समाचार

    Showing 15,931-15,940 of 26,703 items.
  • पौवादुङमामा वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धन कार्यक्रम

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामासुरुआत भएको छ । उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै  पहिलो पटक यो कार्यक्रम सुरुआत भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षलागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परीक्षण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ ।  कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु चालिस लाख, गाउँपालिकाको रु बीस लाख र दायित्व संस्थाको रु पन्ध्र लाख गरी कूल रु ७५ लाखको लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 289 पटक पढिएको
  • सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

    सिरहा । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीयस्थलसमेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ । देवीदह सामुदायिक वनभित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरे तापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताए ।‘यस दह धार्मि

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 326 पटक पढिएको
  • पूर्वाधारका पर्खाइमा सुनछहरा

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीयस्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए । ‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ,’ उनले भने ‘सुनछहरामा पूर्वाधार विकास र प्रवद्र्धनको आवश्यकता छ ।’भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाइ

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 299 पटक पढिएको
  • प्रणय दिवसमा एयरलाइन्सको छुट

    काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेबु्रअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ । यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 520 पटक पढिएको
  • आजको मौसमःउच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 355 पटक पढिएको
  • आज ३४औँ अख्तियार स्थापना दिवस

    काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी  अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक,

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 305 पटक पढिएको
  • गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख

    गलेश्वर (म्याग्दी) । गरिब तथा  जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ ।विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्यापन हुने यो शिक्षालयमा अर्थाभावका कारण अध्ययन गर्न अक्षम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषमा त्यति रकम जम्मा भएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताए ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 346 पटक पढिएको
  • चाँगुनारायणबाट साँखु फर्किए माधवनारायणका व्रतालु

    काठमाडौँ । चाँगुनारायणको परदेश यात्रामा निस्केका साँखुस्थित शालीनदी माधवनारायणको एकमहिने व्रत गरिरहेका व्रतालु स्नान, पूजा आराधना गरी आज बेलुकी फेरि साँखुमै फर्किएका छन् । प्रत्येक वर्ष माघशुक्ल द्वादशीका दिन व्रतालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ । यसका लागि माघशुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायणको यात्रा गर्ने व्रतविधि छ । माघशुक्ल एकादशीको रात व्रतालु चाँगुनारायणमा नै बास बसेका थिए ।

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 382 पटक पढिएको
  • फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यहाँको भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।उनले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए । 

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 381 पटक पढिएको
  • देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

    दमौली (तनहुँ) । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजाराँै भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ । विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताए । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उनले बताए । उनले भने, ‘अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।’देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देव

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 288 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.