समाचार

    Showing 13,581-13,590 of 24,841 items.
  • चुरे समितिमा दस वर्षमा झण्डै रु १५ अर्ब खर्च, उपलब्धि कति ?

    काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ ।विसं २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०÷८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशलवल ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा लिने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।  समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृ

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 250 पटक पढिएको
  • बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रू

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 372 पटक पढिएको
  • स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

    काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 292 पटक पढिएको
  • जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका

    सिरहा । यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमकोबीच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गरे ।यस सडकले लहान नगरपालिका–१, २, ३ र १९ का वडावासी लाभान्वित हुनेछन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र गुणस्तरीय सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै, उनले धुवाँधुलोले आक्रान्त यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए । नगरप्रमुख चौधरीले भने, ‘सडक कालोपत्र नहुँदा लामो समयदेखि धुँवा र धुलोको समस्याले हैरान भएका भन्दै यहाँका नागरिक

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 343 पटक पढिएको
  • मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल

    राँझा (बाँके) । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ ।  खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले एक महिनाअघि गत माघ २६ गते राती पाडो जन्माएको किसान रेग्मीले जानकारी दिए । योसँगै उनले मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट भविष्यमा पशुपालनलाई आधुनिकीकर

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 259 पटक पढिएको
  • धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही

    गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रूपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको यकिन तिथिमिति भने अझै अनुसन्धानकै पर्खाइमा छ ।मन्दिर परिसरमा रहेको जलकुण्डमा बाह्रै महिना नै पानी भइरहनुले पनि यहाँको धार्मिक विश्वास बढाएको स्थानीय कुलबहादुर कुमाल बताउँछन् । पहराको कुनामा रहेको यस मन्दिर परिसरस्थित कुण्डमा तलबाट भुलभुल गरी पानी निरन्तर आइरहने र जस्तोसुकै खडेरीमा पानी नसुक्नु यहाँको विशिष्टता भएको उनले बताए ।‘यो जिजुबाजेका पालादेखि नै श्रद्धा भक्तिका साथ पूजाआजा हुँदै आएको तीर्थस्थल हो’,

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 355 पटक पढिएको
  • तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन

    म्याग्दी । बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरी स्नानस्थलको क्षमता विस्तार गरिएको छ ।  तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नानस्थलको क्षमता बढाएको हो । समितिका सचिव अमरबहादुर केसीले तातोपानी स्नान गरेर उपचारमा आउनेहरूको चाप बढेपछि निर्माण गरिएको पोखरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए ।‘म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी सङ्कलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘कुण्डमा स्नानका लागि आउ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 306 पटक पढिएको
  • ‘बेरोजगारी समस्या, विदेसिनु बाध्यता’

    कमलामाई (सिन्धुली) । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरूमा भने चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरू हतारोमा छन्, कोही गफमा मस्त । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदैछन्, पुजन बस्नेत ।पुजन सिन्धुलीको तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्ष पुगेका यी युवाले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गरेका छन् । उनीसँग वेबसाइट बनाउने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर, सीप र सङ्र्घषअनुसारको कमाई छैन । पुजन जिल्लामै केही गर्ने सोचले अघि बढ्न खोजे । आफ्ना साथीसँग

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 255 पटक पढिएको
  • मन्त्रालयले जिम्मेवारीबाट हटायो बास्तोलालाई

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई जिम्मेवारीबाट हटाएको छ । बास्तोलाले पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशको स्वागत गर्दै ऐक्यबद्धता जनाएका थिए । पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गर्दै उनको वक्तव्यको स्वागत गरेपछि मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।उनले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको भन्दै मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो । पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम फागुन २६ को मन्त्रीस्तरीय निर्णयबाट बास्तोलालाई जिम्मेवार

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 239 पटक पढिएको
  • चैत्र ३ मा ‘महिला नेतृत्व सम्मेलन’ हुने

     काठमाडौं— नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने भएको छ । परिसंघले चैत्र ३ गते काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो ।नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघले जनाएको छ । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बिवेन्ड बाउन्ड्रिज विषयमा सत्रगत रूपमा छलफल हुने बताइएको छ ।सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 244 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.