समाचार

    Showing 10,931-10,940 of 24,732 items.
  • मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय सुधार, २० अर्बको कारोबार

    काठमाडौं— मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय सुधार देखिएको छ। सेयर बजार परिसूचक नेप्से ८१.७७ अंकले उकालो लाग्दै २,९७४.५५ बिन्दुमा पुगेको छ।आजको कारोबारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ। यसले बजारमा लगानीकर्ताको विश्वास र उत्साह बलियो बनेको संकेत गर्छ।यस दिन कुल २० अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 571 पटक पढिएको
  • भूमिमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न सांसद बोहराको माग

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बोहराले यस्तो बताएका हुन् ।बोहराले कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियोहरू सार्वजनिक भएको भन्दै यही विषयमा आरोपित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर, भूमिमन्त्री अधिकारीले राजीनामा नदिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरे ।उनले सार्वजनिक अडियो तत्कालीनमन्त्री गुप्ताको भएको पुष्टि भएको र

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 683 पटक पढिएको
  • मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

    रामेछाप – पुष्पलाल -मध्यपहाडी+_ लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ । च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो । निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ । धसिएको सडक पुनः मर्मत गर्नुपर्ने माग स्थानीयवासीको रहेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको कुरा स्वीकार गरे ।सो हेर्नको लागि

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 366 पटक पढिएको
  • आगलागी नियन्त्रण गर्ने क्रममा एकै परिवारका ४ जना घाइते

    विराटनगर— झापाको हल्दीबारी गाउँपालिका ४ ओली चोकमा मंगलबार बिहान घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर एकै परिवारका चार जना घाइते भएका छन् । ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रोटी पकाउने क्रममा बिहान ८ः४० बजे आगलागी भएको हो । आगो नियन्त्रण गर्ने प्रयासमा घरधनी ओलीसहित उनका छोराहरु ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली र ३२ वर्षीया बुहारी अनिता ओली घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई सुरुमा भद्रपु

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 570 पटक पढिएको
  • बार लगाउन बाँकी रहेको झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको शकुसल उद्धार

     मुस्ताङ— निर्माणाधीन पुलबाट सौरु तर्फ सामान पुर्याउने क्रममा कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार गरिएको छ । निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी भएको थियो सो पुलबाट जाने क्रममा पेम्वा शेर्पा खसेर नदीमा खसेका थिए । थासाङ गाउँपालिका–२ स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका उनको कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रुपमा उद्धार गरेको हो। थासाङ गाउँपालिका–१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए। सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले कालीगण्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 705 पटक पढिएको
  • दोलखाका गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ — दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।अख्तियारमा सी–०८३०२९ दर्ता नम्बरमा गत असार २६ गते उजुरी दर्ता भएको हो। उजुरीकर्ताले गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।तीनतले २० कोठे नयाँ भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष झन्डै १२ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। उजुरीमा उल्लेख गरिएअनुसार भवन निर्माणका क्रममा “हिटिङ सिस्टम” भन्ने विशेष प्रावधान अनावश्यक रूपमा राखिएको छ, जुन नेपालमा सामान्य रूपमा प्रयोग नहुन

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 491 पटक पढिएको
  • भक्तपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

    भक्तपुर — भक्तपुरमा मयुर यातायातको बसको ठक्करबाट एक ७१ वर्षीया वृद्धाको ज्यान गएको छ।मंगलबार बिहान करिब ११:१५ बजे सूर्यविनायक नगरपालिका–८ इटभुचोकमा काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको बसले सडक पार गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको हो।प्रहरीका अनुसार मृत्यु हुने महिला भक्तपुर नगरपालिका–४ मंगलाछेँ स्थायी घर भई हाल आदर्श टोलमा बसोबास गर्दै आएकी सुवर्णकेशरी श्रेष्ठ हुन्। उनीलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।ठक्कर दिने बस र त्यसका चालक नुवाको

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 272 पटक पढिएको
  • कैलालीमा बलात्कार आरोपमा ५० वर्षीय व्यक्ति पक्राउ

    कैलाली— कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–४, मौरनियाका ५० वर्षीय रामकृष्ण चौधरी छन् ।१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 525 पटक पढिएको
  • २ केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेलस्थित एक होटलबाट प्रहरीले २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई नियन्त्रणमा लिएको हो। उनीहरू चीनको सियाचिन सहरका बासिन्दा भएको खुलेको छ।एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरूको साथबाट अवैध रूपमा ल्याइएको २ किलो सुन र नगद २४ लाख रुपैयाँ बरामद गरिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि दुवै चिनियाँ नागरिक प्रेमी–प्रेमिका भएको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 557 पटक पढिएको
  • देशभर डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो, एक सातामै १६१ नयाँ सङ्क्रमण

    काठमाडौं— देशभर डेंगी सङ्क्रमण तीव्ररूपमा फैलिन थालेको छ । पछिल्लो एक सातामा मात्रै १६१ जनामा डेंगी पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८१ पुगेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो साता मात्रै ६ वटा प्रदेशमा डेंगीका नयाँ केसहरू देखिएका छन् ।प्रदेशगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा ९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । त्यस्तै कोशी प्रदेशमा ५, लुम्बिनीमा ३, मधेश र कर्णाली प्रदेशमा समान रूपमा १–१ जनामा डेंगी संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ सङ्क्रमित थपिएको ईडीसीडीले जनाएको छ ।स्वास्थ्य मन्त्र

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 762 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.