बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, जानकी टोलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।शनिबार दिउँसो इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उपमहानगरपालिका–१ का ३० वर्षीय सुसन खाती सुनारसहित ९ जनालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उनीहरूबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।यस घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।
रूपन्देही- प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ।उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म ग
झापा — खुला सीमाका कारण लागुऔषधको ओसारपसार बढेपछि प्रहरीले झापामा कारोबारी र प्रयोगकर्ताविरुद्ध कडा अभियान सुरु गरेको छ। पछिल्लो समय विर्तामोड–५ मा एक लाखभन्दा बढी क्याप्सुलसहितको गोदाम फेला परेपछि प्रहरीले यसलाई महत्त्वपूर्ण सफलताका रूपमा लिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी अभियोगमा ५५९ जना पक्राउ परेका छन् भने ३४६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष यो संख्या ४६२ थियो, जुन १६.५ प्रतिशतले वृद्धि भएको हो।इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार विर्तामोड नगरपालिका–५ मा अवस्थित मनकुमार
काठमाडौं – शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् । मन्त्री पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा आएका प्रस्तावहरु ठिक रहेको धारण व्यक्त गरे । उनले भने,‘ ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिकी काममा मन्त्रालयले हस्तक्षेप नगर्ने ढङगले काम गर्छ । तर यसमा लगानी नेपाल सरकारले गर्ने रसरकारसँग सम्बन्धित विभिन्न निकायका
काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि बोलाएका छन् ।दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कोइरालाले आइतबार बिहान र दिउँसो समूह/समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन्।यसअघि उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर भेट गरेका थिए ।केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति कोइरालाले असन्तुष्टी जनाउँदै आएका छन् । ओली नेतृत्वको सरकारमा कोइरालाले पक्षबाट ४ जना मन्त्री सहभागी छन् ।कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहर
काठमाडौं – सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन् । विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा उनले नेपाली कला, संस्कृति र संस्कारको महत्वमाथि जोड दिएका हुन् ।सभामुख घिमिरेले भने, ‘हामी जुन मुलुकमा जन्मियौं, त्यसको एउटा पहिचान हाम्रा संस्कार, संस्कृति, कला र साहित्य हुन् । यी सबैले हामीलाई संसारको जुन ठाउँमा भए पनि आपसमा जोडिराख्छ ।’उनले अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोले नेपाली युवाहरूमा रहेको
काठमाडौं – काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ ।सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो–हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु
काठमाडौं – इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए । प्रदर्शनमा पुगेका विद्यार्थी कुशल कठायतले भने, ‘इन्जिजिय
धनुषा— जिल्लाको मिथिला बिहारी नगरपालिका–६ सिर्सिया बस्ने २८ वर्षीया रंजितादेवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
काठमाडौं— काठमाडौंको भुपिशेरचन्द मार्गस्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३१, भुपिशेरचन्द मार्ग बसोबास गर्ने ६३ सावित्री श्रेष्ठ, मोरङ विराटनगर घर भई हाल ललितपुर नगरपालिका–९, मङ्गलबजार बस्ने ५८वर्षीया लिला श्रेष्ठ, काठमाडौं महानगरपालिका–२०, चिकमडल बस्ने ६७ वर्षीय विष्णुनाथ ढुंगाना, चितवन भरतपुर घर भई हाल ललितपुर विनायक कोलोनी बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र मोरङ विराटनगर महानगरपालिका–१० बस्ने ४३ वर्षीया बिपुल श्रेष्ठ रहेका छन् । शुक्रबार साँझ ५ः५० बजे विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.