समाचार

    Showing 11,991-12,000 of 26,686 items.
  • गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२/८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताएका हुन् ।‘लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला ।’ उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 562 पटक पढिएको
  • खुट्टा तान्ने होइन, हातेमालो गर्ने संस्कार विकास गर्नुपर्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महिलाको सशक्तिकरण र नेतृत्व विकासमा निरन्तर लगानी आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित ‘नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जीवनमा सिकाइ र परीक्षण निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे ।‘सिक्ने र परीक्षण लिने भन्ने चिज जीवनमा कहिले पनि सकिँदैन । जबसम्म सिक्ने भोक आफूमा जीवित रहन्छ, तबसम्म परिवर्तन एवम विकासको सम्भावना पनि जिवित रहन्छ,’ उनले भने ।अध्यक्ष लिङ्देनले जनसंख्याको ५१ प्रतिशतभन्दा बढी हिस्सा महिलाले ओगटेको भन्दै महिलाको सक्रिय सहभागिता विना क

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 585 पटक पढिएको
  • औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरणबारे छलफल

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ ।आयोगमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यान्वयन समिति रहेको छ । आयोगका अध्यक्ष प

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 598 पटक पढिएको
  • सुत्केरी अवस्थाका महिलालाई लक्षित घर-घर औषधि अभियान

    बर्दिया— बर्दियाको बारबर्दिया नगरपालिकाले घर घरमा सुत्केरी चेकजाँचको सुविधा दिएको छ । गत आर्थिक बर्ष २०८१/८२ मा सुत्केरी भएका ८७३ जना सुत्केरी आमालाई चेकजाँच र औषधी उपचार सेवा लिएका छन् ।सुत्केरी भइसकेपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट कम्तीमा दुई पटक सुत्केरी आमा र बच्चाको चेकजाँच गरिन्छ । सुत्केरी भएर घर गई सकेपछि सुत्केरी भएको तीन दिनमा र सात देखि १४ दिनमा चेकजाँच गरिन्छ । आमा र बच्चाको स्वास्थ्यमा समस्या देखिएमा सामान्य उपचार घरमै गरिन्छ भने थप उपचारका लागि नगर अस्पतालमा पठाउने गरिएको छ ।सुत्केरी हुँदा घरमा नै सेवा पाउँदा सहज भएको बारबर्दिया नगरपालिका

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 763 पटक पढिएको
  • जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाडौं— जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ ।यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफरमार्फत सहजै रकम पठाउन सकिनेछ ।यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि  ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ । जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने,‘जेआरएफ रेमिटसँग मिलेर हामीले

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 732 पटक पढिएको
  • राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिवको भेट, आपसी सहकार्यमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेल

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 701 पटक पढिएको
  • गुण्डा नाइके राजु गोर्खाली चन्द्रागिरिबाट पक्राउ

    काठमाडौं— गुण्डा नाइके भनेर चिनिएका राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली पक्राउ परेका छन् ।१० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको घटनामा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो ।विभिन्न घटनामा पक्राउ पर्दै छुट्दै आएका गोर्खाली विगतमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।उनी २०७९ मा प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका थिए ।पछिल्लो समय गोर्खालीले ठेक्कापट्टा गर्दै आएका छन् । 

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 720 पटक पढिएको
  • भारत भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई आधिकारिक निम्तो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने तय भएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 759 पटक पढिएको
  • युद्धग्रस्त गाजामा भोकका कारण एकैदिन ११ जनाको मृत्यु

    एजेन्सी— युद्धको चपेटामा परिरहेको गाजा क्षेत्रमा भोकमरी चरम अवस्थामा पुगेको छ। कुपोषण र भोकका कारण पछिल्लो २४ घण्टामा एक बालकसहित थप ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ, जसमा १०८ जना बालबालिका रहेका छन्।संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) का अनुसार गाजामा हाल करिब १० लाख महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुव्र्यवहारको जोखिममा छन्। खाना र पानी खोज्न उनीहरू अत्यन्त जोखिमपूर्ण परिस्थितिमा घर बाहिर जान बाध्य छन्, । उनीहरूको ज्यान समेत संकटमा परेको यूएनआरडब्लुएले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 549 पटक पढिएको
  • सामूहिक बलात्कार आरोपमा धनुषाका वकिल राय पक्राउ

    जनकपुरधाम— सामूहिक बलात्कारको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रायलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको हो।धनुषा प्रहरीका अनुसार अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता जाहेरी दिएकी थिइन्।प्रहरीले जनाएको अनुसार घटना २०७८ माघ १२ गते घटेको हो। प्रारम्भिक अनुसन्धानपछि रायलाई नियन्त्रणमा लिइएको हो।शनिबार उनलाई धनुषा जिल्ला अदालतमा पेस गरी आवश्यक अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अगाडि बढाइन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 754 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.