राजनीति

    Showing 8,811-8,820 of 9,673 items.
  • एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

    बिर्तामोड / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर –१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरूबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरिने जानकारी दिए ।  अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उनले राजनीतिक दलहरूबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने धारणा व्यक्त गरे।&nb

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 124 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ / नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ः०० बजे बैठक तय भएको जानकारी दिए । बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ । यही भदौ ८ गत

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 160 पटक पढिएको
  • प्रदेश १ को मुख्यमन्त्री फेरबदलको तयारी

    बिर्तामोड / एमालेले प्रदेश १ मा मुख्यमन्त्री फेर्न आज संसदीय दलको बैठक बोलाएको छ । शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि मुख्यमन्त्री फेर्न एमालेले संसदीय दलको बैठक बस्न लागेको हो । बैठकले तेस्रो धारबाट भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको एक नेताले जानकारी दिए ।आचार्यलाई संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी रहेको छ । आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिना भित्र विश्वासको मत लिनुपर्ने छ । आचार्यले मुख्यमन्त्री हुनका लागि लामो समय देखी पहल गर्दै आ

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 162 पटक पढिएको
  • नयाँ दल दर्ता गर्न जसपाका १४ सांसद र १७ सदस्यले गरे सनाखत

    काठमाडौँ / निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरूले सनाखत गरेका हुन् । नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो । यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका दुई सांसद भने हाल निलम्बित छन् ।प्रस्तावित

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 142 पटक पढिएको
  • माधव नेपालले सांसदहरूलाई रिसोर्टमा लगेर थुने : ओली

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन माधव नेपालले सांसदहरूलाई चन्द्रागिरी रिसोर्ट लगेर थुनेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाललाई यस्तो आरोप लगाएका हुन् । ओलीले सांसदहरूलाई बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले चन्द्रागिरीमा लगेर थुनेको दाबी गरेका हुन् । ओलीले भने –‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरू जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो ।’सांसदहरूलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरूले प्रचार गरेको भन्दै ओलीले पत्रकारसँग असन्तुष्टि व

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 134 पटक पढिएको
  • मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले मङ्गलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्कन आग्रह गरेका हुन् । पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए । 

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 109 पटक पढिएको
  • नेपाल र ठाकुरको दल दर्ता प्रक्रिया आज टुंग्याउने आयोगको तयारी

    काठमाडौं / निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पाटीको दल दर्ता प्रक्रियाका लागि आज सनाखत गराउँदै छ । आयोगले आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतको समय तोकिएको छ । संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो । यसलगत्तै नेता  नेपाल  पक्षका ९५ जना  केन्द्रीय  सदस्य र ३१  जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए ।  नेता नेपालल

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 112 पटक पढिएको
  • निर्वाचन आयोगले दुई दललाई सनाखतका लागि बुधबार बोलायो

    काठमाडौँ / निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरूले सनाखत गर्नुपर्नेछ ।आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरि अध्

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 110 पटक पढिएको
  • कुलमानको नियुक्तिसम्बन्धी मिसिल ३ दिनभित्र झिकाउन सर्वोच्चको आदेश

    बिर्तामोड / नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति विरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउन आदेश दिएको हो । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा  रिट दायर गरेका थिए ।मङ्गलबारको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत्

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 125 पटक पढिएको
  • तरुणका समस्या समाधान हुनुपर्छ : भण्डारी

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । काठमाडौँमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४ औँ महाधिवेशनका छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गरेका थिए । देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उनले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग समेत गरेका छन् ।आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.