झापा / नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी बीच आज पार्टी एकता घोषणा हुने भएको छ ।

एकीकृत समाजवादीले आज अर्को वाम घटक नेकपा जनवादी सँग पार्टी एकताको घोषणा गर्ने भएको हो ।

आज राष्ट्रिय सभागृहमा १२ : ३० बजे एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको एकीकृत समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिएका छन ।

प्रवक्ता खतिवडाका अनुसार आजको एकता घोषणा भव्य हुँदैछ । २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको जनवादी को देशभरी ४३ कमिटी रहेको छ ।