समाचार

    Showing 11,241-11,250 of 26,682 items.
  • श्रीनगर एग्रीटेकको आईपीओमा उद्योग प्रभावित स्थानीयको उच्च आकर्षण

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन भई बाँडफाँट समेत सम्पन्न भइसकेको छ भने अब स्थानीयतर्फको बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा जारी गरिएको यस आईपीओ अन्तर्गत कम्पनीले १ अर्ब ६३ करोड

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 566 पटक पढिएको
  • विध्वंश मच्चाउने सबै जेन–जी नै हुन् ? : डा.रुद्रनाथ अधिकारी

    काठमाडौँ । देश जलिरहेको हेर्दा,जताततै बाट आकाशमा फैलिएको धुवाँको कालो मुस्लो देख्दा र ती अबोध बच्चाहरुको मृत्युु र हत्याको विभत्स तस्बिर र दृश्यहरु देख्दा मेरो हृदय त्यो देश जलेको ताप भन्दा र त्यो दृश्यले देखाएको क्रूरताको पराकाष्ठा सम्झिदा एकहजार गुना बढी मेरो मुटु जलिरहेको थियो । सन्तापको अग्निको ज्वाला दन्किरहेको थियो। म अवाक, जिउँदो लाससरि भएर यो देशको नागरिक हुनुमा, जन्मिनुमा अनि हजारौं पटक मरेर केवल जिउनुपरेकोमा आफुलाई असाध्य निरीह, लाचार एवं सँधै आफ्नै माटो, बाटो र आगनमा असुरक्षित महसुस गर्दै, धिक्कार्दै केवल काल कुर्न विवश हुनुपरेको र यो भन्दा अरु कुनै विकल्प पनि नभएको महसुस गरिरहेको थ

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 553 पटक पढिएको
  • राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान

    काठमाडौं –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । भ्रष्टाचारविरुद्ध जेनजी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन गर्न र पार्टी नेतृत्वले राजीनामा दिई ६ महिना भित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा युवाहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै पौडेलले एक विज्ञप्त

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 520 पटक पढिएको
  • आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने

    काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ । विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ । आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेध

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 599 पटक पढिएको
  • त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो । मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।  सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।    

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 617 पटक पढिएको
  • आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुदैँ

    काठमाडौं – आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो । हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन । विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् भने  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेको बताएका छन् । यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बुधबार साँझ काठमाडौं आएका छन् । हिजो साँझ प्रध

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 586 पटक पढिएको
  • रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु, ११ जना घाइते

    रामेछाप – रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो । कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल  रामेछाप लगिएको छ । हाल कारागारमा ३३४ जना कैदीबन्दिहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 612 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।   बिहान   मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्ब

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 326 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ ।पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 442 पटक पढिएको
  • साझ ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

    काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ । पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।  नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन  समेत अपील गरिएको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 431 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.