समाचार

    Showing 11,211-11,220 of 26,682 items.
  • शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस

    काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् । साथै उनले यस घटनाले आफू र आफ्नो परिवारलाई निरास वा विचलित तुल्याउन नसकेको स्पष्ट पारेका छन् ।गोल्छाले भने, “आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने कामना गर्दछु । हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 378 पटक पढिएको
  • ग्यास अभाव हल्ला, यस्तो भन्छ निगम ?

    काठमाडौं । जेनजी प्रदर्शनका कारण भन्सार नाकामा भएको तोडफोड र हिंसाले खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुन थालेको छ। उपभोक्ताहरूले ग्यास अभावको गुनासो गरिरहँदा सरकार र आपूर्ति निकायहरूबीच फरक धारणा देखिएको छ।गत सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि भारतबाट ग्यास आयात लगभग ठप्प भएको एलपी ग्यास उद्योग संघ ले जनाएको छ। अध्यक्ष शिव घिमिरे का अनुसार, भारतीय चालकहरू नेपाल प्रवेश गर्न हिच्किचाएका छन् भने भन्सारको क्षतिले ग्यास आयात प्रक्रियामा गम्भीर अवरोध पुगेको छ। उनले सेनाले एलपी ग्यासलाई अति आवश्यक वस्तु घोषणा गरे पनि यसको आवागमन सहज गर्न स्पष्ट निर्देश नआएको गुनासो गरे।तर,

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 307 पटक पढिएको
  • भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

    काठमाडौं –  भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्टा समाचारहरुमा विश्वास नगर्न आम सर्वसाधारणहरुमा आग्रह गरेको हो । ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 455 पटक पढिएको
  • पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव

    काठमाडौं –  नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने निश्चित भएमा बधाई दिदैँ तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न सुझाव दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत अन्तरिम प्रधानमन्त्री भएपछि मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति, राहत र पुनस्र्थापना कोषलगायत अन्य तुरुन्तै गर्न सकिने सुझाव दिएका हुन् । उनले हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व र न्याय दुवै खोजिरहेको बेला जनताले कार्कीलाई अगाडि ल्याएको भन्दै पुनर्निर्माण र न्यायका लागि काम गर्न अपिल समेत गरेका छन् ।  बस्नेतले सुझाव दिएका तुरुन्त गर्नुपर्ने कामहर

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 399 पटक पढिएको
  • यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील

    काठमाडौं –  नेपाल ट्रक यातायात व्यवसायी महासंघले शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात सञ्चालनमा ल्याउन अपील गरेको छ । जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति महासंघले श्रद्धाञ्जली अर्पण गर्दै मुलुकभर यातायात ठप्प हुँदा दैनिक जनजिवन प्रभावित बनेको बताएको छ । महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्ति समेत गम्भीर रूपमा प्रभावित भएको छ।’यातायात ठप्प हुँदा व्यवसायी, च

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 541 पटक पढिएको
  • काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी

    काठमाडौं –  नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा र कफ्र्यू आदेशलाई निरन्तरता दिने भएको छ । एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । यस्तै बेलुकी ७ बजे देखि भाद्र २८ गते विहान ६ बजे सम्म कफ्र्यू आदेश जारी गरेको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अत्यावश्यक कार्यको लागि विहान ६ बजे देखि विहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजे सम्म आवतजावत गर्न सकिनेछ । निषेधाज्ञा तथा कफ्र्यूको दौरान समेत अत्यावश्यक सेवाका

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 395 पटक पढिएको
  • भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

    काठमाडौं – चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरी भागेका ७४० कैदीमध्ये ५४ जना आफैं फर्किएको जिल्ला कारागार चितवनले जानकारी दिएको छ । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदीबन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुंगानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू फर्किन थालेका हुन् ।५५० जनाको क्षमता भएको भरतपुर कारागारमा ७४० कैदीबन्दी रहेका थिए, जसमा ४६ जना महिला थिए। आगजनीपछि सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्दा कैदीहरू गेट तोड्दै बाहिर निस्केका थिए ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 519 पटक पढिएको
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा आज ९ बजे छलफल

    काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न सकेन।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुन: छलफल सुरु हुन लागेको हो ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोतले बताय

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 385 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 354 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७० पैसा र ब

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 513 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.