समाचार

    Showing 11,251-11,260 of 26,683 items.
  • साझ ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

    काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ । पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।  नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन  समेत अपील गरिएको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 431 पटक पढिएको
  • अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन् । आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा अन्यौलता छाएको छ । जेनजीहरुले संसद विघटनदेखि अन्तरिम नागरिक सरकारको परिकल्पना गरेका छन् । यस्तो परिस्थितिमा सरकार निर्माणबारे विभिन्नखाले बहसहरु भइरहेका छन् । संविधानविद् डा.विपिन अधिकारी सरकार बनाउने फरक फरक

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 343 पटक पढिएको
  • जुम्लामा कफ्र्यू आदेश जारी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ ।बुधबार विज्ञप्ति निकाल्दै कार्यलयले जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति कारण थप जनधनको क्षति हुन नदिन आम कफ्र्यू जारी गरेको हो ।कार्यलयले २०८२–५–२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२–५–२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने समेत बताएको छ । संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै :‘जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रमम

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 374 पटक पढिएको
  • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

    काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो । उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् । ‘भारतका सेना आउनबाट रोक्नुछ, कुनैपनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले वार्ताको तयारी छिटो गर्नुछ’, जेनजीका नेताहरु जुम मेटिङमा भनिरहेका छन् । उनीहरूले आफूहरू परिपक्व नभएको भन्दै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्ने धारण

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 424 पटक पढिएको
  • लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार नगद बरामद

    काठमाडौं—  नेपाली सेनाले सुरक्षा बढाउन थालेपछि २७ जना पक्राउ परेका छन् । राति १० बजेदेखि बिहान १० बजेसम्मको १२ घण्टाको समयमा २७ जना पक्राउ परेको नेपाली सेनाले जनाएको छ । सेनाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।’त्यस्तै आगजनी भएका क्षेत्रमा वारुणयन्त्रक

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 637 पटक पढिएको
  • जेन्जी पुस्ताले पढ्दै पर्ने पुस्तक ‘माँ बा’

    सकारात्मक सोचका धनी, नेपालको पर्यटन, सम्पदा र संस्कृतिका धरोहर तथा नेपाली साहित्यका सशक्त हस्ताक्षर कर्ण शाक्यको हालै बजारमा आएको नयाँ कृति‘माँ र बा’ले नेपाली समाजको सजीव चित्रण गरेको छ । आत्मकथात्मक शैलीमा लेखिएको जीवन–अनुभवको सङ्ग्रह यस पुस्तकमा पछिल्लो समय आफूलाई जन्म दिने सन्तानहरुले बाबु आमाप्रति गरेको व्यवहार, रहर र बाध्यताका बीच विदेश जानु परेका छोराछोरीका पीडा र बाबु आमाबीचको वियोगको अवस्थालाई बढ्दो मार्मिक ढङ्गबाट लेखकले विश्लेषण गरेका छन् । उनका यसअघिका सोच, खोजजस्ता १४ वटा पुस्तक जत्तिकै यस पुस्तकले पनि वाङ्मयमा आफूलाई स्थापित गर्नुको साथै सम्पूर्ण पाठकहरुलाई आआफ्ना घरका व्यथालाई स्

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 598 पटक पढिएको
  • बाल सुधार गृहमा झडप हुदा पाँचजनाको मृत्यु, सात जना घाइते

    नेपालगञ्ज— नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो। कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेका हुन्। बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सृजना भएको हो। झडपमा घाइते भएकाहरुलाई  नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो। ती घाइतेमध्ये पाँचजनाको उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 614 पटक पढिएको
  • संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक होः प्रहरी

    काठमाडौं— नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर  ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 580 पटक पढिएको
  • तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

    काठमाडौं— दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ । हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो । बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो । डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ । यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 513 पटक पढिएको
  • रामेछापमा कफ्र्यू हट्यो

    रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन, घेराउ वा विरोध कार्यक्रम नगर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।यसअघि मिति २०८२ भदौ

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 267 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.