समाचार

    Showing 11,001-11,010 of 26,682 items.
  • बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

    बाजुरा— जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो ।कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए ।पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ । अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको जेलर तिवारीले बताएका छन् ।कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको छ । दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई

    • प्रकाशित मितिः असोज २, २०८२
    • 583 पटक पढिएको
  • गणेशमानलाई सम्झिदै प्रकाशमानले भनेः दलहरुले गरेको योगदान मेटाउन खोजियो

    काठमाडौं— नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग स

    • प्रकाशित मितिः असोज २, २०८२
    • 611 पटक पढिएको
  • आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

    काठमाडौं— जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भए

    • प्रकाशित मितिः असोज २, २०८२
    • 636 पटक पढिएको
  • जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधामवासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण

    जनकपुर— जेनजी आन्दोलनको क्रममा सहिद भएका युवा तथा सम्पूर्ण व्यक्तिहरुकोप्रति जनकपुरधामवासीले सामूहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।बुधबार साँझ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी जनकपुरधामवासीले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन ।जनकपुरधामका स्थानीय, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता,मधेश प्रदेशका नेता, सांसद, सञ्चारकर्मीहरु र सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।  सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै शहीद आत्माको शान्तिको कामना गरेका थिए ।जनकपुरधाम घुम्न आएका पर्यटकहरु पनि श्रद्धाञ्जली सभा

    • प्रकाशित मितिः असोज २, २०८२
    • 567 पटक पढिएको
  • प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । स्रोतका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् । त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने छिन् । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • 608 पटक पढिएको
  • जेनजि आन्दोलनः प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन

    हेटौंडा— बागमती प्रदेशमा जेनजि पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ। असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो। हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन्।सचिवालयका एक अधिकारीका अनुसार, कुर्सीदेखि कार्यालय सञ्चालनका अत्यावश्यक सामग्रीसम्म प्रयोग अयोग्य भएका छन्। “बैठक चलाउने ठाउँ छैन, कर्मचारी क्यान्टिनमा बसेर काम गर्न बाध्य छन्,” उनले बताए।प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ताले करिब १२ करोड २९ लाख लागतमा

    • प्रकाशित मितिः असोज २, २०८२
    • 141 पटक पढिएको
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा टौखेलमा दीप प्रज्वलन

    काठमाडौं— जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ ललितपुरको गोदावरी स्थित टौखेलमा स्थानीहरुले मृतकको सम्झना दीप प्रज्वलन गरेका हुन् । जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशैभर शोक मनाइएको थियो । सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ आन्दोलनमा उत्रेका जेन–जी पुस्तामाथि सरकारले निर्मम दमनका क्रममा १९ जनाको मृत्यु भएको थियो ।प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • 335 पटक पढिएको
  • एनआरएनएबाट ’ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने प्रयास हुनु दुःखद रहेको संघले बताएको हो।संघका प्रवक्ता गंगाधर गौतमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनले देशका महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ। त्यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग हातेमालो गर्दै पुनर्निर्माणमा सहयोग गर्न तयार छ भन्ने कुरा स्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 150 पटक पढिएको
  • गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाईँदै

    काठमाडौं— प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदैछ ।नेपाली राजनीतिमा त्याग र साहसको प्रतिकका रूपमा पनि उलाई चिनिने गरिन्छ । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।उनी विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो

    • प्रकाशित मितिः असोज २, २०८२
    • 554 पटक पढिएको
  • मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा

    हेटौँडा— मकवानपुर जिल्ला प्रहरी कार्यालयमा नेतृत्वस्तरमै ठूलो फेरबदल भएको छ । प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का सहित देशभरका ४८ जना एसपीहरूको एकैपटक सरुवा गरेको हो ।भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउने भएका छन् ।त्यस्तै, मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालको समेत सरुवा गरिएको छ । उहाँको स्थानमा पुष्कर बोगटी नियुक्त हुने भएका छन् ।स्थानीय सुरक्षा व्यवस्थामा निरन्तरता र सुधार ल्याउने उद्देश्यसहित गरिएक

    • प्रकाशित मितिः असोज २, २०८२
    • 561 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.