समाचार

    Showing 13,031-13,040 of 26,700 items.
  • अखिल क्रान्तिकारीको विद्यालय बन्दको निर्णयप्रति नेविसंघ आक्रोशित

     काठमाडौं— नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले गरेको विद्यालय बन्दप्रतिको निर्णय नेपाल विद्यार्थी संघ (नेविसंघ) ले असन्तुष्टि जनाएको छ। विद्यालय शिक्षा विधेयक जारी गर्न दबाब स्वरूप क्रान्तिकारीले आह्वान गरेको संस्थागत विद्यालय बन्दप्रति नेविसंघले असन्तुष्टि जनाउँदै जनतालाई दुःख दिने काम नगर्न अनुरोध गरेको हो।आज उपत्यकासहित देशभरका विद्यालयहरू, विशेषतः संस्थागत विद्यालयहरू बन्द गराइएको छ। उनले भनेका छन्, ‘शिक्षा ऐन जारी हुनु अत्यावश्यक छ र त्यो विद्यार्थीमैत्री हुनु पर्नेमा कुनै दुईमत छैन। तर आन्दोलनका अन्य वैकल्पिक र प्रभावकारी उपायहरू उपलब्ध हुँदाहुँदै पठनपाठन ठप्प पार्ने गरी विद्यालय ब

    • प्रकाशित मितिः साउन २, २०८२
    • 739 पटक पढिएको
  • महिला सेलमा उजुरी परेपछि पक्राउ परे वडाध्यक्ष चौधरी

    जनकपुर— जनकपुरधाम उपमहानगरपालिका– ११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन् । महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई गएराति गरेको प्रहरी स्रोतले जनाएको छ । यसअघि पनि चौधरी घुस काण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।के कति कारणले पक्राउ गरिएको बारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 556 पटक पढिएको
  • अध्ययन बिदा सकिएर विदेशमै रहेका ६ कर्मचारीलाई ३० दिनभित्र हाजिर हुन टेलिकमको निर्देशन

    काठमाडौं— तीन वर्षे अध्ययन बिदा स्वीकृत गराएर विदेश गएका नेपाल टेलिकमका ६ वरिष्ठ इन्जिनियर अध्ययन सकिएपछि समेत नेपाल फर्किएका छैनन्। अध्ययन बिदा सकिएर स्वदेश नफर्किएपछि ती कर्मचारीहरूलाई टेलिकमले ३० दिनभित्र सम्पर्कमा आएर कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।टेलिकमले शुक्रबार सूचना जारी गर्दै स्वीकृत अवधिभन्दा बाहिर थप बिदाको लागि दिएको निवेदन अस्वीकृत गरेको हो। कम्पनीले थप अध्ययन बिदा स्वीकृत गर्नुको औचित्य नरहेको उल्लेख गर्दै ३० दिनभित्र हाजिर नभएमा विभागीय कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।टेलिकमको मानव संसाधन विभागका अनुसार विदेश गएका कर्मचारीहरूमा हरिओम ढुङ्गाना, दीपककुमार निधि, प्र

    • प्रकाशित मितिः साउन २, २०८२
    • 814 पटक पढिएको
  • शुक्रबार आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

     काठमाडौं— स्थानीय बजारमा (शुक्रबार) पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार (आज) सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मूल्य वृद्धिसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला २ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसअघि बुधबारको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।शुक्रबार अन्तराष्ट्

    • प्रकाशित मितिः साउन २, २०८२
    • 582 पटक पढिएको
  • वैदेशिक रोजगारीमा गएको दुई महिना नपुग्दै लेखनाथ खतिवडाको निधन

    इलाम— वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारका क्रममा निधन भएको छ।गत जेठ ५ गते दुबई पुगेका खतिवडा त्यहाँ मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए। असार ८ गतेदेखि सिकिस्त बिरामी परेपछि उनी अस्पतालमा भर्ना भएका थिए। सुरुमा सेतो रक्तकोषको कमी देखिएपछि उपचार थालिएको थियो। पछि निमोनिया समेत देखिएपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।तर असार २८ गते, दुबईको एआई रोसिड अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको परिवारका लीलाधर खतिवडाले जानकारी दिए।उनीमाथि गरिएको उपचार खर्च अत्यधिक भएकोले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका थिए। "हामीले लाखौं रुपैयाँ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 613 पटक पढिएको
  • भलिबल खेलेर फर्किँदा भिरबाट लडेर मल्लको मृत्यु

