काठमाडौ— जिल्ला प्रशासन काठमाडौले २०८२ जेठ १९ गते लागु हुने गरी सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको थियो । 

निषेधाज्ञा विरुद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेटमै विहीबार प्रदर्शन गर्ने क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रबि किरण हमालले जानकारी दिए । 

उनका अनुसार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने क्रममा सन्देश शाही,  पारस शाही,  पवन मल्ल र  किशोर ठकुरी प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सिंह दरबारमा राखिएको छ ।

उनीहरुले ब्यानरमा नेपालीलाई नेपालमै निषेधज्ञा गर्न पाइँदैन । ‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन्’ जस्ता नाराहरू लेखेको ब्यानर देखाएर प्रदर्शन गरेका थिए ।