जनकपुर— जनकपुरधाम उपमहानगरपालिका– ११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन् । महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई गएराति गरेको प्रहरी स्रोतले जनाएको छ । 

यसअघि पनि चौधरी घुस काण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

के कति कारणले पक्राउ गरिएको बारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।