समाचार

    Showing 14,401-14,410 of 26,701 items.
  • काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गुरागाईंले सोधे स्पष्टीकरण

    काठमाण्डौ  ।   गाडीमा ह्वील लक लगाईदिएको झोकमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले सोधे राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन।काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् । उनलाई जवाफ पेस गर्नको लागि ७ दिनको समयाबधी दिइएको छ ।गुरागाँई महानगर फर्कीएको २ महिना बढी भएको छ । सुरुमा कसैप्रति आफ्नो समस्या नरहेको बताएका गुरागाँईले दुई महिनाापछि भने  उपमेयर सुनिता ढगोंलको दबाबमा पाण्डेलाई स्पष्टिकरण सोधिएको महानगर स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 294 पटक पढिएको
  • सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध बरामत

    वीरगञ्ज  । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२, भगुवास्थित सीमा इलाकाबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । भकुवा नाकाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट बरामद गरेको छ।सशस्त्र प्रहरीका अनुसार बरामद ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको भारतबाट तस्करी गरी ल्याइँदै गरेको ८१ हजार ४९० पिस ट्रामाडोल ट्याब्लेट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहको नेतृत्वमा टोलीले भकुवा नाकास्थित सिर्स

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 399 पटक पढिएको
  • कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

    काठमाण्डौ । पोखरामा भूकम्पको धक्का महसुस भएको छ  ।आज दिउँसो १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ४.७ रेक्टर स्केलको गएको मापन केन्द्रले जनाएको छ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 341 पटक पढिएको
  • बसको ठक्करबाट बालिकाको मृत्यु

    मोरङ  ।   बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका-८ दर्वेसा स्थित भित्री सडक खण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । जेठ ५ गते दिउँसो कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको  को.१ख २१०३ नम्बरको यात्रुबाहक बसले रंगेली-७ का दिलीप मण्डलको १३ बर्षीया छोरी मिरा मण्डललाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएकी उनको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको थियो ।  ठक्कर दिने बस र बस चालक कटहरी गाउँपालिका-७ का ५५ बर्षीय चन्द्र बहादुर मगरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 387 पटक पढिएको
  • गभर्नर नियुक्तिमा चिसिएको सम्बन्ध पगाल्न देउवा–ओली बालुवाटारमा भेट

    काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा वार्ता भएको छ।सरकारी निवासमा सत्ता सहयात्री कांग्रेस सभापतिसँग भेट गरेका ओलीले यसअघि सोमबारको वार्ता अस्वस्थ्यताका कारण सारेका थिए। राष्ट्र बैंक गभर्नर नियुक्तिको विषय नै प्रमुख एजेन्डा रहेको उच्च स्रोतले जानकारी दिएको छ। वार्तामा देउवाले प्रस्ताव गरेका गर्भनरको नाममा विश्व पौडेलमा सहमति खोजीरहेका छन्। मन्त्रिपरिषदको आकस्मिक बैठक डाकी गभर्नर नियुक्ति गर्नका लागि देउवाले दबाब दिएका हुन्।लामो समयदेखि अल्झिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अन्ततः निष्कर्षतर्

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 274 पटक पढिएको
  • प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएरै भाग्न बाध्य पार्नेछौं: लिङ्देन

    काठमाण्डौ  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई सत्ताबाट हटाउने आन्दोलन तीव्र बनाउने कडा चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले खुलेर भने: “प्रधानमन्त्रीले संसदमा अब उमेरले भाग्न सकिन्न भन्नुभयो। तर सम्झौता नगर्ने हो भने, हामीले हेलिकोप्टर चढाएरै भाग्न बाध्य पार्नेछौं।” लिङ्देनले प्रधानमन्त्रीप्रति कडा व्यंग्य गर्दै थपे: “हामीले आन्दोलन यति बलियो बनाउँछौं कि प्रधानमन्त्रीलाई सुरक्षित रुपमा निस्कने ‘हेलिकोप्टरको सुविधा’ दिनु पर्ने स्थिति आउन सक्छ।”मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गत

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 322 पटक पढिएको
  • रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु

    काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु भएको छ ।लामिछानेका कानुन व्यवसायीहरूले अहिले बहस गरिरहेका छन्। यो रिट ६ पटकसम्म हेर्न नमिल्ने अवस्थामा परेको थियो। सहकारी प्रकरणमा थुनामै रहेका रबि लामिछने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुव

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 412 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएकोमा  प्रश्नोत्तर कार्यक्रम रोकिएको हो।प्रधानमन्त्री ओलीको सचिवालयले सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको जनाएको थियो।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 325 पटक पढिएको
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना नायव सुब्बा सरुवा

    काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बा) कर्मचारीको सरुवा गरेको छ।अप्राविधिकप्राविधिक

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 412 पटक पढिएको
  • प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै

    काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ। यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.