समाचार

    Showing 14,141-14,150 of 21,978 items.
  • प्यालेस्टिनी ५१ जना महिला गिरफ्तार

    एजेन्शी  ।  इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ ।प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स–प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन् ।समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको जानकारी आएको तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क रहेको बताएका छ

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 156 पटक पढिएको
  • जयशंकरको नेपाल भ्रमण : आजै स्वदेश फर्किने

    काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर शुक्रबारसमेत भेटवार्ता र कार्यक्रममा व्यस्त हुनेछन्।नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेटवार्ता गरिसकेका छन्।शुक्रबार साँझ उनले मधेस केन्द्रित तीन दलका शीर्ष नेतासँगसमेत भेटवार्ता गरिसकेका छन्।उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 470 पटक पढिएको
  • पशुपति क्षेत्रमा दीप प्रज्वलनको भिडिओ व्यापारिक प्रयोजनका लागि खिच्न नपाइने

    काठमाडौं । बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ व्यापारिक प्रयोजनका लागि खिच्न निषेध गरिएको छ।पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न निषेध गरेका हुन्।‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं ।’हिन्दुहरूको प

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 829 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशक

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 176 पटक पढिएको
  • यो बर्सको पहिलो आज उल्का बर्षा हुँदै

    काठमाडौं । उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ ।ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ। भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्न

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 125 पटक पढिएको
  • जन कल्याण प्रतिष्ठान झापा समिति पुर्नगठन

    बिर्तामोड । जनकल्याण प्रतिष्ठान एकल बिद्यालय अभियान नेपाल झापा जिल्ला समिति पुर्नगठन भएको छ lबुधबार एक कार्यक्रमको बीच पुर्नगठन भएको सो समितिको जिल्ला अध्यक्षमा शैक्षिक ब्यक्तित्व तथा समाजसेवी शंकर भट्टराई रहेका छन l त्यस्तै समितिको प्रथम उपाध्यक्षमा समाजसेवी ईश्वरा कड़ेल, ब्दितीय उपाध्यक्ष मा शिक्षासेवी ईश्वर प्रसाद पोखरेल, सचिबमा समाजसेवी खिना माया फुयल, सहसचिबमा  बरिष्ठ पत्रकार तथा साहित्यकार देवेन्द्र किशोर ढुङगाना र कोषाध्यक्षमा समाजसेवी तथा ब्यबसायी सत्येन्द्र कुमार कर्ण चयन भएका छन lबिश्व हिन्दू परिषद नेपाल झापाका अध्यक्ष होमनाथ ढुङगेलको प्रमुख आतिथ्यमा आयोजित भेलाले प्रतिष्ठान झापा

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 216 पटक पढिएको
  • सङ्घीय कर्मचारीको दरबन्दी घटाउने तयारी

    काठमाडौँ । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको हो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।मन्त्रालयका सहसचिव सुमन दाहालले सङ्घीय व्यवस्थाको मर्म अनुसार सङ्घको दरबन्

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 105 पटक पढिएको
  • सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल

    काठमाण्डौ ।  न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।  कास्की हाँडिखोलामा जन्मेका ढकाल न्याय परिषदमा सचिव थिए । उनी २०५२ मा शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका हुन् ।यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ ।मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 126 पटक पढिएको
  • करिब २४ लाख बराबर सामान र सवारी साधन नियन्त्रण

    वीरगंज । पुष १६ गते पर्सा जिल्लाको विभिन्न ठाउँबाट करिब २४ लाख बराबरको सामान नियन्त्रणमा लिइएको छ। वीरगंज महानगरपालिका १ र २ स्थित भगुवा र छटघाटबाट ६ लाख १ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको  छ ।भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा सशस्त्र प्रहरीकाे नं. १३ गण पर्साले बरामद गरेको हो । त्यस्तै सोही महागनरपालिका १९ स्थित बार्वाबाट १६ लाख ९८ हजार रुपैयाँ बराबरको प्याज र पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश २–०३–००१ च ५४८९ नम्बरको गाडीमा राखेर भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ३ हजार ३ सय केजी प्याजसहितको गाडी समेत नियन्त्रणमा लिइएक

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 135 पटक पढिएको
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण: पुर्पक्षका लागि आरोपी कारागार चलान

    पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो ।सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २५ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरुले मङ्गलबार अदालतमा आत्मसमर्पण गरेका थि

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 148 पटक पढिएको

गुप्तचर खबर — नेपालको विश्वसनीय अनलाइन समाचार पोर्टल। ताजा खबर, विश्लेषण र अपडेटका लागि हामीसँग जोडिनुहोस्।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.