राजनीति

    Showing 8,731-8,740 of 9,673 items.
  • एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षमा डा. पन्त

    चितवन / नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रूपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो । अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ ।यस्तै कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ । महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 105 पटक पढिएको
  • झापामा एकीकृत समाजवादीको प्रशिक्षण कार्यक्रम

    बिर्तामोड / नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले झापाको बिर्तामोडमा प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेबाट आएका ७ जना जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो । पार्टीका प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत र केन्द्रीय प्रवक्ता जगनाथ खतिवडाले भेलामा सहभागी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 129 पटक पढिएको
  • नयाँ बजेट : शोक प्रस्ताव पारित

    काठमाडौँ / प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे) को निधनमा शोक प्रस्ताव पारित गरेको छ ।नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो ।प्रतिनिधिसभाको आजको तेस्रो बैठकले उनीहरूको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २७ गते

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 105 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक : भदौ २७ गतेसम्मका लागि स्थगित

    बिर्तामोड / प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । आज शुक्रबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो । एमाले सांसदहरूको अवरोधका बीच चलेको बैठक सभामुख अग्नि सापकोटाले भदौ २७ गते (आइतबार) सम्मका लागि स्थगित भएको घोषणा गरे ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 106 पटक पढिएको
  • कांग्रेसको राजनीतिमा जयवीर सिंह देउवा

    बिर्तामोड / राजनीतिक दलका नेताहरूले आफ्ना परिवारका सदस्य र नातेदार अनि नजिकका मान्छेलाई आफू रहेको दलमा ल्याएर अघि बढाउनु दक्षिण एसियाली मुलुकका लागि नयाँ भने हैन । नेपालमा कांग्रेस भित्रको कोइराला परिवार र माओवादी भित्र दाहाल परिवारको दबदबाको आलोचना भइरहेकै समयमा अन्य नेताले समेत त्यही बाटो समाउन थालेका छन् ।केन्द्रिय राजनीतिमा रहेका देखि स्थानीय स्तरको राजनीतिमा रहेका सम्मले आफ्नो उत्तराधिकारीको रुपमा पारिवारीका सदस्यलाई अघि बढाउन थालेका छन् । स्व. विपी कोइराला र  गिरिजा प्रसाद कोइराला , गणेशमान सिंह , मदन भण्डारी र परिवर्तनको वाहक भनिएका प्रचण्ड सम्मले आफ्नो उत्तराधिकारी बनाउन पारिवारिक

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 147 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

    बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका हुन् । बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरूलाई आग्रह समेत गरेका छन् । मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।पौडेलले बहु विवादित एमसीसीको सन्दर्भमा भने गठबन्धनका

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 140 पटक पढिएको
  • संसद् बैठक : दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

    काठमाडौँ  / सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न एक बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् ।प्रतिनिधिसभा आजको बैठकमा शपथ सम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ ।त्यसैगरी राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्ब

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 118 पटक पढिएको
  • राष्ट्रिय सहमतिमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : प्रचण्ड

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान उनको निवास खुमलटार पुगेकी थिइन् ।अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरू स्पष्ट रहेको बताएका उनका प्रेस

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 122 पटक पढिएको
  • झापाली नेता शर्माद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा

    काठमाण्डौ / झापाली नेता एवं नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आसन्न  महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुन्दरीजल स्थित बीपी सङ्ग्रहालय पुगेर शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजल पुगेर  शर्माले उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेद्वारी घोषणा गर्दै शर्माले १५ वर्ष लगातार कांग्रेसको नेतृत्वमा केन्द्रिय सरकार चलाउने उद्घोष समेत गरेका छन् । शर्माले आफ्नो उम्मेदवारी  बिपीले कल्पना गरेको विकासको मोडल साकार पार्नका लागि भएको समेत बताएका छन् । महामन्त्र

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 116 पटक पढिएको
  • पार्टीकाे कारबाहीमा परेका १४ जना उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

    बिर्तामाेड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कारवाहीमा परेका माधवकुमार नेपालसहित १४ जना सांसद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका छन् । संसदीय दलका नेता समेत रहेका ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठक आज बुधबार  बोलाइएको छ । उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उनले भने, – ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरू उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 134 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.