राजनीति

    Showing 9,001-9,010 of 10,447 items.
  • कांग्रेस महाधिवेशन : जसपाका सांसदले नै दिए मत

    तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सांसदले नै नेपाली कांग्रसको जारी महाधिवेशनमा नेतृत्व छनौटका लागि भएको मतदानमा प्रतिनिधीका रुपमा उपस्थित भएर मतदान गरेको सार्वजनिक भएको छ ।जसपा अध्यक्ष डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्तिबाट प्रदेशसभा सदस्य बन्न सफल भएका प्रेम तामाङ नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधी बनेको सार्वजनिक भएको हो । वागमती प्रदेशसभाका सदस्य रसुवाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेको खुलेको छ । हेटौडमा जारी कांग्रेसको प्रदेश अधिवेशनमा नेतृत्व छनौटका लागि भएको निर्वाचनमा मतदान गर्न उनी राती १० बजे अधिवेशनस्थल पुगेपछि यो विषय सार्व

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 80 पटक पढिएको
  • राप्रपाको अध्यक्षमा पराजित भएका थापा हिमानीसँग रुष्ट

    काठमाडौं / राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापा पूर्व युवराज्ञी हिमानी शाहसँग रुष्ट बनेका छन् । पूर्व युवराज्ञी हिमानीले राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि कमल थापा रुष्ट बनेका हुन् । हिमानीले ट्विटरमा लिङ्देनलाई शुभकामना दिँदै लेखेकी छिन्, –‘अवसरवाद, नातावाद, कृपावाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सिङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ!!!थापाले हिमानीले लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा जवाफसहित रिट्विट गर्दै

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 120 पटक पढिएको
  • कांग्रेस अधिवेशन : कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

    सुर्खेत / नेपाली कांग्रेसको कर्णाली सभापतिमा ललितजंग शाही विजयी भएका छन् । संस्थापन इतर पक्षका प्रतिस्पर्धी भुपेन्द्रजङ्ग शाहीलाई १०५ मत अन्तरले पछि पार्दै कर्णाली सभापतिमा ललितजंग विजयी भएका हुन् । ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने भूपेन्द्रजंगले ३१७ मत प्राप्त गरेका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ । देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनत कुमारी कार्की विजयी भएक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 106 पटक पढिएको
  • कांग्रेस अधिवेशन : सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका बलायर विजयी

    धनगढी / नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर बिजयी भएका छन् । बलायर नारायणदत्त मिश्रलाई चार सय मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । कुल एक हजार मतदाता मध्ये एक हजार तीन जनाले मतदान गरेका थिए । देउवा पक्षबाट उम्मेद्वार बनेका बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन् भने पौडेल पक्षबाट उम्मेद्वार बनेका मिश्रले २ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै, उपसभापतिमा देउवा पक्षका जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत प्राप्त गरी निर्वाचित भएका छन् । महामन्त्रीमा देउवा पक्षकै नरनारायण शाह मनुले ६४८ र मेघराज खड्काले ६३५ मत प्राप्त गर्दै विजयी भए ।सह–महामन्त्रीमा प

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 104 पटक पढिएको
  • अध्यक्षमा हारेपछि थापाले राणासँग मिलेर नयाँ दल खोल्दै

    काठमाडौँ  /  राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले पशुपति शमशेर राणासँग मिलेर नयाँ पार्टी गठन गर्न लागेका हुन् । थापा र पशुपति शमशेर राणा नयाँ पार्टी गठनबारे अनौपचारिक छलफल चलाउन थालेका छन् । थापानिकट एक केन्द्रीय सदस्यले थापा र राणा नयाँ पार्टी बनाउने तयारीमा रहेको दाबी गरे ।थापानिकट ती नेताले भने  ‘हामी  पराजित भयौँ भने पनि के गर्ने भन्ने पहिला नै क्लियर थियौँ, अब नयाँ पार्टी बन्छ ।’ थापाको टिममा रहेका ती केन्द्रीय सदस्य पनि पराजित भएका छन् । त्यसैले अबको रणनीति भनेको नयाँ पार्टी निर्माण नै हुने दाबी गर्छन् । थापा र

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 257 पटक पढिएको
  • राप्रपा एकता महाधिवेशन : कमल थापाको परिवारका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा पराजित भएपनि उनका परिवारका तीन जना भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाइ गणेश थापा र भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् । प्रतिष्ठाले १ हजार ५३०, गणेशले १ हजार ३३२ र अभिषेकले १ हजार ३२७ मत ल्याएर विजय भएका हुन् । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन्। यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 123 पटक पढिएको
  • कांग्रेस अधिवेशन : वाग्मती प्रदेशको सभापतिमा पुनः मतदान हुँदै

    काठमाडौँ / नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा पुनः मतदान हुने भएको छ । सभापति पदमा तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा आज पुनः मतदान हुने भएको हो । सभापतिका तीन जना उम्मेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । तर, तीनै जना मध्ये कसैको पनि ५१ प्रतिशत मत आएको छैन । पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । कुल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । अब बानियाँ

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 120 पटक पढिएको
  • ‘म पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु’

    काठमाडौँ  / राप्रपाको महिला महामन्त्रीमा पराजित भएकी रेखा थापाले आफू पराजित भएपनि खुशी व्यक्त गरेकी छिन् । महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थापाले राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न आफू सफल भएको भन्दै खुसी व्यक्त गरेकी हुन् । उनले भनिन्, –‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु ।’ कुन्ती शाही कमल थापाको समूहबाट महामन्त्रीमा पदमा उठेकी थिइन् भने रेखा थापा राजेन्द्र लिङ्देनको समूहबाट उठेकी थिइन् । शाहीले २ हजार ५ मत ल्याइन् भने था

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 118 पटक पढिएको
  • कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार सम्पन्न मत गणनामा कमल थापालाई १९९ मत अन्तरले हराउँदै लिङ्देनले अध्यक्षमा विजयी भएका हुन् । लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल माफर्त हार स्वीकार गरेका छन् । थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो ।शनिबार राति मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको थियो । सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले बाजी मारेका हुन् ।थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वरा

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 90 पटक पढिएको
  • विराटनगर महानगरको सचिवमा न्यौपाने निर्वाचित

    विराटनगर / नेकपा माओवादी केन्द्र विराटनगर महानगरको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्। महानगरको प्रथम अधिवेशनबाट न्यौपाने सचिवमा निर्वाचित भएकी हुन्। अधिवेशनबाट नवीन पौडेल नेतृत्वमा ९९ सदस्यीय नगर समिति चयन भएको थियो। उक्त समितिले पदाधिकारी चयन गरेको थियो।अधिवेशनले उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानू भट्टराई र सहसचिवमा शारदा मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित गरेको छ।माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो। यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए। माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिव

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.