समाचार

    Showing 17,441-17,450 of 26,726 items.
  • कारबाट ठुलो परिमाणको लागुऔषध गाँजा बरामद

    सुनसरी  ।   सुनसरीको धरान उप-महानगरपालिका-१३ निसाने स्थितबाट लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ १७ गते बिहान ९ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट चेकिङ्ममा खटिएको प्रहरी टोलीले बा. ११ च ५९४३ नम्बरको कारलाई चेकजाँच गर्दा कार भित्र ४ वटा बोरामा प्याकिङ गरि लुकाई छिपाई राखेको ९८ किलोग्राम गाँजा बरामद गरेको हो।गाँजा बरामद भएसगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 638 पटक पढिएको
  • नक्कली नोट बनाउने आठ जना पक्राउ

    काठमाडौं–सर्लाहीमा नक्कली नोट बनाउने आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय‚ सर्लाहीका अनुसार जिल्लाको गोडैटा नगरपालिका–१२ मधुवनी गाउँमा भाडामा लिएको एक घरमा उनीहरू नक्कली नोट बनाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा काठमाडौंका सौगात थापा मगर‚ विजय लामा‚ सर्लाहीका जनार्दन सिंह‚ भारतका राजीव ठाकुर‚ रौतहटका सुबोध कुमार र विशाल राईलगायत अन्य दुई जना रहेका छन् । प्रहरीले उनीहरूबाट नक्कली नोट बनाउन प्रयोग हुने कागज र रसायन पनि बरामद गरेको छ । पक्राउ परेका सबैमाथि सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिई गरी थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 445 पटक पढिएको
  • रामपुरमा स्कुटर दुर्घटना‚ चालकको मृत्यु

    काठमाडौं–पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालक ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते भएका मगरलाई रामपुर अस्पताल पुर्याइएको थियो‚ जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । यो जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले दिएका छन् ।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 310 पटक पढिएको
  • संसदीय छानबिन विशेष समितिद्वारा कृषि सहकारीसँग छलफल

    काठमाडौं–सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीहरूसँग छलफल सुरु गरेको छ । समितिले यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग पनि छलफल गरिसकेको छ । समितिले देशभरका सबै स्थानीय तहसँग सहकारीसम्बन्धी विवरण माग गरेको छ । तर‚ अहिलेसम्म धेरै स्थानीय तहबाट विवरण प्राप्त भएको छैन । समितिका सभापति सूर्यबहादुर थापाले पाँच दिनभित्र सबै पालिकाबाट विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई आग्रह गरेका छन् । समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरूसँग पनि छलफल गरिसकेको

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 417 पटक पढिएको
  • आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

    काठमाण्डौ  ।   प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।यसै अवसरमा छोराछोरी परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 511 पटक पढिएको
  • ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक

    काठमाण्डौ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरू चार दिनपछि सार्वजनिक गरेका हुन् । बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।हेर्नुहोस् निर्णयहरू :

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 493 पटक पढिएको
  • अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो, २०२४ सम्पन्न

    काठमाण्डौ  । अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला १६औँ संस्करणको ‘नाडा अटो शो, २०२४’ सम्पन्न भएको छ । भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिन चलेको अटो शो सम्पन्न भएको हो ।मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चलेको थियो । ८२ हजारभन्दा बढीले अटो शो अवलोकन गरेका छन् । शनिबार एकैदिन नाडामा अवलोकन गर्न साढे १८ हजार पुगेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए । दोस्रो दिन संख्या करिब दोब्बर पुगेको थियो ।  तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार अवलोकनका लागि आउने अनुमान आयोजकले गरेका थिए ।अघिल्ला वर्षहरुभन्दा यो अटो शो

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 846 पटक पढिएको
  • पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

    काठमाण्डौ  ।   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ ।महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनबारे जानकारी दिएका हुन् । पोख्रेलले निर्वाचन सम्पन्न गर्नका लागि सबैले रचनात्मक सहयोग गर्न अपिलसमेत गरेका छन् । यसअघि पटकपटक मिति तोकिए पनि महासङ्घको निर्वाचनका हुन सकेको थिएन ।महासंघ आफैमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यस संग सरोकार राख्ने पक्षको आवाजलाइृ सुन्ने र सम्वोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल अलमल देखिन पुगेको स्पष्ट गर्न चाहेको विज्ञपतीमा उल्लेख छ।

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 578 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 578 पटक पढिएको
  • जुवातास खेल्दै गर्दा ८ जना नगदसहित पक्राउ

    काठमाडौं–जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । ललितपुर‚ गोदावरी नगरपालिका–१४ ठैबस्थित आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ५२ वर्षीय जगत विर देसारसहित ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रुपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 484 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.