काठमाडौँ / नेकपा एमालेको जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुने क्रम जारी छ । 

सर्वसम्मत हुन नसकेका जिल्लामा चुनावमार्फत नेतृत्व चयन भइरहेको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अहिलेसम्म ४८ वटा जिल्लामा एमालेको नेतृत्व चयन भइसकेको छ । 

दुई विशेष जिल्ला कमिटीमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । योसहित अहिलेसम्म ५० वटा जिल्लामा एमालेको नेतृत्व चयन भइसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते ६३ जिल्लाको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन भएका जिल्लाको जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया जारी रहेको एमालेले जनाएको छ । 

सर्वसम्मत हुन नसकेपछि कपिलवस्तु, सिन्धुली, प्यूठान, कैलाली दोलखा लगायत जिल्लामा चुनाव भएको छ । मौसम र विशेष कारणवश १४ जिल्लाको अधिवेशन पुस २३ गते नै उद्घाटन हुन सकेको थिएन । 

यी हुन् अहिलेसम्म निर्वाचित अध्यक्ष :

प्रदेश –१

१. झापा –दीपक कार्की

२. मोरङ –ऋषिकेश पोखरेल

३. खोटाङ –रामप्रसाद दंगाल

४. धनकुटा –इन्द्रमणि पराजुली

५. तेह्रथुम –तेजमान कन्दङवा

६. पाँचथर –राजकुमार भण्डारी

७. भोजपुर –शरण राई

८. इलाम –महेश बस्नेत

९. सोलुखुम्बु –डुफकुमार बास्तोला

१०. उदयपुर –प्रमेश्वर घिमिरे

११. ओखलढुंगा –शंकर कटुवाल

प्रदेश –२

१. सप्तरी –ताराकान्त चौधरी​

२‍. सिरहा –चन्द्रेश्वर मण्डल

वाग्मती प्रदेश

१. धादिङ –भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक –अशोक ब्यान्जु

३. भक्तपुर –बचन देउजा

४. रसुवा –कर्णेल तामाङ

५. रामेछाप –आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट –बद्री मैनाली

७. मकवानपुर –एकलाल श्रेष्ठ

८. काठमाडौं –दीपक निरौला

९. ललितपुर –पुरुषोतम आचार्य

१०. सिन्धुली –कुमारबहादुर कार्की

११. दोलखा –नरबहादुर श्रेष्ठ

गण्डकी प्रदेश

१. गोरखा –प्रेम गुरुङ

२. तनहुँ –श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी –देवेन्द्र केसी

४. लमजुङ –कृष्णप्रसाद अधिकारी

५. बाग्लुङ –हिराबहादुर केसी

६. पर्वत –राजु पौडेल

७‍. नवलपुर –मुक्ति पाण्डे

लुम्बिनी प्रदेश

१. पाल्पा –धनेन्द्रराज घिमिरे

२. गुल्मी –बालकृष्ण काउछा मगर

३. अर्घाखाँची –पिताम्बर भुसाल

४. बाँके –किस्मत कुमार कक्षपती

५. बर्दिया –लालबहादुर श्रेष्ठ

६. दाङ –हुकुमबहादुर बस्नेत

७. रूपन्देही –तेजेन्द्र केसी

८. कपिलवस्तु –डम्मर शर्मा 

९. नवलपरासी (पश्चिम) –दीपेन्द्र अधिकारी 

१०. प्यूठान –विजयविराज विष्ट

कर्णाली प्रदेश

१. डोल्पा –शेरबहादुर बूढा

२. सल्यान –गोविन्द पुन मगर

३. जुम्ला –शान्तिलाल महत

सुदूरपश्चिम प्रदेश

१. डडेल्धुरा –प्रकाश साउद

२. बैतडी –सुरेन्द्र पाल

३. डोटी –चक्र मल्ल

४. कैलाली –रतन थापा

गैरभौगोलिक (विशेष) जिल्ला

१. मजदूर विशेष –जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष –उमेश ढकाल