समाचार

    Showing 10,131-10,140 of 26,666 items.
  • भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान

    रौतहट । दिपावाली र छठ पर्वका लागि आवश्यक सामग्री किन्नका लागि सीमापारिको भारतीय बजारमा नेपाली सेवाग्राहीको चहलपहल बढेको छ । तर, सिमावारी नेपाली बजार भने सुनसान जस्तै बनेका छन् ।दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडा भाँडावर्तन लगायतका सामग्रीहरु नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाईने भएपछि नेपाली सेवाग्राहीको चाप भारतीय बजारमा बढेको हो । आफ्ना दैनिक आवश्यकताको वस्तु किनमेलका लागि गौरका अधिकांश नागरिक बरगैनिया बजार जाने चलन बढ्दो छ । गौर स्थानीय अमित केशरीका अनुसार पर्वको समयमा नेपाल र भारतको सिमामा सवारीको जाम नै हुने गर्छ । यो समयमा नेपालको बजार सुनसान र भारतिय बजारमा सर्वसाधारणको क

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 349 पटक पढिएको
  • मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

    सर्लाही । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको छ ।लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् । लोसपासँगै जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका केही सांसदहरूको हस्ताक्षर सहित ५६ जना प्रदेशसभा सदस्यले बुधबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नयाँ सरकारका लागि दाबी बुझाएका हुन् ।यसअघि मंगलबार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 334 पटक पढिएको
  • जेन–जीका माग पूरा नभई संसद पुनःस्थापना गर्न नहुने राप्रपाको अडान

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनले उठाएका मागहरू पूरा नगरीकन प्रतिनिधिसभा पुनःस्थापना गर्न नहुने अडान राखेका छन्। उनले यो धारणा आज सभामुख देवराज घिमिरे सँगको छलफलका क्रममा व्यक्त गरेका हुन्।प्रवक्ता शाहीले राप्रपाले सभामुखसँग जेन–जीका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता नभएसम्म संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए। जेन–जीका मुख्य मागहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको उनको भनाइ छ।उनले संसद पुनःस्थापना गर्दा यी मागहरू संसदबाट पारित गर्ने प्रतिबद्धता भएम

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 578 पटक पढिएको
  • दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

    चितवन— चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं. २ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने ५४ वर्षका रेशम दराई र रत्ननगर नगरपालिका वडा नं.१२ बस्ने ४५ वर्षका कमल गुरुङछन् ।सो घटनामा पर्सा जिल्ला घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ३९ का जितेन्द्र महतो र पर्सा जिल्ला घर भई रत्नन

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 493 पटक पढिएको
  • मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ, २९ असोजः यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बिएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 370 पटक पढिएको
  • देशभर आज मौसम सफा रहने

    काठमाडौँ, २९ असोजः देशभर आज मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 295 पटक पढिएको
  • यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक

    काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटिकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उनले भने ।यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 447 पटक पढिएको
  • कांग्रेस निर्वाचनबाट भाग्दैन् तर सरकारले वातावरण बनाउनुपर्छ : खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् ।उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी भित्र र बाहिर एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता रहेको औंल्याएका हुन् । ‘हामी केवल कांग्रेस भित्रको एकता मात्र कुरा गरिरहेका छैनौं । संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउनेक्रममा छौं । अन्य पार्टीहरुसँग सल्लाह गरेर अगाडि बढाउन यस पटकको बैठक ए

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 430 पटक पढिएको
  • लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ ।त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी अनलाइ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 447 पटक पढिएको
  • हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ । मोरङको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि निरा कट्टेल तथा जानकी कुमारी केवरत र मोरङ ५ का महाधिवेशन प्रतिनिधि जिरालाल मण्डल तथा बिमलादेवी राजवंशीले आफूहरू नियमित महाधिवेशन नभई विशेष महाधि

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 283 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.