समाचार

    Showing 14,511-14,520 of 26,701 items.
  • पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    काठमाडौं— प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन् । सुदूरपश्चिम प्रदेश भरीकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । उनले भने, ‘यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि रु एक लाख ११ हजार एक सय ११ आज प्रदान गर्नु भएको

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 299 पटक पढिएको
  • ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    चितवन— मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।चितवन प्रहरीका अनुसार कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंह नेतृत्वको टोली खटिएर बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छदुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ ।

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 220 पटक पढिएको
  • लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती मनाइने

    रूपन्देही— लुम्बिनीमा २५६९ औँ बुद्धजयन्ती मनाइने भएको छ । शनिबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गर्दै २५६९ औँ बुद्धजयन्ती मनाउने भव्य तयारी भईरहेको जानकारी गराएको हो ।वैशाख २८ देखि ३० गतेसम्म तीन दिवसीय विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने कोषले जनाएको छ ।प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईका अनुसार बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुनेछ ।साथै, विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 395 पटक पढिएको
  • संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

    काठमाण्डौ  ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथ

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 299 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका केहि स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत&nbs

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 408 पटक पढिएको
  • पाकिस्तानद्वारा युद्धविरामको केही घण्टामै ड्रोन आक्रमण: भारताले भन्यो, यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ

    एजेन्शी  ।  भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको केही घण्टामै पाकिस्तानले सहमति उल्लंघन गर्दै आ'क्रम'ण सुरु गरेको छ। जम्मु, श्रीनगर, राजस्थानलगायतका सीमावर्ती क्षेत्रमा ड्रोन आ'क्रम'ण, वि'स्फोट र हवाई आ'क्रम'ण गरिएका छन्।भारतले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिँदै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ र केही संवेदनशील स्थानमा ब्ल्याकआउटसमेत गरिएको छ। दुवै देशबीचको तनाव फेरि चुलिँदै गएको छ, जसले क्षेत्रीय शान्तिमा गम्भीर चुनौती खडा गरेको छ। अब अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि यसतर्फ खिचिएको छ।पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले ल

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • 490 पटक पढिएको
  • झापा गोल्डकपका निवर्तमान अध्यक्ष बस्नेतद्वारा आत्महत्या

    काठमाडौं— झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले आत्महत्या गरेका छन । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ । मृतक बस्नेत विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए ।जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए ।उनी सयपत्री ट्रेड लिंक मोटरसाइकल विक्रेताका सञ्चालक समेत हुन् । बस्नेतकी श्र

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 616 पटक पढिएको
  • माधव नेपाल अस्पताल भर्ना, एन्जिओप्लास्टी सर्जरी गरियो

    काठमाडौं—  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । पूर्वप्रधानमन्त्री नेपालको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको जनाइएको छ ।एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 508 पटक पढिएको
  • आईजीपी थापा र अमेरिकी राजदूतबीच भेटवार्ता, के–के विषयमा भए त सहकार्य ?

    काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसनबीच भेटवार्ता भएको छ ।प्रहरी प्रधान कार्यालय, नक्सालमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।शिष्टाचार भेटको क्रममा दुवै पक्षबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध विस्तार तथा अपराध नियन्त्रणमा सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ ।नेपाल प्रहरी र अमेरिकी दूतावासबीच लामो समयदेखि विभिन्न तालिम, प्रविधि तथा क्षमता अभिवृद्धिसम्बन्धी सहकार्य हुँदै आएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 226 पटक पढिएको
  • शान्तिपूर्ण कि विस्फोटक? यस्तो छ राजावादीहरूको अनिश्चितकालीन आन्दोलनको पूरा खाका

    काठमाडौं — संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र 'पूर्णरूपमा असफल' भएको दाबी गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने धमाकेदार घोषणा गरेका छन्।राजावादी आन्दोलन सुस्त बन्दै गएको चर्चा भइरहँदा, उनीहरूले फेरि चर्को शैलीमा आन्दोलन अघि बढाउने बताएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले संविधानद्वारा प्राप्त अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तर सशक्त सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।सुवेदीका अनुसार, "गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनताको चाहनाविपरीत जबर्जस्ती थोपिएको हो। अब व्

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 363 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.