समाचार

    Showing 11,141-11,150 of 26,682 items.
  • दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ ।राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 596 पटक पढिएको
  • एसिया कपः आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

    काठमाडौं— एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन् । समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 720 पटक पढिएको
  • राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं— नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ । यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ । ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम बैंकले लगानी गर्नेछ । बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 664 पटक पढिएको
  • जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने

    काठमाडौं— सहकारी पीडितहरूको संस्था ’सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहीद जेन्जी पार्क निर्माण गर्न माग गरेको छ।यही भदौ २३ गते नयाँ बानेश्वर स्थित संसद भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका युवाहरूको शालिक निर्माण गरी तिनकुनेको खुल्ला चौरलाई सहित जेन्जी पार्क बनाउन महासंघले माग गरेको हो। महासंघका अध्यक्ष कुशलब केसीले चक्रपथ परिक्रमा गर्नेगरी शहिदहरूको शव यात्रा निकाल्नुपर्ने, तिनकुनेलाई औपचारिक रूपमा ‘सहिद जेन्जी पार्क’ घोषणा गरी सालिक निर्माण स्थलको शिलान्यास पश्चात् मात्र अन्त्येष्टि गर्नुपर्ने माग गरिएको जानकारी दिए ।शहीदहरूको सम्मान तथा सहिदका

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 753 पटक पढिएको
  • फरार दुई कैदी सिराहामा पक्राउ

    सिराहा— जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले ती फरार कैदीहरूलाई अन्य जिल्ला हुँदै सिराहा आएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।पक्राउ पर्नेहरुमा रामसेवक यादव (५१ वर्ष) ,सिराहा नगरपालिका–४,रघुनाथपुर बस्ने, बैंकिङ कसुर मुद्दा,गोपाल साह (२८ वर्ष) भारत, मधुबनी जिल्ला,झँझरपुर बस्ने, व्यावसायिक उद्योगसम्बन्धी मुद्दा रहेका छन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 718 पटक पढिएको
  • मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरु फिर्ता

    काठमाडौं— मधेश प्रदेश सरकारबाट जनमता पार्टी बाहिरिएको छ ।जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरु फिर्ता बोलाएको जानकारी गराएका छन् ।जेनजी आन्दोलनका दिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो फेसबुक पेज मार्फत मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । तर हिजो फेरि केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले परिस्थितीलाई मध्येनजर गर्दै माहोल शान्त बनाउन मात्र आफूले राजिनामा दिएको घोषणा गरेको भन्ने प्रतिक्रिया दिएको सामाचारहरु आएको थियो ।मधेश प्रदेश प्रमुख कार्यालयका एक जना कर्मचारीका अनुसार म

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 700 पटक पढिएको
  • राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार शुभकामना सन्देशमार्फत उनले बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 782 पटक पढिएको
  • आज मन्त्रिपरिषद् विस्तार हुँदै

    काठमाडौं— अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 760 पटक पढिएको
  • आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै

    काठमाडौं— आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।बाल अधिकार सम्बन्धी म

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 711 पटक पढिएको
  • आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ।जेनजीहरुको आन्दोलनपछि देशमा पछिल्ला परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो।अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्नु भनेको छ। यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभि

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 678 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.