समाचार

    Showing 12,081-12,090 of 26,689 items.
  • कश्मीरमा विपद्: बाढी र पहिरोमा परी १२ को मृत्यु पुष्टि

    भारत— भारतको कश्मीरमा रहेको चोशोती गाउँमा बिहीवार आएको आरीघोप्टे वर्षामा परी हताहत भएकामध्ये १२ जनाको शव बरामद गरिएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार, किश्तवर जिल्लामा मचैल माताको मन्दिरसम्मको यात्रा गरिरहेका भक्तजन आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) मा परेका थिए ।हताहत हुने मानिसको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।मचैल माताको मन्दिरसम्म पुग्नका लागि चोशोती गाडी पुग्ने अन्तिम गाउँ हो ।आजको घटनापछि वार्षिक तीर्थयात्रा बन्द गरिएको छ । अधिकारीहरूले राहत तथा उद्धारका लागि सबै स्रोतहरू परिचालन गरिरहेका छन् ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 707 पटक पढिएको
  • नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् ।विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ । हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो । वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 578 पटक पढिएको
  • नारायणघाट–मुग्लिन सडकखण्डमा ट्रकमा ढुंगा खस्दा तीन घाइते

    काठमाडौं – नारायणघाट-मुग्लिन सडकको तुइन खोला पुल नजिकै ट्रकमा ढुंगा खसेको छ। प्लाइउड बोकेको भारतीय नम्बर प्लेटको ट्रकमा पहरोबाट खसेको ढुंगाले लागेर तीन जना घाइते भएका छन्।ट्रक चालक भारतको बैंगलुरूका ४५ वर्षीय मेगु प्रसाद, २१ वर्षीय नहमान धुनियाँ र १८ वर्षीय सयद अफिद घाइते भएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेको छ। सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।सडकमा खसेको ढुंगा पन्छाएर यातायात सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख गायत्री शर्माले जानकारी दिए। सडक डिभिजन कार्यालय भरतपुरले वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 605 पटक पढिएको
  • मधेसी नेता देवेन्द्र यादव कांग्रेसमा प्रवेश

    काठमाडौं — मधेसी नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यादवलाई पार्टीमा स्वागत गरेका हुन्।यादव २०६४ सालमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। सो पार्टीमा उनी महासचिवसमेत बनेका थिए। पछि पार्टी एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा पनि उनी महासचिवकै भूमिकामा थिए।तर २०७४ सालको निर्वाचनमा राजपाले यादवलाई उम्मेदवार नबनाएपछि उनले स्वतन्त्र रूपमा चुनाव लडे तर पराजित भए। त्यसपछिको समयमा उनी मधेस राजनीतिमा सक्रिय देखिएका थिएनन्।निष्क्रियताकै क्रममा एक समय उनले एमालेमा प्रवेश गरेका

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 562 पटक पढिएको
  • डा. महतको प्रस्ताव : योग्यता भए विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिन सकिने

    काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी नागरिक वा विदेशमा स्थायी बसोबास (पीआर) लिएका नेपाली नागरिकलाई पनि योग्य भएमा सरकारी जिम्मेवारी दिन सकिने प्रस्ताव गरेका छन्।संसद्को अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल गर्दै महतले सरकारले नीति निर्धारण गरेपछि कार्यान्वयनको जिम्मा योग्य व्यक्तिलाई दिनुपर्नेमा जोड दिए।उनले उदाहरण दिँदै भने, “अमेरिका, युरोपका ट्रिलियन डलरका कम्पनीहरू विदेशीहरूले चलाइरहेका छन्, इन्डियनहरूले नेतृत्व लिएका छन्। काम गर्नसक्ने क्षमतावान व्यक्ति हो भने विदेशी नागरिक वा पीआर होल्डरलाई पनि सीईओ बनाउनुमा कुनै आपत्ति हुनु हुँदैन।”उन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 750 पटक पढिएको
  • सांसद साउदद्वारा कारागार समस्या समाधानका लागि संसदीय समिति गठनको माग

    काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले देशभरका कारागारमा बढ्दो समस्या समाधानका लागि संसदीय अध्ययन समिति गठन गर्न माग गरेका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले कारागार सुधारका लागि पूर्वनिर्धारित नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या चुलिँदै गएको बताए।"गृह प्रशासन सुधार योजना–२०७८ अन्तर्गत तयार गरिएको कारागार सुधार अवधारणा पत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन र कारागारसम्बन्धी दीर्घकालीन समाधान खोज्न संसदीय अध्ययन समिति गठन गर्न आवश्यक छ," उनले भने।साउदले कैदीबन्दीहरू पनि समाजकै हिस्सा भएको भन्दै उनीहरूका न्यूनतम मानव अधिकारक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 547 पटक पढिएको
  • कञ्चनपुरमा एक महिलाको शव फेला

    कञ्चनपुर — जिल्लाको बेलौरी नगरपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान बेलौरी नगरपालिका–७ र ८ को सीमानामा पर्ने खप्टीनाला नजिक ४२ वर्षीया बिन्दु चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मृतक चौधरी बेलौरी नगरपालिका–८ की बासिन्दा हुन्। प्रहरीका अनुसार उनी केही समयदेखि अस्वस्थ थिइन् र आफैंसँग बोल्ने जस्ता लक्षण देखिन थालेपछि परिवारले एक साताअघि झारफुकका लागि उनलाई बुटाबारीमा बसोबास गरिरहेकी फुपुकोमा पठाएका थिए।चौधरी हिजो मात्रै फुपुको घरबाट फर्किएकी थिइन्। बेलौरी बजारमा ओर्लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। परिवारले खोजतलास गर्दा शुक्रबार बिहान उनको शव

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 577 पटक पढिएको
  • क्यासिनोबारे नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् ।विहीबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै, ‘हिमालकै कारण नेपाल चिनिन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो ’ भने । उनले पर

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 468 पटक पढिएको
  • चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले प्रधानमन्त्रीसमक्ष लिए शपथ

    काठमाडौं— देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका उपकुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपतिहरूले शपथ लिएका हुन्।शपथ लिनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राडा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भरत खत्री रहेका छन्।कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनियुक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 672 पटक पढिएको
  • नेपाल सद्भावना पार्टी पुनर्गठन, १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता

    काठमाडौं –नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए  ।पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 499 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.