समाचार

    Showing 17,351-17,360 of 26,722 items.
  • सुनसरीबाट गाँजा बरामद

    सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 331 पटक पढिएको
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला । पहिरोले कर्णाली राजमार्ग निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्णरुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्रु अलपत्र परेका छन् ।

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 386 पटक पढिएको
  • चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन

    काठमाण्डौ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो ।आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 525 पटक पढिएको
  • श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या, छोरिहरु घाइते

    काठमाण्डौ । वाइफाइ अवरुद्ध भएकोे विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । खुर्पा प्रहारबाट छोरी घाइते भएका छन् । बाराको निजगढ नगरपालिका–९ की ४० वर्षीया लक्ष्मी राईको श्रीमानले हत्या गरेका हुन् ।प्रहरीका अनुसार, घटना मंगलबार साँझ करिब साढे ७ बजे भएको हो, जब ४६ वर्षीय बिमलकुमार वस्नेतले मादक पदार्थ सेवन गरेर घर फर्केपछि वाइफाइ रिचार्जको विषयमा श्रीमतीसँग विवाद भयो । ४ दिनदेखि घरमा वाइफाइ सेवा बन्द थियो । श्रीमतीले रिचार्ज गर्न पैसा नहुने रक्सी खान हुने भनेपछि विवाद चर्किएको थियो । त्यसपछि बिमलले खुर्पाले श्रीमतीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।उनलाई बचाउन आएकी १८ वर्षीया

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 348 पटक पढिएको
  • आज तीन संसदीय समितिको बैठक

    काठमाण्डौ  । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बिहीबार बस्दैछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ।

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 375 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशभर आंशिक देखि साधारण

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 446 पटक पढिएको
  • सम्पदाले जितिन् ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि

    काठमाण्डौ  ।  सम्पदा घिमिरेले ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि जितेकी छिन्। बुधबार साँझ गोदावरी सनराइज कन्भेसन सेन्टरमा भएको ग्रान्ड फिनालेमा घिमिरे मिस युनिभर्स नेपालको पाँचौ संस्करणको विजेता घोषित भएकी हुन्।नेसनल डारेक्टर संगीता पुरीले घिमिरेलाई सुन र हीराजडित ताज पहिर्‍याएकी हुन्। त्यसैगरि, स्मृति सिंह फस्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप , क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भइन। सुजल सुन्न र बोल्न सक्दिन्न।ग्लोबल ग्ल्यामर भेन्चरले पहिलोपटक आयोजना गरेको मिस युनिभर्सकी नेसनल डारेक्टर संगीता पुरी हुन्। फिनालेमा उपाधिका लागि २२ जना भिडेका थिए।पूर्वमिस नेपाल

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 360 पटक पढिएको
  • तीन दिन भारी वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

    काठमाडौं–जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि तीन दिनसम्म देशभर वर्षा हुने पूर्वानुमान गर्दै केही स्थानमा भारी वर्षा हुनसक्ने जानकारी दिएको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार‚ मनसुनी वायुको प्रभावले गर्दा नेपालका पश्चिमी क्षेत्रमा विशेष गरी वर्षा बढ्ने सम्भावना छ । विभागले गण्डकी‚ लुम्बिनी‚ कर्णाली‚ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहने र बाँकी प्रदेशहरूमा आंशिक बदलीको संकेत गरेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ । विशेष बुलेटिनमा‚ वर्षाका कारण भू–क्षय‚ बाढी‚ पहिरो‚ र डुबानको जोखिम रहेको जनाइएको छ। मौसम

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 418 पटक पढिएको
  • अर्घाखाँची जिप दुर्घटना : एकजनाको मृत्यु, ९ घाइते

    काठमाडौं–अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ हिलेखोलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा ९ जना घाइते भएका छन् । लु १ ज ७४६३ नम्बरको जिप छत्रदेवबाट बुटवलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो । मृतक ६५ वर्षीय रामप्रसाद पन्थी रहेका छन् । अन्य घाइते ९ जनालाई प्राथमिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 426 पटक पढिएको
  • दानाबारीको काँचो केरामा विषादीको मात्रा उच्च

    काठमाडौं– विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट ल्याइएको काँचो केरामा विषादीको मात्रा उच्च पाइएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो । ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रामा देखिएको छ । परीक्षणमा दुई नमुनामा कार्बामेट कीटनाशकको रोकावट प्रतिशत ५२.८५ र ५३.११ फेला परेको छ, जसले गर्दा यसलाई उपभोग अयोग्य ठहराइएको छ । अर्को नमुनामा ४४.७६ प्रतिशत कार्बामेट भेटिएकोप्रयोगशालाका प्रमुख अम्बिका बोहोराले जानकारी गराइन् । अर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 509 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.