समाचार

    Showing 17,301-17,310 of 26,720 items.
  • संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीश सिफारिसमा छलफल

    काठमाडौं – संवैधानिक परिषद्को बैठक आज साँझ ५ बजे बस्न लागेको छ । यो बैठक २८ भदौमा भएको बैठकको निरन्तरता हो, जसमा कुनै निर्णय नगरी समाप्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, आजको बैठकमा प्रधानन्यायाधीशको सिफारिसका विषयमा प्रमुख छलफल हुने छ । यस बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीशको नियुक्ति र अन्य संवैधानिक नियुक्तिहरूको सिफारिसमा ध्यान केन्द्रित गर्नु रहेको छ । संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशको सिफारिस, नियुक्ति प्रक्रिया र कानूनी विवादको समाधान जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।  

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 323 पटक पढिएको
  • बुद्ध एयरको हवाईजहाजमा समस्या आएपछि...

    काठमाडौं–चितवनको भरतपुर उड्न तयारी गरिरहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या आएको छ । काठमाडौंबाट उड्न लागेको जहाजमा समस्या देखिएपछि यात्रुहरूलाई ओरालिएको हो । बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा समस्या देखिएपछि ट्याक्सी वे इकोमा रोकेर यात्रुहरूलाई ओरालिएको हो । यस घटनाले अन्य जहाजहरूको उडानमा पनि समस्या उत्पन्न भएको थियो । विमानस्थल स्रोतका अनुसार अवतरणमा कुनै समस्या नभए पनि आन्तरिक उडानका जहाजहरू ढिला भएका हुन् । 

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 385 पटक पढिएको
  • मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि बिदा

    काठमाडौं–सरकारले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार आज मोहम्मद जयन्ती परेको कारण भदौ ३१ गते मुस्लिम समुदायका लागि मात्र बिदा दिने निर्णय भएको जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 453 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक नौकिलोमा एकतर्फी यातायात सञ्चालन

    काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ नौकिलोमा आइतबार सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा रहेको तारजाली भासिएर करिब पाँच मिटर भाग चिरिएको छ । सडक एक फिटजति दबिएको हुँदा यातायात एकतर्फी सञ्चालन गरिएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर मर्मत कार्य अघि बढाउने तयारी गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 386 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको एक\दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 333 पटक पढिएको
  • धोबिखोलामा खसेको ट्याक्सी भेटियो, चालक सकुशल उद्धार

    काठमाडौं–अनामनगरस्थित धोबिखोलामा आइतबार साँझ खसेको ट्याक्सी फेला परेको छ । ट्याक्सीमा चालक मात्रै सवार रहेको र उनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । ट्याक्सी साँझ करिब ८ बजे धोबिखोलामा खसेको थियो। प्रहरीका अनुसार चालकलाई हनुमानस्थान भाटभटेनी नजिकैबाट उद्धार गरिएको हो । प्रहरीले ट्याक्सीलाई सूर्यकार्पेट नजिकैको थापाथली–बानेश्वर जोड्ने पुलमुनि अड्किएको अवस्थामा फेला पारेको जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 352 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ  । पेट्रोलको भाउ ४  रुपैयाँ र डिजेल,मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल,मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने यथावत् रहेको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 308 पटक पढिएको
  • जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

    काठमाडौं–झापाको कमल गाउँपालिका–७ का ४२ वर्षीय राम कुमार जिमीलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले तीन जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका–२५ सुन्धाराबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।  

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 373 पटक पढिएको
  • मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं- सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निणर्य गरेको हो । आजै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।   स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको हुने भएको हो ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 401 पटक पढिएको
  • अख्तियारमा संघीय मामिला सम्बन्धी उजुरी सबैभन्दा बढी, २७ हजार ७१४ उजुरी फर्छ्योट

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा स्थनीय तह समेतका संघीय मामिलाका सबैभन्दा बढी उजुरी परेका छन् ।आज पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नरहरि घिमिरेले संघीय मामिलाका स्थानीय तह समेतका गरी ३८.९१ प्रतिशत उजुरी परेको जानकारी दिएका हुन् । त्यस्तै शिक्षा, स्थानीय तहसमेत १५.७९ प्रतिशत, गैरकानूनी सम्पती आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.४९ उजुरीहरु रहेको उनले बताए । नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धी ४.७१, वन तथा वातावरणको ३.८२, स्वास्थ्य तथा जनसंख्याको ३.६, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१, गृह प्रशासनका ३.५२, अर्थ

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 318 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.