समाचार

    Showing 11,791-11,800 of 24,757 items.
  • एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालविरुद्ध जापान ८० रनमै अल आउट

    काठमाडौं - एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालविरुद्धको खेलमा जापान ८० रनमै अल आउट भएको छ ।जापानले नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको हो । जापानका लागि कप्तान चाल्र्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रनमा आउट भए ।जापानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि शुभमन खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज नेपाल र जापान

    • प्रकाशित मितिः असार १०, २०८२
    • 298 पटक पढिएको
  • इजरायली प्रधानमन्त्री युद्धविराम गर्न तयार, ‘अवैध आक्रमण’ रोक्न दबाब

    एजेन्सी -  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको घोषणा गर्न तयार रहेको बताएका छन् । मंगलबार एक विज्ञप्तिमा इजरायलले इरानसँग युद्धविराम सम्झौताका सम्बन्धमा धारणा राख्दै नेतान्याहूलाई भने, ‘गहन कूटनीतिक र सुरक्षा प्रयासहरू पछि, हामी इरानसँग व्यापक युद्धविरामको घोषणा गर्दैछौं ।’ साउदी मिडिया आउटलेट अल अरेबियाको रिपोर्टहरूका अनुसार, इरानी राज्य टिभीले मंगलबार इरानले इजरायल विरुद्ध गोलीबारी बन्द गरेको बताएको छ ।यद्यपि, मंगलबार ०४ः०० जिएमटिसम्म दुवै पक्षबाट कुनै आधिकारिक घोषणा जारी भने भएको थिएन् । सोमबार साँझ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आश्चर्यजनक

    • प्रकाशित मितिः असार १०, २०८२
    • 379 पटक पढिएको
  • मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ठाउँबाट तीन जना पक्राउ

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् । ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट ९टोल नाका० मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 307 पटक पढिएको
  • इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

    काठमाडौं  - गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए आइसिसी० ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ ।  एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर लामाद्वारा सोमबार जारी विज्ञप्तिमा इजरायल र इरानबिच द्वन्द्व चर्कँदै जाँदा  इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ ९स्थानीय समय अनुसार सोमबार राती० मिसाइल प्रहार गरेको खबर आएको उल्लेख गरेका छन् ।‘कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ ।  सम्बन्धित देशका सरकारहरू,

    • प्रकाशित मितिः असार १०, २०८२
    • 360 पटक पढिएको
  • खाँडादेवी गाउँपालिकाले ल्यायो झण्डैँ ६६ करोडको बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता

    रामेछाप -  खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बजेटले उत्पादनमुखी अर्थतन्त्र, पूर्वाधार विकास, शिक्षा सुधार र विपद् न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ। सोमबार सम्पन्न १७ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हुन् । अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष

    • प्रकाशित मितिः असार १०, २०८२
    • 386 पटक पढिएको
  • सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

    काठमाडौं  - सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन् ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलगायत सहभागी छन् ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 268 पटक पढिएको
  • कतारले भन्यो : आक्रमणलाई विफल पार्यौं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं

    एजेन्सी - इरानले अल उदेइद हवाई अड्डामा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी सैन्य कारबाही सुरु गरेपछि सोमबार कतारको हवाई रक्षा प्रणालीले राजधानी दोहामाथि धेरै क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ । प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजिद बिन मोहम्मद अल–अन्सारीले एक विज्ञप्तिमा कतारको प्रतिरक्षाले आक्रमणलाई सफलतापूर्वक विफल पारेको र इरानी क्षेप्यास्त्रहरूलाई खसालेको बताए ।अल–अन्सारीले हमलालाई कतार राज्यको सार्वभौमसत्ता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घनको रूपमा निन्दा गरे ।उनले चेतावनी दिए कि कतारले प्रतिक्रिया दिने

    • प्रकाशित मितिः असार १०, २०८२
    • 423 पटक पढिएको
  • इजरायल र इरान युद्धविरामका लागि पूर्ण सहमत छन् : डोनाल्ड ट्रम्प

    एजेन्सी -  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामका लागि पूर्ण सहमत भएको बताएका छन् ।उनले इजरायल र इरान शान्तिको माग गर्दै एकैसाथ आफूकहाँ आएको दाबी समेत गरेका छन् । दुवै देशले युद्ध अन्त्यका लागि आफूसँग अनुरोध गरेको दाबी उनले गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत दुवै देश इजरायल र इरानलाई ‘१२ दिने युद्ध’ समाप्त गर्न भन्दै बधाई दिएका छन् । उनले भने, ‘सबैलाई बधाई १ इजरायल र इरानबीच पूर्ण सहमति भएको छ । १२ घण्टाको लागि पूर्ण युद्धविराम हुनेछ । अबदेखि लगभग ६ घण्टामा इजरायल र इरानले आफ्नो अन्तिम अभियानहरू पूरा गर्ने उल्लेख गरेका छन् । जसलाई युद्ध समाप्त

    • प्रकाशित मितिः असार १०, २०८२
    • 335 पटक पढिएको
  • तिलोत्तमा नगरको २.९२ अर्बको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा जोड

    बुटवल—  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि दुई अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँको बजेट ल्याएको छ ।नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेकी हुन् ।बजेटमा चालुतर्फ एक अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४.१७ प्रतिशत र पूँजीगततर्फ एक अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५८२ रुपैयाँ अर्थात् ५५.८३ प्रतिशत हुने अनुमान गरिएको छ ।बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा

    • प्रकाशित मितिः असार १०, २०८२
    • 422 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक

    • प्रकाशित मितिः असार १०, २०८२
    • 430 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.