समाचार

    Showing 11,281-11,290 of 24,742 items.
  • रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ

    रामेछाप ।  रामेछाप जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार रामेछाप नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको हो ।कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले सेवा प्रदा

    • प्रकाशित मितिः असार २७, २०८२
    • 349 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा

    • प्रकाशित मितिः असार २७, २०८२
    • 252 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।वाग्मती, गण्डकी र सुदूरप

    • प्रकाशित मितिः असार २७, २०८२
    • 344 पटक पढिएको
  • रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता

    रौतहट – रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो । झाँझ खोलामा पुल नजिक शव तैरिदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । तत्काल घटना स्थलमा पुगेको प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको हो ।गौर पिपरा सडक खण्ड अन्तर्गत पर्ने झाँझा खोलाको पुल नजिक पानीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको र पहिचान खुल्न नसकेको रौतहट प्रहरी निरीक्षक रुद्रराज कडेलले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बता

    • प्रकाशित मितिः असार २६, २०८२
    • 213 पटक पढिएको
  • मनसुनजन्य जोखिमका कारण बेसीशहर–मनाङ सडकमा राति सवारी सञ्चालनमा रोक

    काठमाडौं — मनसुनका कारण पहिरोको जोखिम बढेको भन्दै लमजुङको बेसीशहरदेखि मनाङ सिमानासम्मको सडकखण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।डुम्रे–बेसीशहर–चामे सडकखण्ड अन्तर्गतको उक्त क्षेत्रमा असार २५ गतेदेखि साउन मसान्तसम्म हरेक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। जिल्ला सुरक्षा समितिको असार २४ गते बसेको बैठकले मनसुनजन्य सम्भावित विपद्‌बाट जनधनको क्षति कम गर्न यस्तो कदम उठाएको जनाएको छ।प्रशासनका अनुसार सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाल

    • प्रकाशित मितिः असार २६, २०८२
    • 443 पटक पढिएको
  • चन्द्रपुर नगरका ४४ वटा गाईभैसीमा लम्पी स्किन रोगको सङ्क्रमण

    रौतहट –  पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन । केहि दिन अघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन् । लम्पी स्किन रोगको उपचार गर्दा गर्दै  गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले बताए । उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा,  वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढन सक्ने उनले बताए । लम्पी स्किन रोगबाट

    • प्रकाशित मितिः असार २६, २०८२
    • 362 पटक पढिएको
  • मधेश प्रदेशमा औंलोका आयातित बिरामीले गर्दा निवारणमा चुनौती

    जनकपुर–  मधेश प्रदेशमा औंलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औंलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा बसेको अद्र्धवार्षिक बैठकमा प्रस्तुत गरिएको तथ्यांकहरुले आयातित बिरामीले मधेशमा औंलो निवारणमा चुनौती थपिएको देखाएको हो ।बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले खुला सीमानाले औंलो रोग निवारणमा चुनौती थपिएको बताए । मन्त्री सिंहले खुला सीमानाले आंैलो निवारणका लागि लिएको लक्ष्य पूरा हुन नसकेको तर्क गरे ।सन् २०१६ देखि २०२५ भित्र नेपालबाट औंलो निवारण गर्ने राष्ट्रिय लक्ष्य थियो । तर, अझै औंलोका बिरामी फेला पर्ने गरेकालाई सन् २०३० सम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 370 पटक पढिएको
  • सिन्धुलीमा लागुपदार्थ सेवन गरेर गाडी चलाउने ६ चालक पक्राउ

    सिन्धुली — लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ।सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कमा बिहीबार गरिएको ट्राफिक चेकजाँच तथा स्वास्थ्य परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा मधेश प्रदेश ०४–००१ क ००३२ नम्बरको ट्रक चलाइरहेका कमलामाई–४ का २८ वर्षीय सन्तोष अछामी, बा ३ ख ४९८० नम्बरको बसका चालक जनकपुर–२३ का ४७ वर्षीय विजय कुमार ठाकुर, तथा बा ४ ख ३८८९ नम्बरको टिपर चलाइरहेका कटारी–४ का २७ वर्षीय बिमल तामाङ छन्।त्यसैगरी, दुधौली–९ निवासी ५४ वर्षीय शंकर तामाङ (बा २ ख ५९६१ नम्बरको बस चालक), दुधौली–१४ का २३ वर्षीय पदम बहादुर

    • प्रकाशित मितिः असार २६, २०८२
    • 345 पटक पढिएको
  • कलाक्षेत्रको साइबर विकृति रोक्न ‘फोकल पर्सन’ तोकिँदै, गृहमन्त्रीले दिए यस्तो निर्देशन

    काठमाडौं — गीतसंगीत र कला क्षेत्रमा बढ्दै गएका साइबर अपराध र सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।गृहमन्त्री रमेश लेखकले बिहीबार गृह मन्त्रालयमा भेटका लागि पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधि टोलीलाई यो जानकारी दिएका हुन्। उनले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख डीआईजी नवीन्द अर्याललाई ब्युरोमा फोकल पर्सन तोकेर तत्काल काम अघि बढाउन निर्देशन दिए।गृहमन्त्री लेखकले डिजिटल प्लेटफर्ममा समाजमा विद्वेष, घृणा, अपमान र भाषिक विभाजन फैलाउने सामग्री रोक्न निष्कर्षसहित कडाइका साथ अघि बढ्ने बताएका छन्।“समाजमा घृणा र अपहेलन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 293 पटक पढिएको
  • पूर्वराष्ट्रपति युन सुक योलमाथि पुनः कारबाही, अदालतले दियो गिरफ्तारी आदेश

    सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 434 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.