राजनीति

    Showing 8,201-8,210 of 10,447 items.
  • सगरमाथामा राप्रपाको झण्डा

    बिर्तामोड /  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको झण्डा सगरमाथामा फहराईने भएको छ।आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन्।आज  काठमाडौ जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको क्रममा सगरमाथाको चुचुरोमा राप्रपा नेपालको झण्डा फहराउने आरोही पासाङ्ग शेर्पाको ईच्छा अनुरुप पार्टी अध्यक्ष कमल थापाले पार्टीको झण्डा शेर्पालाई हस्तान्तरण गरेका हुन्।अध्यक्ष थापाले आरोही शेर्पालाई सफल सगरमाथा आरोहणको निमित्त शुभकामना दिएका छन्।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 123 पटक पढिएको
  • इटहरी उपमहानगरकाका मेयर चौधरीविरुद्ध अख्तियारमा उजुरी

    इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको छ । नियम विपरित मिलेमतोमा कर्मचारी नियुक्त गरेको भन्दै मेयर द्वारिकालाल चौधरी र प्रशासकीय अधिकृत राम चरित्र मेहताबिरुद्ध उजुरी परेको हो । उपमहानगरपालिका –५ का पत्रकार समेत रहेका तारा पोखरेलले चैत २० गते मेयर चौधरी र प्रशासकीय अधिकृत मेहताबिरुद्ध आयोगको इटहरी स्थित कार्यलयमा उजुरी दर्ता गराएका हुन् । पोखरेलले दर्ता गरेको उजुरीमा नगरसभाबाट पारित गरेको निर्णय विपरित गत माघ महिनामा ठुलो सङ्ख्यामा दैनिक ज्यालादारी भन्दै अनावश्यक कर्मचारी भर्ती गरेको र शैक्षिक

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 112 पटक पढिएको
  • कांग्रेस कार्यकर्ताबीच कुटाकुट हुँदा गाउँपालिका अध्यक्ष घाइते

     धादिङ / धादिङको खनियावास गाउँपालिकामा नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । मंगलबार गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । कुटपिटमा परी अध्यक्ष तामाङको अनुहारमा चोट लागेको भएपनि उनको अवस्था सामान्य रहेको छ । 

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 114 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : गठबन्धन दलभित्र सिट बाँडफाँडमा विवाद

    बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँडमा भने विवाद भएको छ ।चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति भएपनि सिट बाँडफाँडको मापदण्डबारे गठबन्धनमा आबद्ध पाँच दलले फरक–फरक प्रस्ताव ल्याएपछि विवाद भएको हो । दलहरूले आफू अनुकुल प्रस्ताव अगाडि सारे पनि गठबन्धनले औपचारिक छलफल गर्न भने बाँकी रहेको गठबन्धनका एक नेताले बताए । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । सबैले सिट बाँडफाँडमा फरक–फरक मत राखेका छन् । गत स्थानीय तहको निर्वाचनमा जसले जहाँ जितेको छ उसले

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 271 पटक पढिएको
  • आचारसंहिता पालना गर्न राजनीतिक दल तयार

    बिर्तामोड / आसन्न स्थानीय निर्वाचनमा राजनीतिक दल निर्वाचन आचारसंहिता पालना गर्न तयार भएका छन् । निर्वाचन आयोगले मंगलबार (आज) बोलाएको सर्वदलीय बैठकमा दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा दलका प्रतिनिधिहरूले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । आयोगले आचारसंहिता बारे छलफल गर्न र दलहरूको प्रतिबद्धता लिन ७९ वटा दललाई बोलाएको थियो। निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।यसअघि आयोगले द

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 108 पटक पढिएको
  • जसपाले गर्‍यो ताप्लेजुङमा उम्मेदवारको नाम सार्वजनिक

    ताप्लेजुङ / ताप्लेजुङमा जनता समाजवादी पार्टी(जसपा)ले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका फक्ताङलुङ, मिक्वाखोला, पाथीभरा याङवरक र सिदिङवा गाउँपालिकामा आफ्नो उम्मेद्वार सार्वजनिक गरेको हो । जसपाले फुङलिङ नगरपालिकाको मेयरमा प्रदीप मादेन र उपमेयरमा प्रज्ञा इजम र यस्तै फक्ताङलुङको अध्यक्षमा श्री लिङ्खिम, मिक्वाखोलामा डिल्लीहाङ साँवा, पाथीभरा याङवरकमा सरन तामाङ र सिदिङवाको अध्यक्षमा अमृत लिङदेनलाई उम्मेदवार बनाइएको पार्टी अध्यक्ष कीर्तिमान मादेनले बताएका छन् । अध्यक्ष मादेनका अनुसार गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार चयन गर्ने क्रममा रहेको अध्यक्ष मादेनले बताए

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 151 पटक पढिएको
  • सत्तागठबन्धनले बनायो चुनावी तयारी र अनुगमन समिति

    काठमाडौँ / सत्तारूढ गठबन्धन बैठकले स्थानीय चुनावका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावी तयारी तथा अनुगमन समिति गठन गरको छ । मंगलबार बिहान बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले सो निर्माण गरको हो ।  बैठकमा सहभागी रहेका पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको छ  ।  समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की , माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ , एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल , जसपाबाट अशोक राई र रेणु यादव , राष्ट्रिय जनमोर्चाबाट हिमाल पुर

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 124 पटक पढिएको
  • इलाममा गाउँपालिका उपाध्यक्षले नागरिकलाई मुक्का प्रहार गरेपछि

    इलाम  / इलाममा गाउँपालिका उपाध्यक्षले नागरिकलाई  मुक्का प्रहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय  फाकफोकथुम-१ का कृष्णबहादुर खड्कालाई मुक्का प्रहार गरेको आरोपमा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको घरमा  मुक्का प्रहार गरेको आरोप छ । राईले आफूविरुद्ध जाहेरी परेपछि  आफैं प्रहरीमा आत्मसमर्पण गरेकी जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ । आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गा

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 142 पटक पढिएको
  • दल फेरबदल : माओवादीका उपमेयर एमाले प्रवेश

    बिर्तामोड / स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै स्थानीय निकायका जनप्रतिनिधि नै दल फेरबदल गर्न थालेका छन् । अर्को निर्वाचनमा पनि उम्मेदवार बनेर पालिकाको नेतृत्वमा जान चाहेकोले दल फेरबदल गर्न थालेका हुन् । आफू रहेको दलबाटै उम्मेदवार बन्ने अवस्था नदेखेपछि दल फेरबदल गर्न थालिएको मानिएको छ । मधेश प्रदेशमा सबैभन्दा वढी जनप्रतिनिधिले दल परिवर्तन गरिरहेका छन् । दल परिवर्तनको लहर कै क्रममा माओवादी केन्द्रबाट उपमेयर बनेका दुई पालिकाका उपमेयर एमालेमा प्रवेश गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 121 पटक पढिएको
  • स्थानीय चुनावका लागि मतपत्र छपाइ सुरु

    काठमाडौं / निर्वाचन आयोगले वैशाखमा हुन लागेको स्थानीय सरकारको निर्वाचनको लागि मतपत्र छपाइ सुरू गरेको छ । आयोगले ०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले निर्वाचनका लागि छपाई सुरु गरेको हो ।एक करोड ९४ लाख थान मतपत्र छाप्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको रहने छ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुने आयोगले जनाएको छ ।राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन् । आयोगले साना दललाई पनि पहिलै बाट प्रयोग गर्दै आएको चुनाव चिन्ह दिन

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.