काठमाडौं— नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरुसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । शनिबार बसेकोे सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए । पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरु करिव टुङ्गे लगाइसकेको छौँ । आज खासगरी प्राविधिक र सांगठानिक विषयमा छलफल केन्द्रित भएको छ । छलफल र पार्टी एकतामा आउने सम्भावनामा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेस
काठमाण्डौ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ।कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा नेकपा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई अङ्ग्रेजीमा गालीगलौज गरेका छन् । त्यस्तै बालेनले छिमेकी देश भारत र चिनसँगै अमेरिकालाई पनि गालीगलौज गरेका छन् । बालेनले नेपालका पुराना तथा नयाँ शक्तिलाई प्रभाव र दबाबमा राख्न सक्ने देश चीन, भारत र अमेरिकालाई समेत अङ्ग्रेजी शब्द 'फक' प्रयोग गर्दै आफ्नो निराशा पोखेका छन् । लेखेका छन्- फक अमेरिका, फक इण्डिया, फक चीन, फक एमाले, फक कांग्रेस, फक रास्वपा, फक राप्रपा र फक माओवादी, तिमी सबै मिलेर केही गर्न सक्दैनौ।काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया रही बाँकी प्रदेशमा आंशिक बदली छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्र
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ प
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ))अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् ।अवलोकनका क्रममा मन्त्री गुप्ताले क्रिकेट मैदानको निर्माण कार्यले देशभरका खेलाडीहरूको मनोबल उच्च बनाएको उल्लेख गर्दै सबै नेपालीहरूले यस कार्यमा साथ दिनुपर्ने बताए । उनले भने, ‘सबै नेपालीहरू लाग्नुपर्छ । आज देशैभरि खेलाडीहरूको मनोबल बढेको छ । यहाँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि खेल्ने स्थान बनेको छ ।’मन्त्री गुप्ताले सरकार अहिले खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको बताउँदै सीमित समयमा धे
काठमाडौं । मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन् । शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’उनले भ्रष्टाचारको जड नेताहरु मात्र
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।उनले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया तीनवटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पहिलो एजेण्डा चाँही पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय गरि नै सकेको छ । त्यो निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब ११ औँ महाधिवेशन पोखराको
टक्सार (भोजपुर), १५ कात्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ हुनुहुन्छ । उहाँहरुको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.