समाचार

    Showing 11,171-11,180 of 24,732 items.
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक

     काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ ।विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ । सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 220 पटक पढिएको
  • बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजबाट आवेदन दिन सकिने

    काठमाडौं— बरुण हाइड्रोपावर कम्पनीले आज असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेकोले जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रल यस हकप्रदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा साउन १९ गतेसम्म आवेदन दिन

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 537 पटक पढिएको
  • कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

    काठमाडौं – परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् ।मन्त्री राणाले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त भएयता मन्त्राल मार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । आफुले मन्त्रालय सम्हाले पश्चात कूटनीतिक ‘इङ्गेजमेन्ट’ बाट नेपालको परराष्ट्र नीति थप सुदृढ बन्न पुगेको उनको भनाई छ ।विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताहरुमा मन्त्री राणाले नेपालका राष्ट्रिय एजेण्डाहरु राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमा वकालत गरिरहेकी छन् ।&nb

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 192 पटक पढिएको
  • अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं— अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।लुइजियाना राज्यको हाइवे ८० मा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।स्थानीय समयअनुसार शनिबार जुलाई १३ तारिख राति करिब ९ बजे भारी वर्षाको क्रममा यादवले चलाएको होंडा एकॉर्ड कार अनियन्त्रित भइ सडक छेउमा रहेको रूखमा ठोक्किएपछि आगो लागेर जलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।यादव र ओलीले सीट बेल्ट लगाएका थिए वा थिएनन् भन्ने विषयमा स्पष्ट भइनसकेको बताइएको छ ।घाइते दुई जना नजिकैको अस्पतालमा उपचाररत छन्

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 589 पटक पढिएको
  • दस्तावेज पुष्टि गर्न नसक्दा बीमा प्राधिकरण अध्यक्ष ओझा निलम्बित

    काठमाडौं— नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओझाको कार्यक्षमता र पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदै छानबिन समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन् ।बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार, अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।अध्यक्ष ओझामाथि फर्जी कागजात पेस गरी पद प्राप्त गरेको भन्ने आरोपमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।सरकारले छानबिन समिति गठन गर्दै ओझालाई पदमुक्त गर्ने

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 411 पटक पढिएको
  • पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

    काभ्रेपलाञ्चोक— बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मं

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 479 पटक पढिएको
  • नेपाल टेलिभिजनमा रोजगारीको अवसर, पदपूर्तिका लागि दरखास्त आह्वान

    काठमाडौं— सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। टेलिभिजनले आज प्रकाशित गरेको सूचनाअनुसार, इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 522 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 361 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 397 पटक पढिएको
  • बैंकिङ कसुरको जाहेरी काठमाडौंमा, अभियुक्त पक्राउ परे बारामा

    काठमाडौं— बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले बारामा पक्राउ गरेको छ । निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।जिल्ला अदालत काठमाडौंबाट १८ असारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–१ सिंगौलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 378 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.