राजनीति

    Showing 8,161-8,170 of 9,670 items.
  • एमालेको केन्द्रीय सदस्यमा दुर्गा प्रसाईसहित ४४ जना मनोनित

    काठमाडौं  / नेकपा एमालेले केन्द्रीय सदस्यमा ४४ जनालाई मनोनित गरेको छ । आइतबार भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले विधानको व्यवस्था अनुसार स्वास्थ्य उद्यमी दुर्गा प्रसाईसहित ४४ जनालाई मनोनित गरेको हो । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सोही अनुरुप बैठकले मनोनीत गरेको हो ।विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । पुरुषतर्फ मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 100 पटक पढिएको
  • एमालेको ९९ सदस्यीय पोलिटब्युरो गठन

    काठमाडौँ  / नेकपा एमालेको ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन भएको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो कमिटी गठन गरेको हो। पोलिटब्युरोमा एमाले उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाल पनि अटाएका छन्। एमाले पोलिटब्यूरोमा महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन्। पोलिटब्युरो कमिटीको पदाधिकारीमा केपी शर्मा ओली, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी,

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 111 पटक पढिएको
  • दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउन ओलीको प्रस्ताव

    झापा / एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा  दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन् ।  ओलीले बैठकमा दुर्गा प्रसाईँ, लालबाबु पण्डितसहित ३९ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका एक केन्द्रीय सदस्यले जानकारी दिए । ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरूमा एन महर, इन्द्रमोहन गौतम, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, रेशम लामा, प्रेम दंगाल र हरिकृष्ण व्यञ्जनकार रहेका छन् । त्यस्तै सुवास देवकोटा, उमा कोइराला, कल्पना चापागाईँ, आ

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 120 पटक पढिएको
  • एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

    काठमाडौँ /  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्र्तगत सभापति पदमा उम्मेद्वार दिएका युवराज न्यौपानेले उम्मेद्वार फिर्ता लिएसँगै सह–महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  अहिलेसम्म एक सभापति, एक सह–महामन्त्री र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिएका पार्टीको केन्द्रीय समितिले जनाएको छ । उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२:३० बजेसम्म निर्धारण गरिएको थियो । महाधिवेशनमा ६ जना सभापति सहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 71 पटक पढिएको
  • राष्ट्रपति भण्डारी जुम्लामा

    काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरबाट आज (आइतबार)  बिहान ११ः २० बजे जुम्ला पुगेकी हुन् ।उनी प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहेको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल जान लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । ‘राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 90 पटक पढिएको
  • शेखरलाई समर्थन गर्दै न्यौपानेले लिए उम्मेद्वारी फिर्ता

    काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेद्वारी दिएका युवराज न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेद्वार डा. शेखर कोइरालालाई समर्थन गर्दै न्यौपानेले आइतबार दिउँसो आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरूलाई शेखर कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि उम्मेद्वारी फिर्तालिएको न्यौपानेको भनाइ छ । न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 106 पटक पढिएको
  • माओवादी प्रदेश अधिवेशन : आज बन्दसत्र र उम्मेदवारी दर्ता हुँदै

    काठमाडौँ  / नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलनमा आज बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गरेको प्रदेश सम्मेलनको बन्दसत्र बन्दसत्र र उम्मेदवारी दर्ता आज हुन लागेको हो।माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ। प्रदेश नम्बर २ को पालिका अधिवेशन बाँकी रहेकाले पुस ३ गतेमात्र निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठको भनाई छ। माओवादी केन्द्रका अनुसार आइतबार प्रदेश २ बाहेक अन्यत्र बन्दसत्र हुँदै छ। बन्दसत्रमा सचिवले आफ्नो प्रदेशको प्रतिवे

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 82 पटक पढिएको
  • एमाले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन हाउस प्यालेसमा सुरु भएको छ । बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित अन्य एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । १५ एजेन्डामाथि छलफल गर्न बोलाएको एमालेले शनिबार नौ एजेण्डामा छलफल गरेको थियो । एमाले विधानअनुसार १९ जना पदाधिकारीसहित ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्युरो बनाउने तयारी छ । शनिबारको बैठकले २३ पुसमा  जिल्ला अधिवेशन, माघ ८ मा प्रदेश अधिवेशन र फागुन मसान्तभित्र सबै जनसंगठन अधिवेशन गर्न निर्देशन दिएको छ । 

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 95 पटक पढिएको
  • मीन विश्वकर्माले लिए केन्द्रिय सदस्यबाट उम्मेदवारी फिर्ता

    काठमाडौं / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।आइतबार बिहान विज्ञप्ति जारी गर्दै नेता विश्वकर्माले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न इच्छुक नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।सहमहामन्त्री पदका आकांक्षी विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । तर देउवा समूहको प्यानलमा विश्वकर्मा नपरेपछि असन्तुष्ट देखिँदै आएका छन् ।देउवा प्यानलको केन्द्रीय सदस्यको सूचीमा

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 85 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्वाचित

    काठमाडौं  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि संस्थापन पक्षका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । ढुंगाना र रिजाल दुबै जनाले प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । कांग्रेसको महाधिवेशनअन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरूको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 105 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.