समाचार

    Showing 16,091-16,100 of 26,704 items.
  • आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज ९बिहीबार० गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ । ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 183 पटक पढिएको
  • उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

    ढोरपाटन (बागलुङ) । प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो ।किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए । केन्द्रले दुग्ध उत्पादन सहकारीमा आबद्ध भएका किसानलाई अनुदान दिने गरेको उनले बताए ।डा सापकोट

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 412 पटक पढिएको
  • सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।‘सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति पौडेलले भनेका छन्

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 307 पटक पढिएको
  • शीतलहर प्रभावितलाई लहान नगरपालिकाद्वारा एक हजार थान कम्बल वितरण

    सिरहा । सिरहाको लहान नगरपालिकाले शीतलहरबाट प्रभावित यहाँका विपन्न, दलित तथा ज्येष्ठ नागरिकलाई एक हजार थान कम्बल वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीले आज लहान नगरपालिका–२२ बर्छावा टोलका ८० जना नागरिकलाई नगरपालिकाका तर्फबाट कम्बल वितरण गर्दै हालसम्म हजार थान वितरण गरिसकेको बताए । उनले भने, ‘लामो समयसम्मको शीतलहरले जनजीवन प्रभावित भएको छ । यस्तो मौसममा ज्येष्ठ नागरिकलाई पर्न सक्ने असरलाई दृष्टिगत गर्दै चिसोबाट प्रभावित दलित, गरिब, विपन्न समुदायलाई लक्षित गरी कम्बल प्रदान गरिएको हो ।’लहान नगरपालिकाका २४ वटै वडामा करिब २० हजारको सङ्ख्यामा दलित समुदायको बसोबास रहेको छ । नगरप्रमुख चौधरीले आवश्य

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 263 पटक पढिएको
  • रोशी खोलाको बाढीपछि काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

    काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीका कारण अदलबदल भएको काभे्रपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ । गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो । सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजन दाहाल तथा काभ्रेपलाञ्चोकका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले नेतृत्व गर्नेछन् । समितिमा दुवै जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुई जिल्लामा तीन स्थानीय तहका र सम्बन्धित वडाका अध्यक्ष

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 623 पटक पढिएको
  • कांग्रेस झापाका सभापति थेवेद्वारा विभागीय समिति विस्तार

    विर्तामोड ।नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विभागीय समिति विस्तारलाई निरन्तरता दिनुभएको छ ।नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित)को धारा १२, उपधारा ७ (ज) बमोजिम मंगलबार ३५ वटा विभागीय समितिका संयोजक÷सदस्य मनोनित गर्नुभएका थेवेले बुधबार ५ वटा विभागीय समितिका संयोजक तथा सदस्य मनोनयन गरेको हो ।जस अन्तरगत जल उर्जा तथा प्राकृतिक श्रोत विभाग संयोजकमा ईश्वरकुमार खत्री, पेशागत तथा बुद्धिजीवी विभाग संयोजकमा जगन्नाथ राजवंशी, नीति तथा योजना विभाग संयोजकमा कुमारमणि पोखरेल, वित्तीय संस्था समन्वय विभाग संयोजकमा बलराम कार्की र निर्माण ब्यवसाय समन्वय विभागको संयोजकमा युवराज प्रसाई मनोनित हुनुभ

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 339 पटक पढिएको
  • लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

    रामपुर (पाल्पा) । लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन । वनले नयाँ स्वरुप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रुपमा विकसित बनेको छ । अहिले यहाँको पर्या–पर्यटनले पर्यटकलाई आकर्षित बनाएको छ । रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ । पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 289 पटक पढिएको
  • जसले महायज्ञका लागि १०११ मूर्ति बनाउँदैछन् !

    वीरगञ्ज (पर्सा) । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उनका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बसपार्कभन्दा झण्डै दुई किलोमिटर दूरीमा अवस्थित विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी पाएको छ । ‘विगत ३० वर्षदेखि विभिन्न स्वरुप र आकृति

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 216 पटक पढिएको
  • बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा

    रामपुर (पाल्पा) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन गर्ने नीति लिएको बताए । उनले विदेशी आयातित काठलाई निरुत्साहित बनाउन आवश्यक कार्ययोजना बनाइरहेको बताए ।वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन, वातावरणीय संरक्षण ऐन नियमावली बनाउने क्रममा रहेको उनले जानकारी दिँदै वातावरण परिवर्तनले देशले भोग्न

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 235 पटक पढिएको
  • काठेपुल मुक्त बन्यो हल्दिबारी

    झापा । हल्दिबारी गाउँपालिकाले बिगत छ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो ।अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन् । पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि।सं। २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताए । उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिए ।पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने बर्षौदेखिको बाध्यता ह

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 219 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.