समाचार

    Showing 14,481-14,490 of 26,701 items.
  • भरत तालमा डुबेर एक पुरुषको मृत्यु

    सर्लाही— सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी  (भरत ताल) मा डुबेर एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही नगरपालिका- ४ जिरायत बस्ने ६७ वर्षीय पाले सार्कीको तालमा डुबेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय हरिवनका अनुसार सार्कीलाई तालमा मृत भेटिएका थिए । उनलाई उक्त तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।अत्यधिक गर्मी भएपछि गर्मी छल्न पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छ्न् ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 374 पटक पढिएको
  • गुणाकर भट्टको योग्यतामा प्रश्न उठाउने वकिलहरू विश्व पौडेलविरुद्ध पनि सर्वोच्चमा रिट दायर

    काठमाडौं— नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेलविरुद्ध रिट दायर गरेका हुन् ।उप्रेती र थापाले नै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दर्ता गरेका थिए ।सर्वोच्च प्रशासनका अनुसार पौडेलविरुद्धको रिट सर्वोच्चमा पेस भए पनि दर्ता भएको छैन । रिटमा राजनीतिक दलबाट सिधै गभर्नर नियुक्ति गर्दा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने दाबी गरिएको छ ।  अधिवक्ता उप्रेती र थापाले ६५ वर्षे उमेरहद नलाग्ने गर

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 474 पटक पढिएको
  • चितवनको खैरहनीमा दुई समूहबीच खुकुरी हानाहान, तीन युवा घाइते

    काठमाडौं— चितवनमा दुई समूहबीच भएको खुकुरी प्रहार घटनाको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ ।चितवनको खैरहनीको एक रेस्टुरेन्टमा दुई समूहबीच झगडा भएको हो । चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, घटनामा संलग्नहरूको पहिचान भइसकेको र खोजी कार्य भइरहेको छ ।उनका अनुसार पुरानो रिसईबीका कारण एक समूह रेस्टुरेन्टमा बसिरहेका बेला मंगलबार बिहान अर्को समूह गएर खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट चितवन खैरहनीकै दिपक गोले, गणेश लामा र अमृत आचार्य घाइते भएका छन् ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 463 पटक पढिएको
  • नेपालमाथिको हस्तक्षेप बन्दको माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन

    काठमाडौं— नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको छ । मंगलबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको हो ।नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै बिरोध जनाइएको हो ।विरुद्ध ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दुतावासमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पती फ

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 334 पटक पढिएको
  • इमाडोलमा केटी साथीको कोठामा गएका युवकको मृत्यु

    काठमाडौं— ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । गएराति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको मृत्यु भएको हो ।केटी साथीको कोठामा गएका युवक एक्कासी ढलेपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले मंगलबार बिहान ७ः३० बजे अधिकारीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट मृतक अधिकारीको केटी साथी काभ्रे जिल्ला स्थायी ठेगाना भएकी २२ वर्षीया युवती रहेको खुलेको छ । अचानक राती बेहोस भएपछि ती युवतीले उनलाई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 343 पटक पढिएको
  • ‘जनताको करबाट तलब खान योग्य नभएको’ भन्दै सांसद गीता गुरुङले दिइन राजीनामा

    दाङ— लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले मंगलबार पदबाट राजीनामा दिएकी छन्। सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्य बनेकी गुरुङले लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।राजीनामा पत्रमा उनले देश र जनताको पीरमर्का आफूले राम्ररी बुझेको उल्लेख गर्दै राष्ट्र र जनताभन्दा माथि केही नहुने आफ्नो अडान प्रस्ट्याएकी छन्। उनले लेखेकी छन्, ‘आदरणीय जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेकी हुँ, तर अहिले मेरो कार्यक्षमताप्रति आशा राखिरहेका स्वाभिमानी जनताका सपना म पूरा गर्न असमर्थ छु भन्ने गहिरो अनुभूति भएको छ।’जनताले तिरेको करबाट सुविधा लि

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 345 पटक पढिएको
  • प्रहरी जवान कुटपिट घटनामा संलग्न ४ जना पक्राउ

    तनहुँ— व्यास नगरपालिका– ५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि ४ जनाले कुटपिट गरेका हुन्।कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको हो ।उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 339 पटक पढिएको
  • विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित, शल्यक्रिया गर्नुपर्ने महिलालाई प्रदेश बाहिर रेफर गर्नुपर्ने बाध्यता

    दमौली— प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौं पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ । प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको छ । अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए। गाइनोलोजिष्ट  कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल जानुभए

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 412 पटक पढिएको
  • युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाएकी अर्की २१ वर्षीया युवती पनि पक्राउ परिन्

    काठमाडौं— मानव बेचबिखनमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले यही वैशाख २७ गते पक्राउ गरेको हो। पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिए।खातुनले यही वैशाखको २१ गते एक युवतीलाई नयाँ कपडा किनिदिन्

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 299 पटक पढिएको
  • बिपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध

    काभ्रेपलाञ्चोक— अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए।गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्स

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 277 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.