    रुकुम— रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु  भएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा लडेर मृत्यु भएको हो ।बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।भिरबाट लडेर बिहीबार साँझ गम्भीर घाइते भएका मल्लको प्राथमिक स्वास्थ्यचौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएकोमा निजलाई चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकको भनाइ छ । 

    • प्रकाशित मितिः साउन २, २०८२
    • 636 पटक पढिएको
  • गौशालामा आगो लगाई छिमेकीको हत्या : अभियुक्त भारतबाट पक्राउ

    काठमाडौं — गौशाला नगरपालिका–४, रजखोरमा छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।३० वर्षीय सुरेन्द्र साहले असार २६ गते ५० वर्षीय बलिराम साहलाई पेट्रोल छर्की आगो लगाएको आरोप लागेपछि प्रहरीले उनलाई भारतको मधुवनीबाट बिहीबार दिउँसो पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, घटनापछि फरार रहेका सुरेन्द्रलाई अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ गरिएको हो।घटनामा गम्भीर घाइते भएका बलिराम साहलाई सुरुमा नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। तर बुधबार उपचारका क्रममा उनको

    • प्रकाशित मितिः साउन २, २०८२
    • 483 पटक पढिएको
  • धरान–तरहरा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते

    धरान— कोशी राजमार्गअन्तर्गत धरान–तरहरा सडकखण्डको चारकोसे झाडी क्षेत्रमा आज एक मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।प्रदेश २–००३४२७२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लहान नगरपालिका निवासी ३२ वर्षीय विमल कुमार शाह गम्भीर घाइते भएका हुन्। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।तरहरा प्रहरी चौकीका इन्चार्ज टिका नेपालका अनुसार, दुर्घटना अत्यधिक गति र सडकको अवस्था मिलेर भएको अनुमान गरिएको छ। मोटरसाइकल एक्लै दुर्घटनामा परेको र अन्य सवारीको संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीले घटनाको थ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 556 पटक पढिएको
  • पाकिस्तानमा भीषण वर्षाः ६३ जनाको मृत्यु, आपतकाल घोषणा

    पाकिस्तान— पाकिस्तानको पञ्जाब प्रान्तमा निरन्तर परेको भीषण वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै तीन सय जना भन्दा बढी घाइते भएका छन्।पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार धेरैजसोको मृत्यु भवन भत्किँदा च्यापिएर वा करेन्ट लागेर भएको हो। वर्षाका कारण रावलपिण्डी लगायतका क्षेत्रहरूमा जनजीवन प्रभावित भएको छ र रावलपिण्डीमा सार्वजनिक बिदा समेत घोषणा गरिएको छ।तीव्र वर्षाका कारण विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने सडक तथा यातायात प्रणाली पूर्ण रूपमा प्रभावित भएका छन्। केही स्थानमा २४ घण्टाको अवधिमा ४ स

    • प्रकाशित मितिः साउन २, २०८२
    • 637 पटक पढिएको
  • नाम मिलेपछि थुनामा, २० दिनपछि निर्दोष सावित भएपछि घरमा

    इलाम— इलामको सन्दकपुर गाउँपालिका–५, जमुनाका ७६ वर्षे तिलबहादुर गुरुङ आफूले गर्दै नगरेको कसुरमा २० दिन इलाम कारागार बसेका छन् । बिना कसुर २० दिन पछि अन्ततः निर्दोष सावित भएका हुन्। गुरुङलाई साउन १ गते बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत इलाम इजलाशले कैदमुक्त गर्न आदेश दिएको छ।पक्राउ गरेर ल्याइएका गुरुङ र प्रस्तुत घटनाका प्रतिवादी एकै व्यक्ति नभएका कारण उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। प्रहरीले गुरुङलाई असार १७ गते उनकै घर जमुनाबाट पक्राउ गरेको थियो। पक्राउपछि इलाम प्रहरीले फरार दोषीलाई ४५ वर्षपछि पक्राउ गरेको सूचनासमेत जारी गरेको थियो। उनलाई १८ गते इलाम जिल्ला अदालतको कैदपुर्जीअनुसार

    • प्रकाशित मितिः साउन २, २०८२
    • 699 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.