समाचार

    Showing 11,271-11,280 of 26,683 items.
  • आज २०८२ साल भदौँ २५ गते बुधबारको राशिफल

    मेषव्यापार, कृषि तथा उद्योग क्षेत्रबाट लाभ प्राप्त हुने संकेत छन्। आर्थिक अवसरहरू अनुकूल रहनेछन्। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनुका साथै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल हुनेछ।वृषव्यवसायिक गतिविधि लाभदायक बन्नेछन्। स्वास्थ्य सुदृढ रहनुका साथै पारिवारिक सम्बन्धमा सन्तुलन कायम हुनेछ। अध्ययनमा पनि सार्थक प्रगति हुने सम्भावना छ।मिथुनस्वास्थ्य सामान्य रहनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिताले मानसिक सकारात्मकता बढाउनेछ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनुका साथै शैक्षिक उपलब्धि सन्तोषजनक रहनेछ।कर्कटनयाँ लगानी वा महत्त्वपूर्ण निर्णयका लागि समय अनुकूल छैन। व्यापारमा घाटाको सम्भावना द

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 415 पटक पढिएको
  • सोमबार राती १० बजेबाट नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ हुने

    काठमाण्डौ ।  पछिल्ला घटनाक्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडका गतिविधि बढ्दै गएपछि नेपाली सेनाले यस्ता कार्य नगर्न आग्रह गरेको छ।नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा यस्तो गतिविधि रोक्न आज राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकाय सक्रिय रूपमा तैनाथ हुने उल्लेख गरिएको छ। शान्ति–सुरक्षा कायम गर्न विशेष जिम्मेवारीसहित परिचालन गरिने सेनाले स्पष्ट पारेको छ।विज्ञप्तिमा सुरक्षालाई सहयोग गर्न नागरिकलाई अपील गरिएको छ। साथै, परिस्थितिको पुनर्मूल्याङ्कन गर्दै आवश्यक परे थप सूचना सार्वजनिक गरिने समेत सेनाले जनाएको छ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 402 पटक पढिएको
  • जेनजी आन्दोलनकारीले राज्यका तीन वटै अङ्ग नियन्त्रणमा लिए

    काठमाडौं— सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् ।व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 671 पटक पढिएको
  • जेनजीहरुको आन्दोलनमा ट्रमाका डाक्टहरुको समर्थन

    काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरहरुले जेनजीहरुको आन्दोलनमा ऐक्यबद्धता एवम समर्थन जनाएका छन् ।मंगलबार भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेको जेनजीहरुलाई साथ दिनको लागि डाक्टरहरुले पनि ऐक्यबद्धता जनाएका हुन् ।सोही क्रममा डाक्टरहरुले नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साएको भन्दै यस्तो प्रशासन र प्रहरी नचाहिने दाबी गरेका छन् । उनीहरुले भने, ‘नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साउनु भयो र टाउमा ताकि ताकि हान्नुभयो । तपाईहरु जस्तो प्रशासन र प्रहरी हामीलाई चाहिदैँन् ।’जेनजी आन्दोलनमा सरकारले निर्दोष जनतामाथि दमन गरेको भन्दै उनीहरु पनि आन्दोलन

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 800 पटक पढिएको
  • प्रधानमन्त्री ओली बालुवाटार छाडेर अज्ञात स्थलतर्फ लागे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिए लगत्तै बालुवाटार छाडेर अज्ञातस्थलतर्फ लागेका छन्।सुरक्षा स्रोतका अनुसार आन्दोलनकारीहरू प्रवेश गर्ने संकेत पाएपछि उनी राजीनामा लगत्तै  बालुवाटार छाडेर अज्ञात क्षेत्रतर्फ लागेका हुन्। उनको बालकोटस्थित घर समेत आगलागी भएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 621 पटक पढिएको
  • सरकारी वकिलको कार्यालयमा पनि आगजनी

    काठमाडौं— जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन्। माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि राज्य प्रशासनले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।सोमबारको प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 682 पटक पढिएको
  • प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु

    काठमाडौं—  काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 483 पटक पढिएको
  • ​रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

     काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन्। ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए।सहकारी ठगीसम्बन्धी अभियोगमा उनी सो कारागारमा थुनामा थिए।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 565 पटक पढिएको
  • gen-z बाट कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिए

    काठमाण्डौ  ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 315 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदको सामूहिक राजीनामा

    काठमाडौं— ​जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको ‘बर्बर दमन’को विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका छन्। रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको उपेक्षा, क्रूर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको छ।' सरकारले जेनजी आन्दोलनमाथि गरेको हस्तक्षेपले संविधान र लोकतान्त्रिक मूल्यको अपमान भएको उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 551 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.