राजनीति

    Showing 8,231-8,240 of 8,386 items.
  • राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज बङ्गलादेशतर्फ प्रस्थान गरेकी छन् । उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा  प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गरेका थिए  । सो अवस

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 78 पटक पढिएको
  • सङ्गठनको संरचना र व्यवस्थापन पहिलो दायित्व : मुख्यमन्त्री पौडेल

    वाग्मती  / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्याशाला गोष्ठी’मा उनले त्यसतर्फ सरकारको ध्यान जाने बताएका छन् । तीन तहका सरकारको आ–आफ्न काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भ

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 74 पटक पढिएको
  • गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

    भक्तपुर  / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन् ।गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताएका छन् ।उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताएका

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 75 पटक पढिएको
  • ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं’ : माधव नेपाल

    काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बालुवाटारमा बोलाउँदैमा लुरुलुरु नजाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी स्वाभिमानी मान्छे हौँ । ओलीले बोलाउँदैमा बालुवाटार बैठकमा जाँदैनौँ ।’उनले ओलीले राखेको संसदीय बोर्डको बैठकमा पनि नबस्ने जिकिर गरेका छन् । ‘हामी दुई बबुरोलाई संसदीय बोर्डमा राखेको रहेछ । उहाँले राख्दैमा प्रभु भन्दै जाने पक्षमा छैनौँ । संसदीय बोर्डमा पनि बस्दैनौँ’ उनले भने, ‘संसदीय दलको बैठक बालुवाटारमा होइन । संसदीय दलको कार्यालय छ। त्यहाँ बैठक राखे जान्छौँ । पार्टीको बैठक निजी निवासमा राखे जाँदैनौँ।’उनले पार्टी एकतालाई ज

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 96 पटक पढिएको
  • माधव–झलनाथ समूहलाई कारवाही गर्ने ओली समूहको तयारी

    काठमाडौं \ नेकपा एमाले ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही गर्ने तयारी गरेको छ । पार्टीको विधान र हित विपरित गतिविधि गरेको आरोपमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही प्रकृया थालेको हो । पहिलो चरणमा पत्र काटेरै स्पष्टीकरण सोध्ने तयारी गरिएको बताइएको छ ।सनिबार बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको भन्दै कारवाही गरिने बताएका थिए ।माधव–झलनाथ समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने रहेको भन्दै ओलीले यस्ता गतिविधिमा संलग्लाई कारवाह

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 91 पटक पढिएको
  • बालुवाटार बैठकमा वामदेवको अर्थपूर्ण सहभागी

    काठमाडौं  / नेकपा एमालेका नेता वामदेव गौतम पार्टीको बालुवाटार बैठकमा सहभागी भएका छन् । उनी भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । नेता गौतम सहभागी भएपनि माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।पार्टीको संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोही बैठकमा गौतम सहभागी बालुवाटार पुगेका हुन् । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।नेता गौतमले शुक्रबार नै सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर, पार्टीका माधव झलनाथ पक्षले अस्वीकार गरेका थिए । माधव–खनाल पक्ष बैठकमा स

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 73 पटक पढिएको
  • राष्ट्रपतिको राजकीय भ्रमण : नेपाल–बङ्गलादेश सम्बन्ध नवयुग प्रवेशको अपेक्षा

    काठमाडौँ / नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 91 पटक पढिएको
  • महान्यायाधिवक्तामा बडाललाई सिफारिस

    काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई सिफारिस गरेका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।अग्नि खरेलले शुक्रबार नै महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै बडाललाई नियुक्ति लागि सिफारिस गरिएको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् ।

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 76 पटक पढिएको
  • एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया बढायो

    बिर्तामोड  / नेकपा एमालेले संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ । त्यसका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।बालुवाटारमा बसेको संसदीय दलको बैठकले विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार कार्यदलमा भट्टराईसहित शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना रहेका छन् ।बिहीबार बालुवाटारमा बसेको एमालेको संसदीय बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् ।सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपे

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 79 पटक पढिएको
  • ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन , माधव र झलनाथ पनि मनोनीत

    काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि मनोनीत गरिएको छ ।बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 92 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा