समाचार

    Showing 13,681-13,690 of 24,853 items.
  • काठमाडौंमा सुरक्षाकर्मीको हाईअलर्ट, संवेदनशील क्षेत्रहरुमा कडा निगरानी

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए ।उनले भने, ‘आज पोखराबाट  पूर्व राजा आउँदै  हुनुहुन्छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 396 पटक पढिएको
  • विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

    लुम्बिनी । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो । धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो । नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरेका थिए । लुम्बिनी विकास को

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 320 पटक पढिएको
  • हिमपात हुँदा किसान खुसी

    मनाङ । जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि हिमालमा हिउँ देखिन थालेको छ । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् । हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए । ‘हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 368 पटक पढिएको
  • बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

    नेपालगन्ज (बाँके) । जिल्लाका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ ।कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो । म्शेरगन्ज माथेबस चक्ला वनको दुई हजार पाँच सय ७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार आठ सय २५ हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणाली लागू गरेर सालका रुखका साथसाथै अन्य रुख बढाउने काम भइरहेको जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए ।कार्यालयले दुई हजार द

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 312 पटक पढिएको
  • श्रीमतीसहित तारेख बुझ्न पोखरा लागे रवि

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न कास्की गएका छन्। उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ। रविको साथमा उनकी श्रीमती निकिता पौडेल पनि सँगै गएकी छन्। कास्कीबाट उनी सिधै रुपन्देही जानेछन्। भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्ने जनाइएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए। यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन्।काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन्। पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 469 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ९९ जना महिला प्रहरी कर्मचारी पुरस्कृत

    मोरङ— ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत पुरस्कृत गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 309 पटक पढिएको
  • आज पूर्वराजा काठमाडौं फर्किँदै, सुरक्षा व्यवस्थामा कडाइ

    काठमाडौं— आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो । गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 285 पटक पढिएको
  • आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण

    काठमाडौं— विपद्जन्य घटनाहरु भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको छ।आइतबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरे।पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्‍को जोखिममा रहेकाले संघीय सरकार मातहत रहेको गोदामघर प्रेदेशलाई हस्तान्तरण गरिको गृहमन्त्री लेखकले बताए।भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीन तहका सरकारहरु तयारी अवस्थामा रहन आवश्यक रहेको उनको भनाइ छ। यस्तै कर्णाली र सुदूरपश्चिम त्रमा भूकम्पले क्षति पुर्‍याए

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 351 पटक पढिएको
  • विभिन्न कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

    काठमाडौं— ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस ०८१ फागुन २३ गते विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  ‘सबै महिला तथा बालिकाको लागि–अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । विभिन्न महिला सङ्गठनहरुले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका थिए । उक्त प्रभातफेरि कार्यक्रम माइतीघर मण्डलाबाट सुरु भई भद्रकाली, रत्नपार्क हुँदै भृकुटी मण्डपमा पुगी सम्पन्न भएको थियो ।सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्द

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 473 पटक पढिएको
  • इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

    इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । ‘कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्’, चितवनबाट घुम्न आएका रोशन सापक

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 349 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.