समाचार

    Showing 11,061-11,070 of 26,682 items.
  • रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी

    काठमाडौं— रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा गत २४ घण्टाभित्र सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहित विभिन्न दिशामा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणहरूमा आक्रमण जारी रहेको जनाएको हो ।उता, युक्रेनले भने आफ्ना सेनाले विभिन्न मोर्चामा रूसी आक्रमणहरू परास्त गर्न सफल भएको दाबी गरेको छ । युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति १०ः०० बजेसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान, टोरेत्स्क सहितका केहि दिशासहितका क्षेत्रमा रूसी आक्रमणहरू फिर्ता गर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 617 पटक पढिएको
  • खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

    काठमाडौं— खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो । हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।यस हकप्रदका लागि असार २७ गते बुक क्लोज गरिएकोले असार २६ गतेसम्म कायम शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक, क

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 510 पटक पढिएको
  • रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

    काठमाडौं— अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ ।उनी नियुक्त भएपछि निजी क्षेत्र उकास्ने प्रतिबद्धता, सरकारी खर्च नियन्त्रणको निर्देशन तथा लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक वातावरण सिर्जना भएको प्रारम्भिक विश्लेषण गरिएको छ ।यसै कारण लगानीकर्ताको चर्को दबाबसँगै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरूले असोज ५ गतेअघि नै बजार खोल्ने सम्भावनाबारे छलफल थालेका छन् ।धितोपत्र बोर्डले आज सञ्चालक समिति बैठक बोलाई बजार खोल्ने मिति, समयावधि, सर्किट ब्रेकरक

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 658 पटक पढिएको
  • निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा मामुली गिरावट

    काठमाडौं—् चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ ।नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटेर ५४९५ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा भने यस्तो कर्जा १४ अर्ब ११ करोड रुपैयाँ (०.३ प्रतिशत) ले वृद्धि भएको थियो ।यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ साउन मसान्तसम्म निजी क्षे

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 600 पटक पढिएको
  • एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 636 पटक पढिएको
  • आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने

    काठमाडौं—  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । उनले भने, ‘जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय भएको छ । साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 739 पटक पढिएको
  • विप्लव भन्छन पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन

    काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन् । विज्ञप्ति जारी गर्दै विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन् ।विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ । ‘हामीले पहिले नै स्पष्ट गरेका थियौ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 586 पटक पढिएको
  • सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

    काठमाडौं— नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’यस्त

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 556 पटक पढिएको
  • वीरगन्ज दुई कम्युनिस्ट पार्टीबीच एकता, सुवेदीको संयोजकत्वमा नेकपा

    काठमाडौं— दुई कम्युनिस्ट पार्टीबीच एकता भएको छ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको छ ।सोमबार पार्टी एकता घोषणा कार्यक्रम गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको हो । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सुवेदी र शर्माले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिननवाद र माओविचारधारा हुने जानकारी दिए ।त्यसैगरी नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको समेत घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।&nb

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 510 पटक पढिएको
  • सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा

    सर्लाही –  नख्खु कारागार काठमाडौँबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका – ७ बस्ने करिब ३० वर्षका फिरोज मंसुर न्यु ब्लक नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए । गत २५ भदौमा जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए ।गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।हाल उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको र कारागार कार्यालय सर्लाही पठाउने तयारी भ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 453 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.