काठमाडौँ  / राप्रपाको महिला महामन्त्रीमा पराजित भएकी रेखा थापाले आफू पराजित भएपनि खुशी व्यक्त गरेकी छिन् । 

महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थापाले राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न आफू सफल भएको भन्दै खुसी व्यक्त गरेकी हुन् । 

उनले भनिन्, –‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु ।’ 

कुन्ती शाही कमल थापाको समूहबाट महामन्त्रीमा पदमा उठेकी थिइन् भने रेखा थापा राजेन्द्र लिङ्देनको समूहबाट उठेकी थिइन् । शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन् ।