समाचार

    Showing 14,041-14,050 of 26,701 items.
  • एअर इण्डियाको २४२ यात्रु सवार विमान दुर्घटना

    काठमाडौं। भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार दिउँसो एक गम्भीर विमान दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान टेकअफको केहीबेरमै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि रहेका छन्। प्रारम्भिक जानकारी अनुसार विमान सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको बाउन्ड्रीमा अवस्थित संरचनामा ठोक्किएर दुर्घटनामा परेको आशंका गरिएको छ।दुर्घटनापछि विमानस्थल क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको तस्बिरहरू सार्वजनिक भएका छन्। उद्धार कार्यका लागि सुरक्षाकर्मी र आपतकालीन टोली ख

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 154 पटक पढिएको
  • टेकुमा जाँच गराएकामध्ये ५ जनामा कोरोना भएको पुष्टि

    काठमाडौं— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनीहरु ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको छ।काठमाडौंको नर्भिक अस्पतालबाट रिफर भएर टेकु पुगेका एकजना भने भर्ना भएर उपचार गरिरहेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।अस्पताल स्रोतका अनुसार उनले ८ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए। त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन्।  इपिडिमियोलोजी तथा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 346 पटक पढिएको
  • १ करोड ५० लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी हिरण्य कुमार मगरलाई प्रहरीले पक्राउ गरेको छ।भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१४ महालक्ष्मी बसोबास गर्दै आएका ४१ वर्षीय मगरलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।उनका अनुसार नेपाल सरकार वादी भई दायर भएको सो मुद्दामा मगर लामो समयदेखि फरार रहेका थिए। उनलाई पक्राउ गरी हाल थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मगरविरुद्ध अदालतले बैंकिङ कसुरसम्बन्धी ठुलो बिगोको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश द

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 256 पटक पढिएको
  • एयर इन्डिया विमान दुर्घटनाः हालसम्म ५० शव निकालियो

    गुजरात— भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्यसँगसँगै जारी रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ।घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेका घाइते तथा अन्य यात्रुहरूको खोजीलाई तीव्र पारेका छन्।विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए। लन्डनका लागि उडान भरेको केही मिनेटमै विमान दुर्घटनामा परेको थियो।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 474 पटक पढिएको
  • अहमदावादमा २ सय ४२ यात्रु सवार एअर इण्डियाको विमान दुर्घटना

    गुजरात— गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 498 पटक पढिएको
  • उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट

    काठमाडौँ -  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे । उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पु¥याउन समेत विश्व बैँकसँग आग्रह गरे । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 263 पटक पढिएको
  • एक साताभित्र देशभर सक्रिय हुँदैछ मनसुन : मौसम विभाग

    काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ। यस वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरिसकेको विभागको भनाइ छ।विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि वर्षा सक्रियता बढ्ने संकेत देखिएको छ। “अबको केही दिन हल्कादेखि भारी वर्षासम्मको सम्भावना सबै प्रदेशमा देखिएको छ,” उनले भनिन्।हाल मनसुनी वायु मुख्यतया पूर्वी क्षेत्रमा सीमित रहेकाले एक साताभित्र देशभर फैलिने बताइएको छ।यस वर्ष औसतभन्दा बढी वर्षा हुन सक्ने संकेत देखिएको उल्लेख गर्दै कँडेलले अधिकतम र न्यूनतम तापक्रम पनि सामान्यभन्दा उच्च रहने सम्भावना रहेको ज

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 212 पटक पढिएको
  • उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयोः कुलमान घिसिङ

    काठमाडौं -  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा सरकारले आफुलाई पदबाट हटाएको बताएका छन् ।लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार घिसिङलाई नागरिक अभिनन्दन गरेको थियो ।सोहि कार्यक्रममा बोल्दै घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 428 पटक पढिएको
  • अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा २२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर

    हेटौँडा— खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायीविरुद्ध दायर गरेको हो ।चालु आर्थिक वर्ष २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको कार्यालय प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो ।अनुगमनका क्रममा सङ्कल

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 203 पटक पढिएको
  • बालेनविरुद्ध अख्तियारमा युवराज सफलको उजुरी

    काठमाडौं — काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले लिफ्ट जडान प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै मेयर बालेन शाहविरुद्ध उजुरी दर्ता गरेका हुन्।सफलले अख्तियारमा दिएका उजुरीमा भनिएको छ, “लिफ्ट जडान गर्नु आपत्तिजनक होइन, तर सार्वजनिक खरिद ऐन, २०६३ को दफा ११ र खरिद नियमावली, २०६४ विपरीत कुनै प्रतिस्पर्धा बिना, टेन्डर वा कोटेसन नगरी अपारदर्शी ढंगले लिफ्ट जडान गरिएकोप्रति मेरो आपत्ति हो।”उजुरीमा लिफ्ट खरिद प्रक्रिया सार्वजनिक निकायका लागि अनिवार्य बोलपत्र प्रणाली अवलम्बन नगरी गरिएक

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 294 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.