काठमाडौं- हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।संक्रमणकालीन न्यायसम्बन्धी ऐन ३० साउनमा प्रतिनिधिसभाले, ६ भदौमा राष्ट्रियसभाले पारित गरेको थियो भने १३ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । उक्त ऐनमा मानब अधिकारको उलंघनलाई ‘गम्भीर र सामान्य’ भनेर परिभाषित गरिएको र यसले पीडक उन्मुक्तिको बाटो खुलेको रिट निवेदकको जिकिर गरिएको छ ।
काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा राखेको पोस्ट आफूले डिलिट नगरेको स्पष्ट पारेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले आफू गलत भए पक्राउ गर्न सरकारलाई चुनौती पनि दिएका छन् । उनको सचिवालयका अनुसार‚ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारे लेखिएको स्टाटस फेसबुकले धेरै रिपोर्ट पछि हटाएको हो । बालेनले फेसबुकबाट हटाइएको स्टाटसप्रति प्रतिक्रिया दिँदै भनेका छन्‚ ‘पोस्ट उडाउने हैन‚ दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ‚ हैन भने दोषी समाऊ ।’ बालेनले सांसद शर्माले ८ वर्षदेखि नाबालिगला
काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई चाँडै खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री यादवले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताए । यि आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानीको सुविधा उपलब्ध हुने उनको विश्वास छ । मन्त्री यादवले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने भन्दै २
काठमाडौं–सहकारी बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ। सभापति सूर्यबहादुर थापाको प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गर्यो।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘नेपाल विश्वविद्यालय विधेयक’ र ‘सार्वजनिक सेवा प्रशारण विधेयक’ को प्रतिवेदन संसदमा पेश गरे। ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ छलफलका लागि समितिमा पठाइयो । अर्को बैठक भदौ २४ गते १ बजे बस्नेछ ।
काठमाडौं–नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ। भदौ १७ गतेको निर्णय अनुसार, प्रहरी प्रधान कार्यालयले यी निरीक्षकहरूको सरुवा गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार, सरुवा गरिएका प्रहरी निरीक्षकहरूले तलब र भत्ता हालको स्थानबाट नै प्राप्त गर्नेछन् । नामवली हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं–ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पाण्डेले कांग्रेस–एमाले निकट गठबन्धनका उम्मेदवार राजेन्द्र सापकोटालाई हराएका हुन् ।उनले ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका छन् । पाण्डे, जो हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीका संस्थापक हुन्, विगत तीन दशकदेखि पर्वतीय पर्यटनमा सक्रिय छन् । वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । सचिवमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्
काठमाडौं–सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको ४.२ रेक्टर स्केलको भूकम्पका कारण स्थानीयवासी त्रसित भएका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:११ बजे भूकम्प जाँदा स्थानीयवासीहरू आत्तिएर घर बाहिर निस्किएका हुन् । यद्यपि‚ क्षति भएकोबारे खबर प्राप्त भएको छैन ।यसअघि‚ भाद्र १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय देशका विभिन्न भागमा भूकम्पका धक्का महसुस भइरहेका छन् ।विज्ञहरूका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले सतर्क रहनुपर्ने बताउँछन् ।
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती
काठमाडौं–संसदीय सुनुवाइ समितिले इजरायल‚ मलेसिया‚ पाकिस्तान‚ र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्पन्न गरेको छ । समितिले प्रा. धनप्रसाद पण्डित (इजरायल)‚ डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया)‚ रिता धिताल (पाकिस्तान)‚ र प्रकाशमणि पौडेल (पोर्चुगल) को सुनुवाइ गरेको हो । प्रस्तावित राजदूतहरूले नेपाल र सम्बन्धित मुलुकबीचको द्विपक्षीय सम्बन्ध‚ व्यापार‚ र पर्यटनको प्रवर्द्धनका सम्भावनाबारे समिति समक्ष आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । यसअघि समितिले भारत‚ चीन‚ जर्मनी‚ र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिसकेको छ । अब कतारका लागि रमेशचन्द्र पौडेल‚ रुसी महासङ्घका लागि जङ्गबह
काठमाडौं–बाँकेको नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा अज्ञात रोगका कारण एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ । नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहका अनुसार‚ ७५ वर्षीय शान्ति पासी‚ २६ वर्षीया उषा पासी‚ र एक वर्षीया बालिकाको भदौ १४‚ १५‚ र १६ गते मृत्यु भएको हो ।उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्ने तथा ज्वरो आएको थियो‚ जसको उपचार भारतको नजिकैको क्लिनिकमा भर्ना गरिएको थियो । उषाको मृत्यु भएको भोलिपल्ट नै शान्ति पासीको पनि उस्तै लक्षणका कारण मृत्यु भयो । १६ गते सोही गाउँका १२ वर्षीय सुफियान अलि सेखको पनि उस्तै लक्षणले ज्यान गएको हो । घटनाबारे जानकारी पाउनेबित्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.