समाचार

    Showing 1,241-1,250 of 18,284 items.
  • सोरु गाँउपालिकाले अस्थाइ एवम् करार कर्मचारीको म्याद थप नगर्ने

    मुगु— मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार मन्त्रिपरिषद्को मिति २०८२ भाद्र ५को निर्णय अनुसार अर्थ मन्त्रालयको चलानी नम्बर ११८ मिति २०८२ असोज ८को पत्रअनुसार स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी राख्न नपाउने भनी गरिएको नीतिगत निर्णय तथा परिपत्र अनुसार गाँउपालकामा संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त आर्थिक स्रोत तथा पालिकाको १६औं गाँउसभाबाट स्वीकृत संगठन संरचना २०८२ अनुसार दरबन्दी रहेका करार अस्थाई कर्मचारी  बाहेक अन्य करार अस्थाई कर्मचारी

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 382 पटक पढिएको
  • हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगको मान्यता आजसम्म यो देशमा नभएको काम गर्नेछुः हर्क साम्पाङ

    काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो ।मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए ।उनले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं ।’साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वा

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 394 पटक पढिएको
  • नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । यसअघि बिहीबार पनि नेप्से ३४.२२ अंकले बढेको थियो । यसअघि बिहीवार २६००.३८ बिन्दुमा रोकिएको नेप्से आज २६३१.१४ बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।आज कुल ३१९ स्टकको ६८ हजार १२२ पट्कको कारोबार मार्फत ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर कारोबार भएको छ ।अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 418 पटक पढिएको
  • धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

    धनुषा— धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् । निजी स्वास्थ्यसंस्था तथा अस्पतालहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरुको आरोप छ । नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक दिनुको साटो ८ हजार देखी १२ हजार सम्म मात्र तलब दिने गरेको उनीहले गुनासो गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 393 पटक पढिएको
  • बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बत्ति राखिने, अनुगमन समिति बनाइने

    काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फ

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 421 पटक पढिएको
  • काठमाडौंको कालमोचन घाटमा महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले कालमोचन घाट क्षेत्रमा डोजर प्रयोग गरी सफाइ तथा संरचना व्यवस्थापन कार्य सुरु गरेको छ। शनिबार बिहान महानगरका कर्मचारी र उपकरणसहितको टोलीले उक्त क्षेत्रको फोहोर, अनधिकृत संरचना र अव्यवस्थित भाग हटाउने कार्य अघि बढाएको हो।महानगरका अनुसार, पछिल्ला वर्षहरूमा कालमोचन घाट परिसरमा फोहोरको मात्रा बढ्दै गइरहेको, संरचनाहरू अव्यवस्थित रूपमा फैलिँदै गएको र पवित्र धार्मिक स्थलको सौन्दर्य बिग्रँदै गएको भन्दै डोजर परिचालन गरिएको हो।महानगरका प्रवक्ता इश्वरमान डंगोलका अनुसार, “कालमोचन लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरूको सरसफाइ र व्यवस्थापन महानगरको प्राथमिक अभियान हो। स्थानीय

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 388 पटक पढिएको
  • कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन

    काठमाडौं—  नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।, मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 418 पटक पढिएको
  • वरीयता टुंग्याउँदै प्रचण्ड र माधव नेपाल

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदै छ । यी दुई पार्टीबीच एकता गर्ने पक्का भएपछि वरीयतालगायत विषयमा उनीहरूले छलफल गर्न लागेका माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।उनले  भने, “सम्भवतः पेरिसडाँडामा नै छलफल हुनेछ । दुवै नेताबीच वरीयतालगायत विषयमा छलफल हुने भनिएको छ ।”एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरिएको थियो । त्योसँगै दल दर्ता, संगठनात्मक विषय टुंगो लगाउन दुवै नेता कस्सिएका हुन् ।एकताको गृहकार्य नपुग

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 400 पटक पढिएको
  • बञ्चरेडाँडाका माग १५ दिनभित्र पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

    काठमाडौं— सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा क्षेत्रका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।शनिबार बञ्चरेडाँडामा स्थानीय सरोकारवालासँगको भेटवार्तामा मन्त्री घिसिङले फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै आवश्यक कार्य तत्काल अघि बढाइने जानकारी दिए।उनले लामो समयदेखि उपेक्षित रहेको स्थानीय माग र पीडालाई सम्बोधन गर्न मन्त्रालय र काठमाडौं उपत्यका फोहोर व्यवस्थापन परियोजना बीच समन्वय गरेर योजना कार्यान्वयन गरिने उल्लेख गरे।मन्त्री घिसिङले भने, “स्थानीयको जायज मागलाई सरकारले सुनेको छ। आगामी १५ दिनभि

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 406 पटक पढिएको
  • तीन दिनपछि बिपी राजमार्ग सञ्चालनमा

    रामेछाप— लगातारको वर्षाका कारण तीन दिनदेखि अवरुद्ध भएको बिपी राजमार्ग आइतबार पुनः सञ्चालनमा आएको छ। काभ्रेको मंगलटार प्रहरी चौकीका असई पुष्कर श्रेष्ठका अनुसार आइतबार बिहान ११ः३० बजेबाट सडकमा सवारी आवागमन सुचारु भएको हो।तीन दिनदेखि निरन्तर वर्षाका कारण काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड विभिन्न स्थानमा पहिरो र लेदोले पुरिएको थियो। हिजो साँझदेखि सफाइ सुरु भएसँगै सडक पूर्ण रूपमा खुल्न सफल भएको प्रहरीले जनाएको छ।काभ्रेको रोशी गाउँपालिका क्षेत्रको नाङ्गशाल रोडा ढुङ्गा उद्योग नजिकैको खानी क्षेत्रबाट खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध गरेको थियो। साथै, अन्य ठाउँहरूमा पनि माट

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 406 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा