समाचार

    Showing 17,281-17,290 of 26,720 items.
  • नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्य र क्षेत्रीय सम्बन्धमा जोड

    काठमाडौं–नेपाल र बङ्गलादेशले द्विदेशीय आर्थिक सहकार्यलाई प्रगति दिने तथा क्षेत्रीय संगठनहरूको सहयोगमा जोड दिएका छन् । नेपालका राजदूत घनश्याम भण्डारीले बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबारको भेटमा व्यापार, पारवहन, र ऊर्जा सहयोगमा छलफल गरेका हुन् ।विशेष रूपमा, भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा द्विपक्षीय साझेदारीमा जोड दिएका हुन् । चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका छन् ।प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन

    • प्रकाशित मितिः असोज २, २०८१
    • 273 पटक पढिएको
  • संविधान दिवसको तयारी, दरबारमार्गमा सवारी आवागमन रोक

    काठमाडौं–संविधान दिवसको तयाराीका लागि दरबारमार्गमा सवारी आवागमन रोक लगाइएको छ । संविधान दिवसको अवसरमा दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमको तयारीका लागि स्टेज निर्माण हुँदैछ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ, र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरिरहेको जानकारी गराएको छ । सरकारले असोज ३ गतेको संविधान दिवसको मुख्य समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र साँझ नारायणहिटी दरबार अगाडि सांगीतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस वर

    • प्रकाशित मितिः असोज २, २०८१
    • 323 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक\दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। देशको पहाडी भु-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागको एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित

    • प्रकाशित मितिः असोज २, २०८१
    • 369 पटक पढिएको
  • ठूलो मात्रामा लागूऔषधसहित ४ जना पक्राउ

    काठमाडौं–महोत्तरीको रामगोपालपुर नगरपालिका-५ स्थित चोकबाट अवैध रूपमा ल्याइएको करिब १५० किलोग्राम गाँजासहित दुईजना सोमबार राति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङका संजिप खत्री (३०) र चितवनका एक १८ वर्षीय किशोर रहेका छन्। प्रहरीको टोलीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीमा १० वटा पोकामा लुकाइएको गाँजा फेला पारेको थियो।यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१७ स्थित मण्ठा पोखरीबाट करिब १४६ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा धरानका सुक्षिम राई (४५) र देवराज राई (४६) रहेका छन्। को.२ च ७५९ नम्बरको स्कार्पियो गाडीमा लुकाएर ल्याइँदै गरेको गाँजा प्रहरीले जाँचका

    • प्रकाशित मितिः असोज १, २०८१
    • 284 पटक पढिएको
  • आसरा सुधार केन्द्रको २८औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आसरा सुधार केन्द्र, रानीबारीको २८औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा कुँवरले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे । उनले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८१’ को विमोचन पनि गरेका छन् ।कुँवरले लागूऔषध दुर्व्यसनी समस्यालाई नियन्त्रण मात्र नभई प्रभावित व्यक्तिहरूलाई पुन: स्थापना गर्नको लागि नेपाल प्रहरीले चालेका कदमहरूको चर्चा गर्दै आसरा सुधार केन्द्रले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका

    • प्रकाशित मितिः असोज १, २०८१
    • 418 पटक पढिएको
  • संसद्‌को बर्से अधिवेशमा २०६ घण्टा २५ मिनेटमा के के भयो छलफल

    काठमाडौं— संघीय संसद्को चालु बर्से अधिवेशन अन्त्य भएको छ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्से अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको हो । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन सोमबारसम्म १३० दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यो बीचमा भए गरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा संक्षिप्त जानकारी गराए । जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा बितेको छ । यस अवधिमा संयुक्त बैठक दुईपटक बसी तीन घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ । यस अधिवेशनमा प्रतिनिधि सभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधे

    • प्रकाशित मितिः असोज १, २०८१
    • 429 पटक पढिएको
  • चाडपर्वका बेला प्रभावकारी सुरक्षा व्यवस्था गर्न महानिरीक्षक कुँवरको निर्देशन

    काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चाडपर्वका समयमा आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी सुरक्षा व्यवस्थाको निर्देशन दिएका छन् । सोमबार काठमाडौं उपत्यका र प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठकमा उनले सुरक्षा योजना निर्माण, जनशक्ति तयारी, र ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले तस्करी र चोरी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने र सिमान्तकृत वर्गलाई प्राथमिकता दिनुपर्ने पनि जोड दिए । चाडपर्वको अवसरमा सवारी दुर्घटना न्यूनिकरणका लागि समन्वय र योजनाबद्ध कार्यान्वयन गर्न उनको निर्देशन थियो । नेपाल प्रहरी प्रधान कार्यालयका प

    • प्रकाशित मितिः असोज १, २०८१
    • 550 पटक पढिएको
  • महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन डा. राणा क्यानाडा प्रस्थान

    काठमाडौं–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा क्यानाडाको टोरन्टो प्रस्थान गरकी छिन् । राणा सोमबार सेप्टेम्बर १९ र २० मा आयोजना हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन क्यानाडा गएकी हुन् ।  क्यानाडा र जमैकाको आयोजनामा हुने यस बैठकमा १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री डा. राणाले यस अवसरमा राजनीति, नेतृत्व र सार्वजनिक पदमा महिलाहरूको उपस्थिति र चुनौतीबारे सम्बोधन गर्नेछिन् । क्यानाडा भ्रमणपछि डा. राणा संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन सेप्टेम्बर २१ मा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको छ । महासभामा प्रधानमन्त्री

    • प्रकाशित मितिः असोज १, २०८१
    • 366 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।  मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ। कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा

    • प्रकाशित मितिः असोज १, २०८१
    • 383 पटक पढिएको
  • वरिष्ठतम् न्यायाधीश राउत प्रधानन्यायाधीशमा सिफारिस

    काठमाडौं–संवैधानिक परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि उपसभामुख इन्दिरा राना मगरले यो निर्णयको जानकारी गराएकी हुन्।सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि आगामी असोज १९ गते सकिँदैछ। न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदका लागि वरिष्ठतम् न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो। अब राउतको संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ। समितिबाट अनुमोदन भएपछि राष्ट्रपति उनलाई प्रधानन्यायाधी

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 296 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.