लागि २३४१ मत आवश्यक पर्थ्यो। सबैभन्दा बढी मत पाएक

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 256 पटक पढिएको
  • मतदानका लागि ४ घण्टा समय थपियो

    काठमाडौं  / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । विहान ८ देखि ५ बजेसम्म मतदानको समय तोकिएको थियो । तर, दिउँसो साढे ११ बजेमात्र मतदान सुरु भएपछि थप चार घण्टा समय थप गरिएको हो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 63 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.