चितवन//मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसी ‘राता मकै’को  ४० बिघा जग्गा कब्जा गरेको घोषणा गरेको छ।  

चितवनको माडी नगरपालिका–२ पौबारीमा रहेको ‘राता मकै’ को जग्गामा शनिबार दिउँसो १ बजे झण्डा गाडेर माओवादीले कब्जा गरेको हो। 

‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले  गैरकानुनी रुपमा जमिन खण्डीकरण गरेको भन्दै सो जग्गा कब्जा गरेको बताइएको छ। 

जग्गा  खण्डीकरणमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको सो पार्टीले आरोप लगाएको छ।