समाचार

    Showing 13,461-13,470 of 26,701 items.
  • १८ लाख बराबरका कपडा बरामद

    पर्सा— सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ। भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर—१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए। बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ।सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उहाँले जानकारी दिए। “भन्सार छलेर ल्याइएका रु २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगञ

    • प्रकाशित मितिः असार २०, २०८२
    • 630 पटक पढिएको
  • आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ, कुन कुन विषयमा होला छलफल ?

    काठमाडौं— आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ ।कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची तय गरिएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको काम

    • प्रकाशित मितिः असार २०, २०८२
    • 544 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्र

    • प्रकाशित मितिः असार २०, २०८२
    • 368 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।दिउसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्

    • प्रकाशित मितिः असार २०, २०८२
    • 322 पटक पढिएको
  • अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

    डोल्पा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दायर गरेको हो ।तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको पाइएको अख्तियारले जनाएको छ ।हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ ।तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७/

    • प्रकाशित मितिः असार १९, २०८२
    • 549 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका छन् ।तारकेश्वर पाँचमानेका २२ वर्षीय नवीन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको डुक मोटर साइकलले निजलाई ठक्कर दिएको र टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा वृद्धको राति ११ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।ठक्कर दिने सवारी साधन नेपालटार ट्राफिक प्रहरी कार्यालय तथा मोटर साइकल चालक घिमिरे प्रहरी वृत्त बालाजुको नियन्

    • प्रकाशित मितिः असार १९, २०८२
    • 618 पटक पढिएको
  • युके पठाइदिन्छु भन्दै १ करोड २० लाख ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेका छन् ।आरोपित रिसालले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।  पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–४ एकान्तकुनाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः असार १९, २०८२
    • 572 पटक पढिएको
  • गायिका चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुञ्जन राई छन् ।उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ब्युरोका ती अधिकृतले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 636 पटक पढिएको
  • कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ

    काठमाडौं— कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका वडा नं.५ बस्ने ७६ वर्षीय तीलबहादुर गुरुङ रहेका छन् । गुरुङलाई हिजो पक्राउ गरिएको हो । इलाम जिल्ला अदालतबाट २०३८ साल जेठ १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष टोलीले सन्दकपुर गाउँपालिका वडा नं.५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार इलाम पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १९, २०८२
    • 587 पटक पढिएको
  • रौतहटमा करेन्ट लागेर १४ वर्षीया बालिकाको मृत्यु

    रौतहट— रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । कटहरिया नगरपालिका–८ पोखरिया बस्ने रामपुकार यादवकी छोरी १४ वर्षीया रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । गुजरा नगरपालिका६ बेदौलीस्थित लत्रेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 678 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.