काठमाडौं— अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका ५५ वर्षीय शिक्षक जगतबहादुर कुँवर करिब एक महिनादेखि बेपत्ता छन्। गत असार १७ गते बिहान करिब ५ः०० बजे मर्निङ वाकका लागि घरबाट निस्किएका कुँवर त्यसयता अहिलेसम्म सम्पर्कमा आएका छैनन्।कुँवर बेपत्ता भएको दिनको बेलुकाको सिसिटिभी फुटेजमा उनलाई कुरिनटार क्षेत्र हुँदै चितवनतर्फ पैदल जाँदै गरेको देखिएको परिवारले जानकारी दिएको छ। तर त्यसपछि उनको अवस्था, ठेगाना वा सम्पर्कबारे कुनै जानकारी प्राप्त हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ।कुँवरको परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले खोजी कार्य तीव्र पार्न सबैमा
काभ्रे — आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा शव फालेको अभियोगमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले ३७ वर्षीय सन्तोष सुनारलाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो। घटना सार्वजनिक हुनुभन्दा २४ घण्टा नबित्दै प्रहरीले अभियुक्तलाई पक्रिएको हो।गत आइतबार दिउँसो करिब २ बजे बनेपा नगरपालिका–१३ भगवान थुम्कीस्थित सामुदायिक जंगलमा चिलाउने रुखको फेदमा एक महिलाको शव कोल्टो अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट मृतक ३३ वर्षीया शर्मिला उप्रेती रहेको पुष्टि भएको हो। उनी चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्ककी स्थायी बासिन्दा हुन् भने हाल बनेपा–९ नयाँबस्तीमा बस्दै आएकी
काठमाडौं— चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई सोमबार पक्राउ गरेको हो।प्रहरीका अनुसार उनलाई आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले अग्रवाललाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन्।‘अनुसन्धानका लागि हामीले अग्रवाललाई पक्राउ गरेका हौँ,’ एसएसपी अधिकारीले बताए। प्रहरीले अग्रवाललाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ।हाल प्रहरीले अग्रवालसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाइरहे
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ ।प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन
सङ्खुवासभा— सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
मुगु – जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक
धनुषा – धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् ।पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ ।गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए ।सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा
सप्तरी— सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ। मण्डलको घरमा लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोलीले मण्डलको घर खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट दुई बोरा, गाईगोठबाट एक बोरा र घरनजिकको बाँसको झ्याङबाट नौ बोरा गाँजा बरामद गरेको हो।प्रहरीले घटनास्थलबाट ४१ वर्षीया रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अडागी बढाएको जिल्ला प्रहरी कार्यालयले जना
काठमाडौं— घुसकाण्डमा जोडिएर राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ । ७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस
काठमाडौँ — पोखरामा कोरोना भाइरस संक्रमणबाट ७४ वर्षीया एक महिलाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले मृत्युको पुष्टि गरेका छन्।खड्काका अनुसार ती महिला आठ दिनअघि कोरोना पोजिटिभ देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन्। “उनी चरक अस्पतालमा उपचाररत थिइन्। उच्च रक्तचाप र मधुमेहसमेत भएको थाहा भएको छ,” खड्काले जानकारी दिए।उनका अनुसार कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्या पनि देखिएकाले मृत्युको कारणमा विविधता हुन सक्ने भए पनि कोरोना पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हाल कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.