राजनीति

    Showing 9,701-9,710 of 10,449 items.
  • कलाकार ‘राता मकै’को ४० बिघा जग्गा कब्जा

     चितवन//मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसी ‘राता मकै’को  ४० बिघा जग्गा कब्जा गरेको घोषणा गरेको छ।  चितवनको माडी नगरपालिका–२ पौबारीमा रहेको ‘राता मकै’ को जग्गामा शनिबार दिउँसो १ बजे झण्डा गाडेर माओवादीले कब्जा गरेको हो। ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले  गैरकानुनी रुपमा जमिन खण्डीकरण गरेको भन्दै सो जग्गा कब्जा गरेको बताइएको छ। जग्गा  खण्डीकरणमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको सो पार्टीले आरोप लगाएको छ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 171 पटक पढिएको
  • महाकाली नदीको तुइन काट्दा बेपत्ता भएका जयसिंह धामी घटनाको विरोधमा प्रदर्शन

     काकरभिट्टा //भारतीय सिमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा रहेको तुइन काट्दा बेपत्ता भएका जयसिंह धामी घटनाको विरोधमा काँकरभिट्टामा प्रदर्शन भएको छ।  तुइनमा सवार रहेकै बेला एसएसबीले तुइन काट्दा धामी बेपत्ता भएको  भन्दै नेपाल कम्युनिष्ट पार्टी ( विप्लब ) झापाले एसएसबीको ज्यादती विरुद्धमा प्रदर्शन गरेको हो ।प्रदर्शनमा भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद र  राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।स्थानिय बसपार्कबाट शुरू गरिएको प्रदर्शन भट्टराईचोक हुँदै बजार परिक्रमा पछि  हन

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 99 पटक पढिएको
  • राजतन्त्र फर्काउने उद्घोष गर्दै नयाँ दल गठन

    काठमाडौं / देशमा राजतन्त्र फर्काउने उद्घोष गर्दै पोखरामा आज एक नयाँ राजनीतिक दलको गठन गरिएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रतिविम्ब पार्टी’ नामक दलको गठन गरिएको हो । शिक्षा र सुरक्षमा जोड दिँदै गठन गरिएको दलले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने घोषणा समेत गरेको छ ।उक्त पार्टीले संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी शाहलाई आलंकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 1,105 पटक पढिएको
  • जसपा संसदीय दलको नेतामा यादव

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । आज (शनिबार) बसेको संसदीय दलको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका थिए । बैठकमा २१ जना सांसदको उपस्थिति रहेकाे थियो ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 138 पटक पढिएको
  • देउवा-प्रचण्ड भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता र छलफल भएको हो ।भेटमा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।असार २९ गते प्रधानमन्त्री निर्वाचित भएका देउवाले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिन १९ मन्त्री नियुक्त गर्न बाँकी छ । काँग्रेस र माओवादीबाट २– २ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार सञ्चालन गरेको अवस्था छ ।जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा देउ

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 113 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं / नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज (शनिबार) दिउँसो ३ बजे बोलाइएको हो । आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुनेछ ।पार्टीको आज बोलाइएको स्थायी कमिटी बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि खबर गरिएको छ । तर, नेपाल पक्ष भने सहभागी नहुने भएको छ । पार्टी एकताका लागि बनेको कार्यदलका नेपाल पक्षका सदस्यले भने बैठक सार्न आग्रह गरेका

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 94 पटक पढिएको
  • एमाले विभाजन गर्न ‘वा’ शब्द प्रयोग गर्ने तयारी

    बिर्तामोड / ‘वा’ शब्द प्रयोग गरेर सरकारले नेकपा एमाले विभाजनको ढोका खोलिदिने भएको छ । विभाजन नजिक पुगेको एमालेका नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सहज बनाइदिन दल विभाजन सम्बन्धित कानुनमा  ‘वा’ शब्दको प्रयोग गर्ने सरकारले तयारी गरेको हो ।राजनीतिक दलसम्बन्धी कानूनले अहिलेकै अवस्थामा माधव नेपालले पार्टी फुटाउने अवस्था नरहेकाले उनलाई सहज बनाइदिन कानुनको सहारा लिने सरकारले तयारी गरेको उच्च स्रोतले जानकारी गराएको छ । सरकारले अध्यादेश ल्याएर अहिलेको कानुनमा  ‘वा’ शब्द राखेर पार्टी फुटाउन सहज बनाइदिने भएको हो ।वर्तमान कानुनअनुसार पार्टी विभाजन गर्नका लागि केन्द्रीय कार्यस

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 221 पटक पढिएको
  • लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

    बुटवल / जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्री सांसद पदबाट मुक्त भएका छन् । पदमुक्त भएसँगै तिन मन्त्रीको पदपनि रिक्त भएको छ ।लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।२०७८ जेठ २५ गते प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रममा प्रस्तुत हुदाँ विपक्षमा मतदान गर्ने पार्टीको निर्णय थियो ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरि जसपाको संसदीय दलको ह्वीप उल्लङ्घन गरेपछि उनिहरुलाई पदमुक्त गरिएको सुचना पत्रमा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 129 पटक पढिएको
  • ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी बिच आज भेटवार्ता भएको छ । मन्त्रालयमा भएको  भेटवार्तामा द्विपक्षीय चासो र हितको बिषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताएकाी छन्। ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ ९बिआरआइ०को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिएकी छन् ।चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 164 पटक पढिएको
  • प्रभु शाहले महिलाको चरित्र हत्या गरे – सांसद रावल

    बिर्तामोड / सांसद दिलकुमारी रावलले पूर्वमन्त्री प्रभु साहले महिलाको चरित्र हत्या गरेको आरोप लगाएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको आरोप लगाएकी हुन् । रावलले भनिन् – ‘प्रभु शाहले विगत २ वर्षदेखि मदानी मेला लगाउने गरेका छन्, के समाजवादमा जाने बाटो यही हो ? प्रभु साहले समाजवादको नाममा ब्रह्मलुट गर्दै हुनुहुन्छ । भेटी र दक्षिणामा व्यापक भ्रष्टाचार गर्नुहुन्छ । उहाँले शिवनगरमा महिलाको अस्मितामा आँच आउने काम गर्नुभएको छ ।’ सांसद दिलकुमारीको १ मिनेटको बोल्ने समय सकिएपछि सभामुख अग्नि सापकोटाल

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 220 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.