समाचार

    Showing 17,311-17,320 of 26,720 items.
  • सुदूरपश्चिम सरकारको बजेट भोलि आउँदै

    काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले भोली चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । तत्कालिन दिर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्दै बजेट सार्वजनिक गर्न लागिएको हो । मुख्यमन्त्री कमल बहादुर शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 329 पटक पढिएको
  • गृहमन्त्रीले भने प्रहरीलाई ऊर्जाशील र थप व्यावसायिक बनाउँछौँ

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन्।आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि स १६ क सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयक अघि बढाइएको बताए।नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्था

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 432 पटक पढिएको
  • नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

    काठमाडौं— नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्। गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद पाण्डेलाई दुई हजार ३२ मतले पराजित गरे । बरालले चार हजार आठ सय ४२ मत पाउँदा पाण्डेले दुई हजार आठ सय १० मत प्राप्त गरे । उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 167 पटक पढिएको
  • संविधान दिवसमा छुट्ने एक हजार ९२ कैदी हत्या, अपहरण तथा डाका चोरी अपराधमा सजाय भोगिरहेका

    काठमाडौं— सरकारले संविधान दिवसमा एक हजार ९२ कैदी छाड्ने तयारी गरेको छ । यसरी छाड्न लागिएका कैदीमा हत्या, सवारी ज्यान, डाँकाचोरी, बहुविवाह, अपहरण र वन्यजन्तुसम्बन्धी अपराधका छन् । असल चालचलन भएको भन्दै ठुलो संख्यामा कैदी छाड्न लागिएको हो। कारागार व्यवस्थापन विभागले एक हजार ९२ कैदीको चालचलन असल रहेको भन्दै छाड्न सिफारिस गरेको छ। गत असारमा ६०१ जना र यही साता ४९२ जना कैदीको नाम विभागले कैदकट्टाका लागि सिफारिस गरेको छ। संविधान दिवस, प्रजातन्त्र दिवस तथा गणतन्त्र दिवसका अवसरमा दिइने कैदकट्टा सधैँ विवादमा पर्दै आएको छ। यसपालि पनि छुट्न लागेकामा धेरैजसो हत्या, सवारी ज्यान, डाँकाचोरी, बहुविवा

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 388 पटक पढिएको
  • काठमाडौंमा सडक भासिएका आठ ठाउँ, किन भासिए ?

    काठमाडौं— कमजोर भूबनोटका कारण काठमाडौं उपत्यका भासिने क्रम बढेको छ । यसको उदाहरणका रुपमा विभिन्न ठाउँमा भासिएका सडकको अवस्थाले देखाएको छ । कमजोर भूबनोट र अस्तव्यस्त संरचनाले सडक भासिन थालेपछि मानवीय त्रुटिका कारण उपत्यका भासिने डर बढ्न थालेको छ । यी हुन् उपत्यकाका भासिएका १० सडकखण्ड :  - शनिबार (२९ भदौ) ललितपुरको कुपन्डोलस्थित मुख्य सडक भासिएको छ। शनिबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक भासिएको हो। पानीले वरिपरिको माटो बगाएपछि सडक एक मिटर भासिएको छ।- गत २ भदौमा बानेश्वरबाट शंखमूलतर्फ जाने सडकको बिचमा भ्वाङ पर्‍यो। करिब १० फिट गहिरो भ्वाङ परेपछि एकतर्फी रूपमा सडक सञ्चालन भयो। क

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 330 पटक पढिएको
  • नेपाली र अमेरिकी सेनाबीच चौथो सैनिक अभ्यास सुरु

    काठमाडौं–नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियामा ज्ञान आदानप्रदान हुनेछ। संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा सञ्चालन हुनेछ। विपद् व्यवस्थापन तथा मानवीय सहयोगका क्षेत्रमा अनुभव आदानप्रदान गर्दै विपद् प्रतिकार्य क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले यो अभ्यास सन् २०१२ देखि हुँदै आएको हो। यो अभ्यास असोज ४ गते सम्पन्न हुनेछ। 

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 316 पटक पढिएको
  • सिमलतालमा ट्रक खस्यो, चालक र सहचालकको खोजी जारी

    काठमाडौं–खानेतेल बोकेर काठमाडौं आइरहेको ट्रक आज बिहान त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार चालक र सहचालकको खोजी भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगिसकेको छ । यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसमा ६२ जना यात्रु सवार थिए, जसमा २४ जनाको मात्र शव भेटिएको थियो । 

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 396 पटक पढिएको
  • ताप्लेजुङमा ४.६ म्याग्निच्युडको भूकम्प, ल्होनाक केन्द्रबिन्दु

    काठमाडौं–ताप्लेजुङमा शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङको ल्होनाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन । 

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 319 पटक पढिएको
  • सङ्घीय संसद्को दुवै बैठक आज, कार्यसूचीमा के छ ?

    काठमाडौं–सङ्घीय संसद्को दुवै सदनको बैठक आज नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव राख्नेछन् । त्यसअघि अर्थ समितिको प्रतिवेदनसहित उक्त विधेयकमा छलफल गरिनेछ ।यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१’ पारित गर्न प्रस्ताव राख्नेछन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रि

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 341 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको एक\दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 345 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.