समाचार

    Showing 11,021-11,030 of 26,682 items.
  • सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिए

    हेटौँडा— बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले बुधबार आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्।राजीनामा पत्रमा उनले नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार पदत्याग गरेको उल्लेख गरेका छन्।पाठकले आफ्नो राजीनामा भावनात्मक कारणले प्रेरित भएको बताएका छन्। भदौ २३ गते 'जेन-ज' नामक युवाहरूको समूहद्वारा गरिएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले गरेको अस्वाभाविक बल प्रयोगका कारण युवाहरूको ज्यान गएको घटनाले आफू गहिरो रूपमा प्रभावित भएको उनको भनाइ छ।'राष्ट्र रोइरहेको अवस्थामा, नेपाली नागरिकको चाहना र युवाको

    • प्रकाशित मितिः असोज १, २०८२
    • 513 पटक पढिएको
  • कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

    सुर्खेत— जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ । जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए ।आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछि प्रदेश लेखा नियन्त्रण कार्यालयका आर्थिक सम्बन्धि सम्पूर्ण गतिविधिहरू अनिश्चितकालका लागि प्रभावित बनेका छन् । कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई चुस्तदुरुस्त र पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको कार्यालय नै आन्दोलनकारीले आगजनी गरेका थिए ।कार्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 563 पटक पढिएको
  • क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निमार्णका लािग राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह

    काठमाडौं— निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे  । उनले भने, ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी संरचनाहरू पुनर्निर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौं, मुलुकमा सुशा

    • प्रकाशित मितिः असोज १, २०८२
    • 588 पटक पढिएको
  • रेसिङ अटोमोबाइल्सद्वारा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण योजना सुरु

    काठमाडौं— काठमाडौंको कलंकीस्थित खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण गर्ने नयाँ योजना सुरु गरेको छ । बुधबार एक विशेष समारोहका बीच यो योजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।समारोहमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै योजनाको सुरुआत गरेका थिए ।ढुंगेलका अनुसार यस योजनाको उद्देश्य पुराना गाडी खरिद गर्दा हुने अविश्वास, शंका र ठगी जस्ता समस्या समाधान गर्नु हो । उनले भने, “यदि हामीले बिक्री गरेको गाडी पछिल्ला मितिसम्म कुनै दुर्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 624 पटक पढिएको
  • बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीवार बाँडफाँड हुँदै

    काडठमाडौं— बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीवार हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे बाँडफाँड प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।कम्पनीले भदौ १६ देखि १९ गतेसम्म १७ लाख १ हजार ५०० कित्ता शेयर थप सर्वसाधारणमा जारी गरेको थियो । यस आधारमा करिब १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि समेत आईपीओ निष्कासन र बाँडफाँट गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुल २९ लाख ५ हजार

    • प्रकाशित मितिः असोज १, २०८२
    • 745 पटक पढिएको
  • गाजामा इजरायली आक्रमणहुँदा दुई दिनमै ४८ हजार मानिस विस्थापित

    काठमाडौं— इजरायली सेनाको गाजा सिटीमा जारी भूमिगत आक्रमणबीच दुई दिनमै करिब ४८ हजार मानिसहरू भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले मंगलबार जनाएको छ ।ओचाका अनुसार अगस्ट मध्यदेखि सोमबारसम्म १ लाख ९० हजारभन्दा बढी विस्थापन गतिविधिहरू देखिएको छ । जसमा धेरैजसो मानिसहरू अत्यधिक यातायात खर्चका कारण पैदल हिँडेर नौ घण्टासम्म यात्रा गरिरहेका छन् । धेरैजसो परिवारहरू महिला र वृद्ध सदस्यहरूको नेतृत्वमा, घाइते बालबालिकासहित, तातो मौसममा नाङ्गा खुट्टा हिँडिरहेको ओचाले जनाएको छ ।यसबीच, ओचाका सहयोगी संस्थाहरूले १ हजार पाँचसय भन्दा बढी व्यक्तिहरूलाई मनोसामाजिक सहयोग, पानी, र

    • प्रकाशित मितिः असोज १, २०८२
    • 663 पटक पढिएको
  • ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा जेनजी आन्दोलनका शहीद विनोद महर्जनलाई श्रद्धाञ्जली

    ललितपुर— ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।बुधवार ललितपुर महानगरपालिका–२२ सुन्धारास्थित शहीद महर्जनको निवासमा पुगेर मन्त्री घिसिङले उनको शहादतको सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। सो अवसरमा उनले शहीदको परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।मन्त्री घिसिङले देश र जनताको हक–अधिकारका लागि बलिदान दिने शहीदप्रति कृतज्ञता व्यक्त गर्दै शहीदका सपना साकार पार्ने दिशामा सरकारले प्रतिबद्धता जनाउने बताए।

    • प्रकाशित मितिः असोज १, २०८२
    • 607 पटक पढिएको
  • कर्णालीका विभिन्न कारागारबाट भागेका ७७ केदी बन्दी पक्राउ

    सुर्खेत— कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भदौ २३ र २४ गते भएको आन्दोलनमा कर्णालीका विभिन्न कारागारमा रहेका १ सय २७ जना कैदी बन्दीहरु भागेका थिए । भागेका मध्ये ५९ जना अझै फरार रहेका छन् । फरार रहेका ३३ जना कैदी र २६ जना बन्दी हुन् । कर्णालीका विभिन्न कारागारबाट ८२ जना कैदी र ४५ जना बन्दी भागेका थिए । आन्दोलनमा रुकुम पश्चिम जिल्ला कारागारबाट भागेका ५५ जना कैदी मध्ये ३८ जना कैदी पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमबाट भागेका १७ जना कदी र १४ जना बन्दी फरार छन् । रुकुम पश्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 719 पटक पढिएको
  • नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा क्रिकेटर सुलभप्रति श्रछाञ्जली

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर

    • प्रकाशित मितिः असोज १, २०८२
    • 606 पटक पढिएको
  • सुनको मूल्य तोलामा एक हजार घट्यो

    काठमाडौं— आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ। आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो।त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • 584 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.