काठमाडौं । सञ्चारगृह र नेताको घरअगाडि गरिएको विवादास्पद गाडी पार्किङलाई सरकारको योजनाबद्ध कदम नभएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्ट पारेका छन्।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सार्वजनिक व्यवस्था बिगार्ने गरी जथाभावी गाडी पार्किङ गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही हुने बताएका हुन्।मन्त्री पोखरेलका अनुसार प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ र संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि उन्मुक्ति नपाउने बताए। उनले सरकारले विधिको शासन र कानुनी कारबाहीमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश पनि दिएका छन्।
काठमाडौं / बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबारदेखि बचत फिर्ता कार्यक्रम सुरु गरेको हो । पहिलो चरणमा १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । कार्यक्रममा ४२ जना बचतकर्तालाई रकम फिर्ता गरिएको बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले जानकारी दिइन् ।उनले समस्याग्रस्त सहकारीमा जम्मा भएको रकमको आधारमा बचतकर्तालाई क
काठमाडौं / उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना सन्देश लिएर उपराष्ट्रपति यादव कतार गएका हुन् । कतारका वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधन भएपछि नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न उनी कतार प्रस्थान गरेका हुन् । उपराष्ट्रपति यादवले कतारमा रहँदा त्यहाँका उच्च अधिकारीहरूसँग भेट गरी नेपालका तर्फबाट समवेदना व्यक्त गर्ने कार्यक्रम छ । शेख हमाद बिन खलिफा अल थानीले सन् १९९५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारबाट विस्थापित गरिएका सुकुम्बासीलाई अब राजधानीमै जग्गा उपलब्ध नगराइने भएको छ। सरकारले उनीहरूको नागरिकता र स्थायी ठेगानाका आधारमा सम्बन्धित जिल्लामै जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।भूमि समस्या समाधान समितिका अनुसार होल्डिङ सेन्टरमा रहेका परिवारहरूको विवरण प्राप्त भइसकेको छ। अब मालपोत कार्यालयमार्फत उनीहरूको नाममा अन्यत्र जग्गा भए–नभएको रुजु गरी वास्तविक भूमिहीनको पहिचान गरिनेछ। त्यसपछि सम्बन्धित जिल्ला समितिलाई लालपुर्जा वितरणका लागि सिफारिस गरिने जनाइएको छ।हाल काठमाडौं, भक्तपुर र नागार्जुनका होल्डिङ सेन्टरमा सयौं परिवार बसिरहेका छन्। क
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह घटनापछि काठमाडौं महानगरका नगर प्रहरीमाथि प्रश्न उठिरहेका बेला पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उनीहरूको पक्षमा खुलेर बोलेका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गर्दै सरकार उनीहरूको साथमा रहेको बताएका हुन्।मन्त्री लम्सालले नगर प्रहरीकै सक्रियताले विगतमा धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेको र धेरैको ज्यान जोगिएको उल्लेख गरे। उनले नगर प्रहरीको मनोबल कमजोर हुँदा त्यसको असर नागरिकको सुरक्षामै पर्ने भन्दै आफ्नो जिम्मेवारीबाट पछि नहट्न आग्रह गरे। ‘परिवर्तनमा समय लाग्छ, आशावादी भएर काम गर्नुहोस्, सरकार तपाईंहरू
धनगढी । बाजुरा–हुम्ला सीमा विवादसँग जोडिएको लाम्पाटा घटनामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आठ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने तीन जना साधारण तारेखमा छुटेका छन्।गत जेठ ३ गते अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा स्थानीय जनप्रतिनिधि, कर्मचारी र प्रहरीमाथि आक्रमण तथा बन्धक बनाएको आरोपमा मुद्दा दर्ता भएको थियो। घटनामा एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ।उता, घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले गठन गरेको छानबिन समिति र सीमा विवाद अध्ययन गर्न बनेको सरकारी उच्चस्तरीय समितिले अध
काठमाडौं । बहुचर्चित रातो पासपोर्ट दुरुपयोग प्रकरणमा उच्च अदालत पाटनले संविधानसभाका तीन पूर्वसदस्यविरुद्ध जिल्ला अदालतले सुनाएको कैद र जरिबानाको फैसला सदर गरेको छ।उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीत कसुरमा दोषी ठहर गर्दै जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबाना हुने जिल्ला अदालतको फैसला यथावत् राखेको हो।प्रहरी अनुसन्धानअनुसार उनीहरूले संविधानसभा सदस्यका रूपमा प्राप्त विशिष्ट कूटनीतिक ९रातो० पासपोर्ट आर्थिक लाभका लागि बिचौलियालाई उपलब्ध गराएका थिए। त्यसपछि पासपोर्टमा रहेका वास्तव
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नियमित प्रशासनिक एजेन्डासँगै संसद्को जारी बजेट अधिवेशन अन्त्य गर्ने विषय पनि बैठकको मुख्य कार्यसूचीमा पर्ने सम्भावना रहेको छ।सरकार स्रोतका अनुसार बैठकमा मन्त्रालयगत नियमित निर्णय, समसामयिक प्रशासनिक विषय तथा आगामी सरकारी कार्ययोजनाबारे पनि छलफल हुनेछ। साथै, संसद्को बजेट अधिवेशन समापन गर्ने प्रस्तावमाथि समेत मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने बताइएको छ।पछिल्लो राजनीतिक गतिविधि र संसद्को विकसित परिस्थितिबीच बस्न लागेको यो मन्त्रिपरिषद् बैठकलाई सरकारका आगामी कदम तय गर्ने महत्वपूर्ण बैठकका
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अन्स्र्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ। भेटका क्रममा राजदूत अन्स्र्टले मन्त्री यादवको कार्यकालको पूर्ण सफलताको शुभकामना दिनुभयो। उहाँले वर्तमान सरकारको कार्यदिशा र गतिसँग अष्ट्रेलियन सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे । सो अवसरमा दुई देशबीच भइरहेको आयात–निर्यातको वर्तमान अवस्थाबारे समीक्षा
काठमाडौं। सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको ‘एकद्वार नीति’ सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतको यो आदेशसँगै सरकारी विज्ञापन एउटै प्रणालीमार्फत वितरण गर्ने सरकारको निर्णय बदर भएको छ।मंगलबार न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश जारी गरेको हो। यससँगै सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारले अघि सारेको व्यवस्था कानुनी रूपमा निष्क्रिय बनेको छ।सरकारले सबै सरकारी निकायका विज्ञापन एउटै संयन्त्रबाट प्रकाशन–प्रसारण गर्ने नीति लागू गरेको थियो। तर उक्त व्यवस्थाले प्रेस स्वतन्त्रता, निष्पक्ष प्रतिस्पर्धा र सञ्चारमाध्यमको व्यावसायिक स्व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.